मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • कारबाही सिफारिसमा परेका एसएसपी यादवले गरे आत्महत्या
कारबाही सिफारिसमा परेका एसएसपी यादवले गरे आत्महत्या
जनतापाटी
जनतापाटी शुक्रबार, पुस ९, २०७८ मा प्रकाशित
viber sharing button
कारबाही सिफारिसमा परेका एसएसपी यादवले गरे आत्महत्या

बुटवल । प्रहरी प्रधान कार्यालयले कारबाहीको तयारी गर्दैगर्दा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोषकुमार यादवले आत्महत्या गरेको पाइएको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्तलाई उन्मुक्ति दिएको भन्दै एसएसपीलाई कारबाहीको तयारी भइरहेको बेला यादव शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका छन् ।

संघीय इकाई कार्यालय भैरहवामा कार्यरत उनी सरकारी क्वाटरमा झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले मृत्युको कारण बारे अनुसन्धान थालिरहेको जनाएको छ । २०६४ माघ २९ गते बुटवलका ६२ वर्षीय टिकाराम अर्यालको अपहरणमा संलग्न अमर टण्डनलाई उन्मुक्ति दिएको भन्दै यादवमाथि कारबाहीको माग गरिएको थियो । त्यसपछि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

मुद्दाका विषयमा गठन भएको छानबिन समितिले यादवसहित १५ जना प्रहरी अधिकारीलाई कारबाहीको सिफारिस गरेको बताइएको छ ।

अपहरणकारीलाई उन्मुक्ति दिने काममा प्रहरीको संलग्नता रहेको ठहर गर्दै यस विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले घटनामा २० प्रहरीको संलग्नता रहेको ठहरसहित कारबाहीको सिफारिस गरेको थियो । २० जनामध्ये पाँचजनाले अवकाश पाइसकेका छन् । 

टण्डनलाई उन्मुक्ति दिने काममा पूर्व प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली, तत्कालीन प्रहरी नायब उपरीक्षक जगतमान श्रेष्ठ, प्रहरी निरीक्षक नवीन क्षेत्री, तत्कालीन प्रहरी निरीक्षक सोमबहादुर थापा र डिएसपी राजकुमार बैदवारले अवकाश पाइसकेका छन् । टण्डनलाई उन्मुक्ति दिने बेला ज्ञवाली डिएसपीमा बहाल थिए ।

त्यस्तै छानबिन समितिले वरिष्ठ प्रहरी उपरीक्षक कृष्णकुमार महत, प्रहरी उपरीक्षकहरू दानबहादुर कार्की, दिनेशकुमार आचार्य, दिलीप घिमिरे, महेन्द्र खड्का, मुकुन्द मरासिनीलाई कारबाहीको सिफारिस गरेको थियो भने डिएसपीहरू पवनकुमार भट्टराई, केशव भट्टराई, डिलबहादुर मल्ल, भीमलाल भट्टराई, प्रतीतसिंह राठौरलगायतलाई स्पष्टीकरण सोधिएको थियो ।

यादव झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले पत्रकारलाई घटनास्थलमा प्रवेश निषेध गरेको थियो । गाडी चालकलाई गाडी मर्मतको लागि पठाएका यादव ढोका बन्द गरी कोठाभित्र पसेको र लामो समयसम्म नफर्किएपछि हेर्दा झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

२०४९ सालमा सेवा प्रवेश गरेका यादव ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते अवकाश पाउन लागेका थिए ।   

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भास्कर चन्दले प्रारम्भिक अनुसन्धानमा आत्महत्या नै देखिएको र यसको कारणबारे भने अनुसन्धानपछि मात्रै भन्न सकिने बताए ।

viber sharing button
जनतापाटीबाट थप
गण्डकी सरकारलाई पूर्वअर्थमन्त्रीको प्रश्न- झण्डा हल्लाउन मात्रै सरकारमा जानुभएको हो ?
गण्डकी सरकारलाई पूर्वअर्थमन्त्रीको प्रश्न- झण्डा हल्लाउन मात्रै सरकारमा जानुभएको हो ? ११ मिनेट पहिले
जिसस र आर्सनलबीच पाँच वर्षको सम्झौता
जिसस र आर्सनलबीच पाँच वर्षको सम्झौता २४ मिनेट पहिले
बजेटप्रति ओलीकाे कटाक्ष- यो देशको लागि होइन, निश्चित घरानाको अनुहार देखिन्छ
बजेटप्रति ओलीकाे कटाक्ष- यो देशको लागि होइन, निश्चित घरानाको अनुहार देखिन्छ २६ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
नेपाल प्रहरीद्धारा थप ४ सय ७४ असईको माग
सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस, काे-काे परे ? [सूचीसहित]
प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन 
प्रधानसेनापति शर्मा अमेरिकामा 
मनसुनजन्य विपद्को सामना गर्न सशस्त्र प्रहरी बलको यस्तो छ तयारी 
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP