मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, May 28, 2022 |शनिबार, जेठ १४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • महरा र वर्षमानले गर्दा राेकियाे माओवादी लुम्बिनीमा नेतृत्व चयन
महरा र वर्षमानले गर्दा राेकियाे माओवादी लुम्बिनीमा नेतृत्व चयन
जनतापाटी
जनतापाटी बिहीबार, पुस १, २०७८ मा प्रकाशित
viber sharing button
महरा र वर्षमानले गर्दा राेकियाे माओवादी लुम्बिनीमा नेतृत्व चयन

बुटवल । नेकपा (माओवादी केन्द्र)का दुई नेताकाे स्वार्थ बाँझिदा सम्मेलन सकिएको चार दिनसम्म पनि लुम्बिनी प्रदेशमा नेतृत्व टुंगो लाग्न सकेकाे छैन ।

पूर्वसभामुख एवं पार्टी प्रवक्ता कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनले आ-आफ्नाे मान्छे प्रदेश अध्यक्ष हुनुपर्ने अडान राखेपछि नयाँ नेतृत्व चयन हुन नसकेकाे हाे ।

महराले तुलसीराम पुन र वर्षमानले  सुदर्शन बराललाई अध्यक्षमा अघि सारेका हुन् । तुलसीराम दाङ निर्वाचन क्षेत्र नम्बर २ का हुन् । महराले गत निर्वाचनमा साेही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन जितेका थिए ।बराल शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए । 

बराल गुल्मीका भए पनि उनको राजनीतिक सम्पर्क रोल्पाका वर्षमानसँग छ । माओवादीका तत्कालीन नेता रामबहादुर थापा 'बादल'सँग निकट मानिने उनी पनि थापा एमालेमा गएपछि दाेधारमा परेका थिए । तर, वर्षमानकै जोडबलमा माओवादीमै रहे । लुम्बिनी प्रदेशमा यसअघि ओनसरि घर्ती अध्यक्ष हुँदा बरालकाे हालिमुहाली थियाे । 

उपाध्यक्ष, सचिवलगायतका पदमा पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । प्रदेशको नेतृत्वमा सहमति नभए यसको टुंगो केन्द्रले लगाउने छ ।

माओवादीको लुम्बिनी प्रदेश कमिटी २५३ सदस्यीय हुनेछ । २१७ जनाको नाम टुंगो लागिसकेको र बाँकी ११ जना विभिन्न क्लस्टरका लागि छुट्टयाइएको माओवादी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए । ती ११ जना भने मनोनीत गर्ने व्यवस्था छ । बहुपदीय प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीनजना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी हुनेछन् ।

viber sharing button
जनतापाटीबाट थप
देशका छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला
देशका छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला ६ मिनेट पहिले
वीरगञ्ज महानगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने
वीरगञ्ज महानगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने १८ मिनेट पहिले
दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन
दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन २३ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
स्थानीय तह निर्वाचनः ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित
संसदमै सभामुखलाई ताला-चाबी बुझाएपछि...
विष्णु रिमाल भन्छन्– एमालेलाई ३४ प्रतिशत जनमत, कांग्रेसलाई २९ र माओवादीलाई ११ प्रतिशत
कैलालीमा दुई महिला उपप्रमुख घटे
नागरिकताको समस्या तत्काल समाधान गरौँ -उपेन्द्र यादव
सरकारको नीति कार्यक्रम 'चौबाटोको बटुवा' र 'कुहिरोको काग' -गोकर्ण विष्ट
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP