मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • माओवादी महाधिवेशनमा सुरक्षा व्यवस्था- पाँच सय प्रहरी परिचालन, यस्तो छ ट्राफिक व्यवस्थापन
माओवादी महाधिवेशनमा सुरक्षा व्यवस्था- पाँच सय प्रहरी परिचालन, यस्तो छ ट्राफिक व्यवस्थापन
जनतापाटी
जनतापाटी आइतबार, पुस ११, २०७८ मा प्रकाशित
viber sharing button
माओवादी महाधिवेशनमा सुरक्षा व्यवस्था- पाँच सय प्रहरी परिचालन, यस्तो छ ट्राफिक व्यवस्थापन

काठमाडौं । नेकपा माओवादी केन्द्रको आजदेखि सुरु हुन लागेको प्रथम राष्ट्रिय सम्मेलन एवं आठौं महाधिवेशनलाई लक्षित गरी नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले शुक्रबारबाटै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरक्षा बढाएको छ । कार्यक्रम स्थल प्रज्ञा प्रतिष्ठान क्षेत्रमा पनि उल्लेख्यमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मेट्रोका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले माओवादीको सम्मेलनका लागि पाँच सयभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए । ‘दिनअनुसार परिचालन हुन्छ । प्रत्यक्षरुपमा खटिने जनशक्ति पाँच सय प्लस हुन्छ,’ उनले भने, ‘ पेरिसडाँडामा छुट्टै टोली खटिएको छ । आवश्यकताअनुसार थपिँदै जान्छ ।’

‘उद्घाटन सत्रमा आउने भीआईपीहरुदेखि लिएर कार्यक्रमस्थलको सुरक्षा व्यवस्था मिलाइएको छ । बन्दसत्रका लागि पनि मिलाइएको छ,’ डीआईजी सुवेदीले थपे, ‘यसबाहेक थप हुनसक्ने अप्रिय गतिविधिलाई मध्यनजर गर्दै जनशक्ति परिचालन गरिएको छ ।’

उनकाअनुसार सम्मेलनको सुरक्षाका लागि सीसीटिभी निगरानीदेखि कुकुर परिचालनसम्म गरिएको छ ।

माओवादी महाधिवेशनलाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ट्राफिक व्यवस्थापन पनि मिलाएको छ । ‘मान्छे र गाडीको मुभमेन्ट हुने प्रज्ञा भवन, कमलादी वरिपरीको क्षेत्रमा थप ट्राफिक र ट्राफिकलाई सपार्ट गर्न सिभिल पुलिस पनि खटाएर व्यवस्थापन गरिएको छ,’ सुवेदीले भने ।

पार्किङस्थल प्रज्ञा प्रतिष्ठानको कम्पाउण्ड, पश्चिम एरियातिर पार्किङको व्यवस्था गरिएको छ । ‘धेरै भीडभाड नगर्ने र नेता कार्यकर्ता तथा केही पाहुनामात्र आउनेमात्र आउने भन्ने भएको हुनाले त्यति समस्या नहोला । यद्यपि मुभमेन्ट बढ्दै गए खुला मञ्चमा राख्छौं,’ उनले भने ।

viber sharing button
जनतापाटीबाट थप
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग 
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग  ४ मिनेट पहिले
कुकुरले टोकेको झोंकमा मालिकलाई रडले रामधुलाई गरेपछि...
कुकुरले टोकेको झोंकमा मालिकलाई रडले रामधुलाई गरेपछि... १२ मिनेट पहिले
संसदमा ओलीले भने - इनफ इज इनफ
संसदमा ओलीले भने - इनफ इज इनफ १४ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
नेपाल प्रहरीद्धारा थप ४ सय ७४ असईको माग
सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस, काे-काे परे ? [सूचीसहित]
प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन 
प्रधानसेनापति शर्मा अमेरिकामा 
मनसुनजन्य विपद्को सामना गर्न सशस्त्र प्रहरी बलको यस्तो छ तयारी 
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP