मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • सभापतिबाहेक पदाधिकारीमा मेराे दाबी छ - एनपी साउद
सभापतिबाहेक पदाधिकारीमा मेराे दाबी छ - एनपी साउद
जनतापाटी
जनतापाटी शुक्रबार, मंसिर २४, २०७८ मा प्रकाशित
viber sharing button
सभापतिबाहेक पदाधिकारीमा मेराे दाबी छ - एनपी साउद

नेपाली कांग्रेसको आजदेखि सुरु हुन गइरहेको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य एनपी (नारायणप्रकाश) साउद प्रमुख पदाधिकारीका दाबेदार हुन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका साउदले सभापतिबाहेक प्रमुख पदाधिकारी अर्थात् उपसभापति वा महामन्त्रीमध्ये एक पदमा आफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन् । यद्यपि उम्मेदवारी छनोट गर्ने जिम्मा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै रहेको उनको भनाइ छ । उनको सम्पर्क कार्यालय भने महामन्त्रीका उम्मेदवार भनेर खुलेको छ । उनका शुभेच्छुक नेता कार्यकर्ता, महाधिनेशन प्रतिनिधिले पनि महामन्त्रीमै जोड गरिरहेका छन् । तर संस्थापन पक्षमा महामन्त्रीका आकांक्षी धेरै हुँदा सभापति देउवालाई छनोट गर्न सकस परेको छ । यद्यपि साउदले महामन्त्रीमा आफ्नो प्रचार प्रसारलाई तीव्र बनाएका छन् । सभापति देउवानिकट मानिने साउदसँग जनतापाटीले कुराकानी गरेको छ :-

आजदेखि नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुँदैछ, कस्तो छ तयारी ?

पार्टी महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । लगभग सबै महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइसक्नुभएको छ । उनीहरूको भोजन आवासको व्यवस्था गरिएको छ । कार्ड, झोलाजस्ता निर्वाचनका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराइएको छ । चारैतिर उत्साहको वातावरण छ । आज उद्घाटन समारोह छ । त्यसपछि संक्षिप्त बन्दसत्र भइसकेपछि भोलिदेखि नोमिनेसन छ । निर्वाचन कार्यक्रम अगाडि बढ्छ ।

नेतृत्व चयनमा केन्द्रित महाधिवेशनमा तपाईंको दाबेदारी कुन पदमा हो ?

मैले सभापतिबाहेक प्रमुख पदाधिकारीमा आफ्नो इच्छा अभिव्यक्त गरेको छु । त्यसको सम्बन्धमा निर्णय गर्ने दायित्व, अधिकार र सुविधा पार्टीका सभापति शेरबहादुर देउवाजीकै हो । तर अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन । आज साँझ वा भोलि बिहानसम्म टुंगो लाग्छ ।

प्रमुख पदाधिकारी भन्नाले उपसभापति वा महामन्त्री हो । महामन्त्रीमा तपाईंको ज्यादा चर्चा छ । प्रमुख पदाधिकारीमा तपाईंको दाबेदारी किन ?

पार्टीलाई प्रविधिमैत्री बनाउन, अत्यन्त ध्रुवीकृत गुटबन्दीबाट मध्यमार्गमा ल्याएर पार्टीलाई अगाडि बढाउन, पार्टीको संगठनमा भएको अनुशासनहीनता अन्त्य गरेर अनुशासित पार्टीको रूपमा विकसित गर्ने, पार्टी युवा, महिला, समावेशी तप्कासँग राम्रोसँग जोडिन सकेको छैन, जसले पार्टीको जीवनमा पनि राम्रोसँग रक्तसञ्चार हुन सकेको छैन । त्यसकारण समावेशी तप्कालाई पनि साथमा लिएर यदि गाउँबस्तीसम्म कांग्रेसको संगठन विस्तार गर्न सक्यौं, पहिलो पार्टीको रुपमा विकसित गर्न सक्यौं भने भोलि निर्वाचनमा यसको प्रतिफल कांग्रेसले पाउन सक्छ र लोकतन्त्र संस्थागत हुने बाटोमा जान्छ । लोकतन्त्र संस्था भयो भने मुलुकमा शान्ति आउँछ, शान्ति सँगसँगै विकास समृद्धिको नेपाली जनताको यात्रा सुरु हुन्छ । अहिलेको कांग्रेस सशक्त, सबल हुन जरुरी छ । यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न जरुरी छ । यहीँ ध्येयले मैले पार्टी जिम्मेवारीमा दाबा गरेको हुँ ।

पदाधिकारीमा दाबी गर्दै गर्दा नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, शुभेच्छुकबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

हाम्रो पिँढीले प्रजातन्त्रका लागि धेरै संघर्ष गरेको छ । म पनि कलिलो विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रिक आन्दोलनमा जोडिएको छु । देशभर हाम्रा साथीहरुको प्रभावशाली सञ्जाल छ । हामीसँग संघर्षको अनुभव छ । पार्टी र भ्रातृसंस्था सञ्चालन गरेको, सरकारमा समेत जिम्मेवारी बोकेको अनुभव छ । यो आधारमा पार्टीका साथीहरूले यसलाई स्वाभाविक रूपमा लिएको र उत्साहजनक प्रतिक्रिया व्यक्त गरेको मैले महसुस गरेको छु ।

अहिले कांग्रेसमा हिन्दु राष्ट्रको बहस छ, तपाईंले पनि धर्म निरपेक्षता परिमार्जन गर्नुपर्छ भन्नुभएको छ ? 

नेपाल सनातनकालदेखि नै धार्मिक स्वतन्त्रता भएको मुलुक हो । यहाँ कुनै पनि धर्मका बीचमा अन्तरविरोध र द्वन्द्व छैन । सनातन हिन्दू मूल्य पद्धतीको संरक्षण र सम्वर्द्धन गर्दै सबै धर्मलाई स्वतन्त्रताको प्रत्याभूति दिने खालको कानुनी संवैधानिक व्यवस्था हुनुपर्छ । धर्म निरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्छ ।   

महाधिवेशन उदघाटनको दिन आइसक्दा पनि पदाधिकारीमा उम्मेदवार छान्न किन ढिलाइ ?

प्रजातान्त्रिक पार्टीभित्र सक्षम व्यक्तिले कुनै पनि जिम्मेवारीको चाहना राख्नु स्वाभाविक हो । पार्टीमा लगानी भएका थुप्रै साथीहरूले जिम्मेवारीमा दाबा गर्नु स्वाभाविक हो । यो प्रतिस्पर्धामा पार्टीभित्र थुप्रै साथीहरू हुनुहुन्छ, सबैको चित्त बुझाउन सम्भव हुँदैन । तर न्यायसंगत ढंगले जिम्मेवारीको बाँडफाँट भयो भने साथीहरूको व्यवस्था हुनसक्छ जस्तो लाग्छ ।

नेतृत्वकोमात्रै महाधिवेशन गरिरहेको कांग्रेसमा नीतिमा बहस नै भएन भन्ने गुनासो छ नि ?

पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर सर्वसम्मतले यो महाधिवेशनलाई निर्वाचनमुखी बनाएर नीति र विधानका बारेमा छलफल गर्न अर्को महाधिवेशन बोलाउने भन्ने किसिमको सहमति भएको रहेछ । यसले यो महाधिवेशनमा हुने बहसलाई अलिकति साँघुर्‍याएको जस्तो देखिएको छ । वास्तवमा नेतृत्व, नीति, विचार र कार्यक्रमलाई एकअर्काबाट छुट्याउन गाह्रो छ । यो संयुक्त बहसलाई महाधिवेशनबाट छुट्याउन झन् गाह्रो छ । तर मलाई व्यक्तिगत रूपमा यो चित्त बुझेको छैन । तर यसलाई केन्द्रीय समितिले कसरी भविष्यमा व्यवस्थित गर्दै जान्छ, पर्खिनै पर्छ ।

कांग्रेसमा वैचारिक स्पष्टता भएन भन्ने टिप्पणी पनि सुनिन्छ । विचारै नभएपछि कांग्रेस कहाँ पुग्ला ?

कांग्रेसमा मुलभूत विचारहरू कालजयी छन् । हामी बहुलवाद, संसदीय अभ्यास, लोकतन्त्र, बहुदलीयतामा विश्वास गर्छौं । निरन्तर आवधिक निर्वाचनमा, राज्यका अंगका बीचमा शक्तिपृथकीकरण सिद्धान्त र सन्तुलनको मान्यतामा विश्वास गर्छौं । यसअनुसार कांग्रेसका नीति कालजयी छन् । तर परिस्थितिअनुसार आर्थिक, सामाजिक नीतिहरू, राजनीतिक रणनीतिहरू परिमार्जन र समायोजन गर्नुपर्ने हुन्छ । कांग्रेसको समय र परिस्थितिको चापलाई बुझेर मात्रै सात दशकसम्म आफूलाई जीवित राख्न सकेको छ । नेपालमा खुलेका राजनीतिक पार्टीहरू इतिहासको भग्नावशेषमा पुगेर हराएका छन् । त्यसको ठेगाना छैन । कांग्रेस समयको चाप, जनता र युवाहरुको चाहनाअनुसार हिँड्दा नेपालीको मन मस्तिष्कमा बस्न सफल भएको छ । विचारको स्पष्टताको अभाव कांग्रेसलाई छैन । कांग्रेस आफ्नो विचारलाई निरन्तर अद्यावधिक गरिरहन्छ । 

कांग्रेसको नेतृत्वमा विकल्प खोज्नुपर्छ भन्ने आवाज चर्को सुनिन्छ । देउवाले पार्टी चलाउन सकेनन् भन्ने विश्लेषण छ । तपाईं संस्थापन पक्षको नेता हुनुहुन्छ । देउवा नै नेतृत्वमा फेरि किन ?

यो पार्टीका महाधिवेशन प्रतिनिधिले निर्णय गर्ने कुरा हो । मूलत: शेरबहादुर देउवा प्रजातन्त्रका लागि लगानी गरेको, जेलनेल, सुखदु:ख परेको नेता हुनुहुन्छ । उहाँजस्तै अरु नेता पनि छैनन् भन्ने कुरा होइन । उहाँसँग राज्यसंयन्त्र चलाएको प्रशासनिक अनुभव छ । पार्टी चलाएको राजनीतिक अनुभव पनि छ । यो अनुभवको पार्टीले अधिकतम प्रयोग गर्नुपर्छ । बाहिर मानिसहरूले आ-आफ्नो धारणा बनाउन सक्छन् । तर पार्टी महाधिवेशनले गर्ने निर्णय नै आधिकारिक हुन्छ ।

अन्तिममा महाधिवेशन प्रतिनिधि, नेता कार्यकर्तालाई के भन्न चाहनुहुन्छ ?

यो महाधिवेशन नेपाली कांग्रेसका लागि ठूलो पर्वका रूपमा आएको छ । देशका कुनाकन्दराबाट तपाईंहरू आउनुभएको छ । समावेशी तप्का पनि आएको छ । खुला प्रतिस्पर्धाबाट पनि थुप्रै साथी आउनुभएको छ । सबैलाई राजधानीमा स्वागत गर्दछु । तपाईंहरूको निर्णय कांग्रेसको भविष्यको रूपरेखा कसरी कोर्ने भन्ने सन्दर्भमा मात्रै होइन कि बलियो कांग्रेस बनाएर राष्ट्रलाई कता लैजाने, देशलाई कुन बाटोतिर लैजाने भन्ने कुराका लागि पनि महत्वपूर्ण छ । तपाईंको मतले व्यक्ति चयन होइन मुलुकको भविष्य निर्धारण गर्ने काम गर्दछ । त्यसकारण तपाईंहरूले उपयुक्त किसिमले मतदान गर्नुहुनेछ । विवेकसम्मत किसिमले मतदान गर्नुहुनेछ । सानातिना, साँघुरा संकिर्णता र दायराहरू, गुटगत दायराहरूभन्दा बाहिर रहेर विवेकको मत प्रयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।   

viber sharing button
जनतापाटीबाट थप
शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट
शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट ३ मिनेट पहिले
तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ
तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ ५ मिनेट पहिले
९८ प्रकारका औषधी नि:शुल्क उपलब्ध हुने
९८ प्रकारका औषधी नि:शुल्क उपलब्ध हुने ८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छः सुवास नेम्वाङ
एमालेभन्दा गठबन्धनले दोब्बर बढी जित्ने देखियो -डा. प्रकाशशरण महत
घोराहीमा व्यवस्थित बस्ती विकासका लागि काम गर्छु- नरुलाल चौधरी
गोदावरीका सबै भित्री सडक कालोपत्रे र किसानलाई परिचयपत्रको व्यवस्था गर्छु- गम्भीर राना
गठबन्धनले सूर्यविनायकमा कुनै असर गर्दैनः वासुदेव थापा 
माडीवासीको शिर निहुरिने काम गर्दिनँ - ताराकाजी महतो
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP