मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
फोटो फिचर
  • गृहपृष्ठ
  • मनाङमा तीन फिटसम्म हिउँ [१४ तस्बिर]
मनाङमा तीन फिटसम्म हिउँ [१४ तस्बिर]
जनतापाटी
जनतापाटी बुधबार, पुस १४, २०७८ मा प्रकाशित
viber sharing button
मनाङमा तीन फिटसम्म हिउँ [१४ तस्बिर]

लमजुङ । मनाङमा निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मनाङको  सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । 

शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ । तापक्रम माइनस १२ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ । चिसो अत्यधिक बढेको छ । 

शनिबारदेखि आइतबारसम्म हल्का हिमपात भए पनि मंगलबार साँझदेखि भने माथिल्लो मनाङसहित चामेमा ३ फिट बाक्लो हिमपात भएको मनाङका  प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । मनाङको नासों गाउँपालिका– ९ दानक्युदेखि माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको हो । 

जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । बाक्लो हिमपात भएकाले अत्यधिक चिसो बढेसगै प्रहरीलाई नियमित गस्तीका लागि वरपर हिँड्नसमेत समस्या भएको छ । 

जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस ६ देखि माइनस १३ डिग्री सेल्सियससम्म पुग्ने गरेको सशस्त्र प्रहरी  बल नेपाल  पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका प्रमुख एसपी सूर्यप्रसाद आचार्यले बताए । 

अत्यधिक चिसोका कारण खोला खोल्सा र पिउनका लागि ल्याइएको पानी पाइपमा जमेको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलले बताए । उनले भने बाक्लो हिमपातका कारण हिँड्डुल गर्न समेत समस्या भएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भू–भागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने हुनाले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ । 

viber sharing button
जनतापाटीबाट थप
सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने
सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने ३ मिनेट पहिले
कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा छुट
कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा छुट ५ मिनेट पहिले
साथीलाई बचाउन खोज्दा विष्णुले पनि ज्यान गुमाए
साथीलाई बचाउन खोज्दा विष्णुले पनि ज्यान गुमाए ७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस [तस्बिरहरु]
दिनप्रतिदिन कष्टकर बन्दै काठमाडौं उपत्यकाकाे यात्रा [हेराैँ तस्वीरहरु]
बालेन साहको सद्‌भाव र्‍याली, घरघरबाट हात हल्लाएर दिए बधाई [फोटोफिचर]
मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन [फोटोफिचर]
हेटौंडामा गठबन्धनको विजय र्‍याली [तस्वीरहरु]
बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा प्रदर्शन [फोटोफिचर]
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP