मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, May 28, 2022 |शनिबार, जेठ १४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • बोर्ड सदस्य ऋषिराम दाहाल भन्छन्- ‘क्यान आफैं बोक्सी, आफैं झाँक्री भाे’
बोर्ड सदस्य ऋषिराम दाहाल भन्छन्- ‘क्यान आफैं बोक्सी, आफैं झाँक्री भाे’ 'चित्त नबुझेका कुरा राख्दैमा खेलाडीलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा हामी छैनौं'
जनतापाटी
जनतापाटी बिहीबार, पुस ८, २०७८ मा प्रकाशित
viber sharing button
बोर्ड सदस्य ऋषिराम दाहाल भन्छन्- ‘क्यान आफैं बोक्सी, आफैं झाँक्री भाे’

काठमाडौं । पछिल्लो एक साता नेपाल क्रिकेट संघ (क्यान) ले चार खेलाडीमाथि गरेको कारबाही विवादमा परेकाे छ । क्यान, खेलाडी र समर्थक मात्रै हैन, गठबन्धनको सरकारले समेत यो घटनालाई निकै चासोका साथ हेरेको छ । 

क्यानको २९ मंसिरमा बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई आचारसंहिता उल्लंघन गरेको भन्दै केन्द्रीय सम्झौताबाट ६ महिना बाहिर राख्ने र कप्तान मल्ल र उपकप्तान ऐरीलाई पदमुक्त गर्ने निर्णय सुनाएको थियो । यसपछि चारै खेलाडीले क्यानलाई कारबाही पुनर्विचार गर्न आग्रह गरेका छन् । यस्तै उनीहरुलाई सहयोग गर्दै अन्य खेलाडीले ऐक्यवद्धता जनाएका छन् । अध्यक्ष चतुरबहादुर चन्दले स्वेच्छाचारी ढंगले क्यान चलाएको, आर्थिक अनियमितता गरेको, प्रतिबद्धताअनुसार काम गर्न नसकेको भन्दै विराेध सुरु भएकाे छ ।

यी नै विषयमा क्यानका सदस्य ऋषिराम दाहालसँग जनतापाटीले गरेको अन्तर्वार्ताः-

तपाईसहित ६ बोर्ड सदस्यले खेलाडीको कारबाही फिर्ता होस् भन्ने माग राख्नु भएको छ । आवश्यक थियो ?

–तीन महिनापछि हामी ठूलो प्रतियोगिता खेल्दैछौं । यसअघि हामीले जुन लेभल-१ प्राप्त गरेका छौं, त्यसलाई जोगाउनुको ठूलो चुनौतीको विषय हो । यस्तो अवस्थामा खेलाडीलाई खेल खेलाउन प्रोत्साहन, प्रेरित गर्ने समयमा खेलाडीमाथि कारबाही गर्दा हाम्रो लेभल जोगिन्छ कि जोगिँदैन ? र, खेलाडीहरूलाई कारबाही गर्नुपर्ने अधम्य अपराध गरेका हुन् ? त्यो विषय आउनुपर्‍याे । उनीहरूले चित्त नबुझेका कुरा राख्दैमा खेलाडीलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा हामी छैनौं । 

उनीहरूले यस्तो हुनुपर्छ । यो काम गर्‍याे । यस्तो गर्‍याे भनेर आवाज उठाएका छैनन् । क्यानविरुद्ध नाराबाजी गरेका छैनन् । उनीहरूले आफ्ना माग राखेका छन् । ग्रेडिङमा समस्या छ सच्चाउनु पर्‍याे भनेका छन्। यति भन्दैमा एकैचोटि खेलाडीलाई कारबाही गर्ने ? कप्तान उपकप्तानलाई निकाल्ने ? चार खेलाडीलाई ग्रेडिङमा नराखी भोको पेट खेल खेल भन्ने । जो राष्ट्रका लागि खेलिरहेका छन्, उनीहरूको मनोबल बढाएर लेभल-१ जोगाउनुपर्ने बेलामा खेलाडीलाई पिटेर तर्साएर लेभर वान जोगिन्छ त ?  

क्यानले खेलाडीले आचारसंहिता उल्लंघन गरेकै हुन् भनेको छ । तपाईहरूकाे कुरा फरक देखियाे नि ?

–हामी खेलाडीसँग टचमा छैनौं । खेलाडीले अनुशासन भंंग गरे कारबाही गर्न पाइँदैन भन्ने पक्षमा पनि छैनौं । अनुशासनको कारबाही सबैको पक्षमा छ । बोर्डले आफूले गरेका कमीकमजोरीलाई सच्चाउनुको साटो खेलाडीमाथि प्रहार गर्नु भयो । कसैलाई कारबाही गर्नुअघि सफाइको मौका दिनुपर्छ । खेलाडीले खेल्ने हो, राजनीति गर्ने हैन । लेभल वान जोगाउनु छ । यो ठाउँमा पुग्नु हाम्रो गन्तव्य हो । खेलाडीले यी यी कुरा चाहिन्छ भनेर माग गर्दा माग राख्न नपाउने भन्ने कुरा हुँदैन । 

खेलाडी र क्यानका पदाधिकारीकाे संयुक्त बैठक राखेर खेलाडीलाई सम्झाउने, खेलाडीको यी यी कुरा पूरा गर्न सक्छौं । हाम्रो हैसियत यति छ । यी यी माग पूरा गर्न सक्दैनौं । ग्रेडिङ पनि यो अवस्थामा यसरी गर्छाैं भन्नुपर्छ ।

अहिले हामी डिसेम्बरको अन्तिमतिर छौं । जनवरीबाट २०२२ को ग्रेडिङ हुनुपर्छ । नयाँ ग्रेडिङ हुनुपर्छ । अब, उनीहरुको ग्रेडिङको समय सकिसक्यो । बरु २२ को एक दुई महिनाअघि नै ग्रेडिङ गरेर सकौं । कप्तानसँग सल्लाह गरौं । कप्तानलाई पनि आफ्नो टिममा को कस्तो छ ? को घाइते छ ? कसलाई के समस्या छ ? धेरै थाहा हुन्छ । हामीले कप्तानसँग सल्लाह भयो भनेर सोध्यौं । किन गर्ने भन्नु भयो । यी कुरा भएकाले हामीले खेलाडीको पक्षमा खुला दिमागमा सोचेर हामीले कुरा गरेका हौं । 

खेलाडीसँग अनुशासन भंग गर, क्यानकाविरुद्ध हिँड भन्ने कुरा हामीले मान्दैनौं । खेलाडी क्यानको अनुशासनमा बस्नुपर्छ । क्यानको विरुद्धमा जान पाइँदैन । गए कारबाही हुनुपर्छ तर कारबाही गर्नुको पनि सीमा हुन्छ । विधि र पद्धति हुन्छ । त्यो कुरा नियमसंगत छैन । यो चाहिँ जबर्जस्ती आफै बोक्सी आफै झाँक्री भएझै आफैले प्रतिवेदन बनाएर कारबाही गरिएकाे छ । अनुशासन कमिटी छँदैछ । त्यो अनुशासन समितिले गर्नुपर्ने कारबाही उसले नगरी, बोर्डमा छलफल नै नगरी कमिटी बनेको छ । जाे कमिटीको संयोजक छ, उनै संघका कार्यबाहक सचिव छ । उहाँले नै कारबाही गर्नुपर्छ भने कसरी छलफल हुन्छ ? त्यसमा हाम्रो असहमति रह्यो । नोट अफ डिसेन्ट राख्यौं । क्यानले पनि जितोस्, खेलाडीले पनि जितोस् । सबैको कमीकमजोरी निकालौं र अगाडि बढौं भन्दा उहाँ (अध्यक्ष चतुरबहादुर चन्द) मान्नु भएन । जबर्जस्ती बहुमत छ भन्दै कारबाही गर्नुभयो । 

खेलाडीले गुट बनाएर आफूअन्तर्गतकालाई समेटेर हस्ताक्षर गरेर क्यानलाई ११ बुँदे माग राखे भन्ने कुरा छ ?

–१४ खेलाडीले संयुक्त हस्ताक्षर गरेका हुन् । हामीलाई सहयाेग गर्नुभयाे भने राम्रोसँग खेल्न सक्छौं । नेपालको नाम राख्न सक्छौं । हामी लेवल वान जोगाउन सक्छौं भन्नु कसरी दबाब भयाे ? यदि यो भएको वा गरेको हो भने, जबर्जस्ती हस्ताक्षर गरेका हाैं भन्ने खेलाडी आउनुपर्‍याे । क्यानका पदाधिकारीले धम्काएर खेलाडीलाई जबर्जस्ती खेलाडीकै विरुद्धमा बोल्न लगाएको सुन्नमा आएकाे छ। खेलाडीकै विरुद्ध क्याम्पेन गर्न लगाएको, दुनियाँ ठाउँबाट दबाब दिएको भन्ने सुन्नमा आाएकाे छ ।

तपाईहरू पनि सुदृढीकरणको बहानामा क्यानलाई पेलेरै जान लागेको भन्ने आरोप छ नि ? 

–क्यानलाई पेलौ भन्ने कुरै हैन । हामी पनि क्यानको एक पाटो हो । हामी पनि बोर्ड मेम्बर हो । गलत कुराहरू हुँदा हाम्रो मत सानो भयो होला । तर गलत कुराहरूलाई गलत हो भन्ने, भन्न पाउनुपर्छ नि । त्यसका लागि हामीले कुरा उठाएको हो । 

अब क्यानको साधारणसभा आउँदैछ । के गर्नु हुन्छ ? 

–हामीले कुरा उठाएका छौं । यो कुरा कहाँ जान्छ । यदि जिल्लाको अधिवेशन नगरी साधारणसभा गराउनु पर्छ भनेर क्यानको बहुमतले भन्छ भने हामी यही कुरा लिएर साधारणसभामा लगेर हाम्रो कुरा प्रस्तुत गर्छौं । सहभागी नहुने, बहिस्कार गर्ने, राजीनामा दिने भन्ने कुरा हाम्रो हैन । हामी त्यहीँ बस्छौं । क्यानलाई लाइनमा, पद्धतिमा ल्याउन उहाँहरूसँग बसेर अगाडि बढ्छौं । 

viber sharing button
जनतापाटीबाट थप
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता ५ मिनेट पहिले
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत ३८ मिनेट पहिले
सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध ४२ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छः सुवास नेम्वाङ
एमालेभन्दा गठबन्धनले दोब्बर बढी जित्ने देखियो -डा. प्रकाशशरण महत
घोराहीमा व्यवस्थित बस्ती विकासका लागि काम गर्छु- नरुलाल चौधरी
गोदावरीका सबै भित्री सडक कालोपत्रे र किसानलाई परिचयपत्रको व्यवस्था गर्छु- गम्भीर राना
गठबन्धनले सूर्यविनायकमा कुनै असर गर्दैनः वासुदेव थापा 
माडीवासीको शिर निहुरिने काम गर्दिनँ - ताराकाजी महतो
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP