मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • काे बन्ला मा‍ओवादी केन्द्रकाे प्रदेश २ अध्यक्ष ?
काे बन्ला मा‍ओवादी केन्द्रकाे प्रदेश २ अध्यक्ष ?
जनतापाटी
जनतापाटी आइतबार, मंसिर २६, २०७८ मा प्रकाशित
viber sharing button
काे बन्ला मा‍ओवादी केन्द्रकाे प्रदेश २ अध्यक्ष ?

जनकपुरधाम । माओवादी केन्द्रको प्रथम प्रदेश २ अधिवेशन शनिबारदेखि जनकपुरधाममा उद्घाटन भए पनि बन्दसत्र भने ३ पुसदेखि सुरु हुने भएको छ । 

प्रदेश २ का एक सय ३६ स्थानीय तहमध्ये अहिले एक सय तीनवटा स्थानीय तहको मात्र अधिवेशन भएकाले र बाँकी स्थानीयमा विवाद रहेकाले प्रदेश अधिवेशनको बन्दसत्रको समय बढाइएको माओवादी केन्द्रका प्रदेश २ अध्यक्ष प्रह्लाद बुढाथाेकीले बताए । प्रदेश २ को कार्यसमिति दुई सय ७१ जनाको रहने उनले बताए ।

प्रदेश २ मा माओवादी केन्द्रको एक लाख ३० हजार सक्रिय रहेको बुढाथाेकीले जानकारी दिए । पार्टीकाे विधानअनुसार प्रत्येक दुई सय सक्रिय सदस्यमा एकजना प्रदेश अधिवेशन प्रतिनिधि छनाेट गर्नुपर्ने प्रावधान छ । यस हिसाबले माओवादीको प्रदेश अधिवेशनमा साढे ६ सय प्रतिनिध र केन्द्रीय सदस्यसहितका प्रतिनिधि रहेका छन् ।  

माओवादी केन्द्रको बन्दसत्रको समय बढाइएपछि प्रदेश नेतृत्वको आकांक्षीहरू आ-आफ्नो टिमको तयारीमा लागेका छन् । अहिलेसम्म औेपचारिक रूपमा कुनै नेताले प्रदेश नेतृत्वको घोषणा नगरे पनि प्रदेश अध्यक्षमा आन्तरिक मामिला तथा सञ्चारमान्त्री भरतप्रसाद साह, पूर्वमन्त्री रामकुमार शर्मा, वर्तमान प्रदेश अध्यक्ष प्रह्लाद बुढाथाेकी र अहिले प्रदेश सचिव रहेका श्रवण बरबरियामध्ये एक हुनेछन् ।

प्रदेश संगठनको जिम्मेवार पदमा रहेका व्यक्तिले पार्टीको केन्द्रीय कार्यसमितिमा नरहने व्यवस्था भएकोे अवस्था बुझेर मात्रै उम्मेदवारी दिने मनसायमा रहेको माओवादी केन्द्रका नेता झलकु यादवले बताए । ‘प्रथम प्रदेश अधिवेशन भइरहेकाले हामीले कुशल र सक्षम नेतृत्व चाहेका छौं,’ उनले भने, ‘प्रदेशमा हामी कमजोर अवस्थामा छौ, त्यसैले प्रदेशमा संगठन विस्तारदेखि पार्टीलाई सही दिशानिर्देश दिन सक्ने नेतृत्व चाहिएको छ ।’

viber sharing button
जनतापाटीबाट थप
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ? १० मिनेट पहिले
भारतीय दूतावासभित्र सुरक्षाकर्मीले आफैँलाई गोली हानी गरे आत्महत्या
भारतीय दूतावासभित्र सुरक्षाकर्मीले आफैँलाई गोली हानी गरे आत्महत्या १६ मिनेट पहिले
ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा
ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा २२ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
गण्डकी सरकारलाई पूर्वअर्थमन्त्रीको प्रश्न- झण्डा हल्लाउन मात्रै सरकारमा जानुभएको हो ?
बजेटप्रति ओलीकाे कटाक्ष- यो देशको लागि होइन, निश्चित घरानाको अनुहार देखिन्छ
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग 
संसदमा ओलीले भने - इनफ इज इनफ
कर्णालीले विज्ञापन होइन, काम गर्छ -मुख्यमन्त्री शाही
राष्ट्रपतिद्वारा जसपाका मन्त्रीहरू हेरफेर, शपथग्रहण आजै
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP