मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • संघीयता कार्यान्वयनमा संघीय सरकारले सहयोग गरेन - मुख्यमन्त्री राउत 
संघीयता कार्यान्वयनमा संघीय सरकारले सहयोग गरेन - मुख्यमन्त्री राउत 
जनतापाटी
जनतापाटी बुधबार, पुस १४, २०७८ मा प्रकाशित
viber sharing button
संघीयता कार्यान्वयनमा संघीय सरकारले सहयोग गरेन - मुख्यमन्त्री राउत 

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले संघीयता कार्यान्वयनमा संघीय सरकारले असहयोग गर्दै आएको दुखेसो पोखेका छन् । 

राष्ट्रिय योजना आयोगले बुधबार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय प्रणालिलाई संस्थागत विकास गर्न प्रदेश सरकारले हरेक प्रयास गरिरहेको भए पनि संघीय सरकारबाट सहयोग नहुँदा समस्या हुने गरेको बताए । 'प्रदेश सरकारले शान्ति सुरक्षालाई बलियो बनाउन प्रदेश प्रहरी ऐन ल्याएको लामो समय भइसकेको छ,' मुख्यमन्त्री राउतले भने, ‘संघीय प्रहरी ऐन पनि आइसकेको छ । तर अहिलेसम्म संघीय सरकारले प्रहरी समायोजनलाई अगाडी बढाउन सकेको छैन ।’
 
प्रदेश नयाँ संरचना भए पनि संघीय सरकारले प्रदेशमा दक्ष र अनुभवी कर्मचारीलाई नपठाएर प्रदेश सरकारको काममा अवरोध गर्ने कर्मचारी पठाउने गरेको मुख्यमन्त्री राउतले टिप्पणी गरे । ‘अहिलेका सचिवहरू ठिकै छन् । तर सुरुमा प्रदेश सरकारलाई गति दिने कर्मचारी चाहिएको त्यो हामीले पाउन सकेनौं,’ उनले भने।
 
संघीय सरकारको असहयोगमा  बाबजुद प्रदेश सरकारले पछिल्लो चार वर्षमा आफ्नो क्षमताले भ्याए सम्म संघीयताको मूल मान्यतालाई पालन गरेर समानुपातिकता, समावेशिता हिसाबले कामलाई अगाडी बढाएको मुख्यमन्त्री राउतले दाबी गरे । हरेक निकायमा प्रदेश सरकारले समानुपातिक र समावेशी प्रावधानलाई आत्मसाथ गरी काम गरेको दाबी गर्दै मुख्यमन्त्री राउतले आफ्नो सरकारले गरेको काम तत्काल नदेखिए पनि अगामी १०/१५ वर्षमा त्यसको परिणाम देखिने बताए ।  

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य उमाशंकर प्रसाद, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा, प्रदेश २ का मुख्य सचिव हरि प्रसाद मैनाली सहितको सहभागिता रहेको थियो ।

viber sharing button
जनतापाटीबाट थप
वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब बजेट
वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब बजेट ४ मिनेट पहिले
सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने
सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने ७ मिनेट पहिले
कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा छुट
कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा छुट ९ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित
मन्त्रिपरिषदबाट बजेट स्वीकृत
थोत्रा हवाइजहाजहरुलाई बिसर्जन गराउन सरकारसमक्ष मेयर राईको अनुरोध
एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित 
कांग्रेसबाट १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित 
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस [तस्बिरहरु]
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP