मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, May 28, 2022 |शनिबार, जेठ १४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • माओवादी प्रदेश १ अधिवेशन - नीतिभन्दा नेतामा जोड 
माओवादी प्रदेश १ अधिवेशन - नीतिभन्दा नेतामा जोड 
जनतापाटी
जनतापाटी बुधबार, पुस ७, २०७८ मा प्रकाशित
viber sharing button
माओवादी प्रदेश १ अधिवेशन - नीतिभन्दा नेतामा जोड 

विराटनगर । नेकपा मओवादी केन्द्र प्रदेश १ ले दुई हप्ता बितिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । नौ पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी देखीएपछि माओवादीमा नेतृत्व टुंग्याउन सकस परेको हो । 

पदाधिकारीमध्ये अध्यक्षमा मात्र सात जनाले दाबी पेस गरेका छन् । तीन जना उपाध्यक्षको लागि दर्जन बढीको दाबी छ । यस्तै एकजना सचिवका लागि आधा दर्जनको दाबी छ । 

प्रदेश समितिको दोस्रो बैठक बुधबार बस्दै छ । यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी छन् । 

कार्यदलले सहमतिमै नेतृत्व छान्नका लागि सहमतिको अन्तिम प्रयास थालिएको कार्यदलका सदस्य हेमराज भण्डारीले बताए । कार्यदलले सहमति जुटाउन नसकेपछि प्रदेश १ मा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठक मंगलवार (हिजो) विराटनगरमा बसेको थियो । केन्द्रीय सदस्यहरूको बैठकले पनि नेतृत्व छान्न भने सकेन । 

अध्यक्षमा दाबी गर्नेमा झापाका मणिकुमार साम्पाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, पाँचथरका हर्कबहादुर नेम्वाङ र उदयपुरका मोहनकुमार खत्रीलगायतका नेताहरूको दाबी छ । 

महिला उपाध्यक्षमा संखुवासभाकी इन्दिरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी विकलगायतले दाबी गरेका छन् । यस्तै समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादवले दाबी गरेका छन् । खुल्ला उपाध्यक्षमा भने सुनसरीको भोला बस्नेतले दाबी गरेका छन् । 

सचिवमा भने मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्का लगायतले दाबी गरेका छन् ।

सहमति नभए दिउँसो २ बजेपछि मतदान प्रक्रियाबाट नेतृत्व छान्ने निर्वाचन समितिका संयोजक राजन किरातीले बताए । सहमति नभए बुधबारै चुनाव गरेर मतपरिणम निकाल्ने गरी काम भइरहेको उनले बताए । 

माओवादी प्रदेश १ को पहिलो अधिवेशन गत २५ मंसिरदेखि सुरु भएको अधिवेशन नीति केन्द्रित नभई नेता केन्द्रित भएकाले पदाधकारी टुंग्याउन नसकेको मओवादीकै एक नेताको आरोप छ । 

महाधिवेशनको तयारीका लागि केन्द्रका नेताहरू काठमाडौमा जान हतार गरेकाले चुनावबाट भए पनि पदाधिकारी टुंग्याउने तयारी रहेको निर्वाचन समितिका एक सदस्यले बताए ।  ति सदस्यका अनुसार केही नेताले भने महाधिवेशनपछि मात्र नेतृत्व टुंग्याउनु पर्नेसमेत जोड दिइरहेका छन् । 

viber sharing button
जनतापाटीबाट थप
वीरगञ्ज महानगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने
वीरगञ्ज महानगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने ११ मिनेट पहिले
दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन
दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन १६ मिनेट पहिले
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट ८१८ कैदीलाई माफी मिनाहा
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट ८१८ कैदीलाई माफी मिनाहा ३४ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
स्थानीय तह निर्वाचनः ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित
संसदमै सभामुखलाई ताला-चाबी बुझाएपछि...
विष्णु रिमाल भन्छन्– एमालेलाई ३४ प्रतिशत जनमत, कांग्रेसलाई २९ र माओवादीलाई ११ प्रतिशत
कैलालीमा दुई महिला उपप्रमुख घटे
नागरिकताको समस्या तत्काल समाधान गरौँ -उपेन्द्र यादव
सरकारको नीति कार्यक्रम 'चौबाटोको बटुवा' र 'कुहिरोको काग' -गोकर्ण विष्ट
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP