मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • कांग्रेस महाधिवेशन : यस्तो छ उपत्यकाको सुरक्षा व्यवस्था
कांग्रेस महाधिवेशन : यस्तो छ उपत्यकाको सुरक्षा व्यवस्था
जनतापाटी
जनतापाटी शुक्रबार, मंसिर २४, २०७८ मा प्रकाशित
viber sharing button
कांग्रेस महाधिवेशन : यस्तो छ उपत्यकाको सुरक्षा व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ केन्द्रीय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार उपत्यकाका तीनै जिल्लामा प्रहरीले आवश्यकतानुसार सुरक्षा सतर्कता बढाएको छ । थप टोलीसमेत खटाइएको छ ।

मुख्यगरी महानगरीय प्रहरी कार्यालयको नेतृत्वमा आज उपत्यकामा सुरक्षा प्रबन्ध गरिएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महाधिवेशनलाई मात्रै केन्द्रित गरेर पाँच हजार बढी प्रहरी खटाइएको जानकारी दिए ।

कार्यक्रमस्थलाई तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको र चक्रपथ तथा उपत्यका प्रवेश नाकाका लागि छुट्टै घेरामा प्रहरी परिचालन गरिएको छ । कार्यक्रमस्थलको प्रवेशविन्दुमा प्रविधिको प्रयोग गरेर परीक्षण तथा आवश्यक सुरक्षा व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

ठाउँठाउँमा सीसी क्यामेरा जडान गरिएको र त्यसको नियन्त्रण तथा अनुगमन महानगरीय प्रहरी कार्यालय र नगर प्रहरीले गर्ने गरी व्यवस्था मिलाइएको छ । प्रवक्ता राठौरका अनुसार ड्रोन क्यामेराको समेत प्रयोग गरेर निगरानी हुनेछ । प्रतिनिधि बस्ने सुन्धारा, ठमेललगायत ठाउँमा समेत चौबीसै घण्टा सुरक्षाकर्मी रहने गरी व्यवस्थापन गरिएको छ ।

भीभीआईपी र भीआईपीको रुटमा छुट्टै सुरक्षा प्रबन्ध गरिएको छ । महाधिवेशन सुरक्षाका लागि सादा पोसाकमा पनि प्रहरी परिचालित हुनेछन् । पैदल, मोबाइल गस्ती नियमित रहनेछन् । आवश्यक थप मद्दत टोलीसमेत व्यवस्थापन गरिएको छ । रासस

viber sharing button
जनतापाटीबाट थप
जिसस र आर्सनलबीच पाँच वर्षको सम्झौता
जिसस र आर्सनलबीच पाँच वर्षको सम्झौता ६ मिनेट पहिले
बजेटप्रति ओलीकाे कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो 
बजेटप्रति ओलीकाे कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो  ८ मिनेट पहिले
दुई कारणले राजेश खन्ना गएनन् बिग बोस
दुई कारणले राजेश खन्ना गएनन् बिग बोस १२ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
नेपाल प्रहरीद्धारा थप ४ सय ७४ असईको माग
सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस, काे-काे परे ? [सूचीसहित]
प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन 
प्रधानसेनापति शर्मा अमेरिकामा 
मनसुनजन्य विपद्को सामना गर्न सशस्त्र प्रहरी बलको यस्तो छ तयारी 
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP