मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, June 26, 2022 |आइतबार, असार १२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • कांग्रेस महाधिवेशनबारे डीआईजी सुवेदी भन्छन्- विशेष सुरक्षा योजना बनाएका छौं
कांग्रेस महाधिवेशनबारे डीआईजी सुवेदी भन्छन्- विशेष सुरक्षा योजना बनाएका छौं सादा पोसाकका प्रहरीदेखि कुकुरसहितको गस्तीसम्म
जनतापाटी
जनतापाटी शुक्रबार, मंसिर २४, २०७८ मा प्रकाशित
viber sharing button
कांग्रेस महाधिवेशनबारे डीआईजी सुवेदी भन्छन्- विशेष सुरक्षा योजना बनाएका छौं

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्देरबारदेखि सुरु हुँदैछ । देशभरबाट हजारौं नेता कार्यकर्ता र जनसहभागिता रहने भनिएको महाधिवेशनमा सुरक्षाको विषय महत्वपूर्ण छ । नेपाल प्रहरीले महाधिवेशनका लागि आवश्यक सुरक्षा योजना बनाएको छ । प्रमुख सत्तारुढ दलको महाधिवेशन भएको र उक्त पार्टीको सभापति नै प्रधानमन्त्री भएकाले कांग्रेस महाधिवेशनमा भीभीआईपी र भीआईपी उपस्थिति तुलनात्मक रुपमा बढी हुने भएकाले ज्यादा चुनौती रहन्छ ।

उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले जिम्मेवारी पाएको छ । कांग्रेस महाधिवेशनमा सुरक्षा रणनीति लगायका विषयमा हामी मेट्रोका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीसँग कुराकानी गरेका छौं :  

कांग्रेस महाधिवेशन सुरु हुँदै छ, सुरक्षा व्यवस्था कस्तो मिलाइएको छ ?

-केही समयअघि राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । त्यसमा पनि विशेष सुरक्षा योजनाअन्तर्गत काम गरेका थियौं । कांग्रेसको महाधिवेशन पनि आजदेखि सुरु भइसकेको भन्दा पनि हुन्छ । कार्यक्रम अवधिभर कुनै पनि किसिमको अप्रिय घटना नहोस्, झैझगडा नहोस्, ट्राफिक आवागमन सजिलोसँग होस् लगायत सुरक्षाको पाटोबाट कुनै पनि किसिमको चुनौती नआओस् भनेर हामीले विशेष सुरक्षा योजना बनाएका छौं ।

मुख्य सुरक्षा योजना के-के छन् ?  

-योजनाअन्तर्गत भृकुटीमण्डपमै रहनेगरी कमाण्ड पोस्ट रहन्छ । हाम्रो सञ्चार बेश पनि त्यहाँ रहन्छ । काम सुरु भइसकेको छ । यसलाई हामीले दुई तीन पाटोबाट विभाजन गरेका छौं । महाधिवेशन कार्यतालिका सुरु हुनुअघि नै ठूलो संख्यामा नेता कार्यकर्ताहरु विभिन्न जिल्लाबाट आउन थाल्नुभएको छ । उहाँहरु विभिन्न होटलहरु, विभिन्न इलाकामा बस्नुभएको छ । त्यस्ता स्थानमा सादा पोशाक निगरानी र युनिफर्म प्रहरीबाट मोबाइल गस्ती गर्ने, पट्रोलिङ गर्ने मिलाइएको छ । जसले गर्दा कुनै सानोतिनो विवादमा झगडा नहोस्, त्यसले ठूलो रुप नलिओस् भनेर हामीले सतर्कता अपनाएका छौं ।

त्यसैगरी कार्यतालिका सुरु भइसकेपछि कार्यतालिकालाई लक्षित गरेर एकातर्फ निर्वाचन प्रक्रियाअन्तर्गत मतदान नामावली प्रकाशन गर्ने, उम्मेदवारी दर्ता गर्ने, दाबी विरोध, फिर्ता लिने, फाइनल लिस्ट निकाल्ने प्रक्रियाहरुमा सुरक्षाको हिसाबले कुनै असर नगरोस् भनेर हामीले विभिन्न टोलीहरु परिचालन गरेका छौं । सादा पोशाकमा पनि प्रहरी परिचालन गरेका छौं ।

उद्घाटन सत्रमा कसरी व्यवस्थापन गरिएको छ ?

-उद्घाटन सेसनलाई छुट्टै सुरक्षा व्यवस्था मिलाएका छौं । किनभने त्यो बेला स्वदेशी विदेशी भीभीआईपी, भीआईपी कार्यक्रममा सरिक हुनुहुन्छ । उहाँहरुको आगमनदेखि सुरक्षासम्म विशेष प्रबन्ध मिलाइएको छ । मञ्चको सुरक्षादेखि लिएर ठूलो संख्यामा नेता कार्यकर्ता उपस्थित हुने हुनाले त्यो कार्यक्रम अवधिभर सबैखाले सुरक्षाका उपायहरु अपनाइएको छ । त्यसमा डग स्निफिङ (कुकुर परिचालन)देखि लिएर भृकुटीमण्डप प्रस्थान गर्ने विभिन्न स्थानहरुमा चेक प्वाइन्ट राखिएको छ । जसले कानुनले निषेध गरिएका हातहतियार खरखजाना अथवा अन्य प्रतिबन्धित चिजहरु कसैले लिएर जान नपाओस् ।

यसैगरी भृकुटीमण्डप प्रवेश गर्ने गेटहरुमा पनि कडा चेकजाँचको व्यवस्था मिलाइएको छ । कार्यक्रम स्थल प्रवेश गर्ने ठाउँमा पनि सुरक्षा व्यवस्था मिलाइएको छ । मञ्चको सुरक्षाका लागि चारैतिर टोलीहरु हुन्छन् । सादा पोशाकका प्रहरीले निगरानी पनि हुन्छन् ।

बन्दसत्र कस्तो रणनीति अपनाइएको छ ?

-उद्घाटन सेसनपछि बन्द सेसनलगायतका कार्यक्रमहरुमा अर्को सुरक्षा योजना बनाइएको छ । मतदानको प्रक्रियादेखि निर्वाचन अवधिभर, मतगणना स्थलको सुरक्षा, मतगणना सकिसकेपछि निस्किने विजय र्‍याली जुलुसको सुरक्षाका लागि पनि विशेष रणनीति अपनाएका छौं । समग्रमा भन्दा देशका विभिन्न भागबाट आएर होटेलमा बसेका प्रतिनिधिको विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । उहाँहरुको विभिन्न कार्यक्रम, छलफल, गोष्ठी, आपसी अन्तर्क्रिया स्थलमा पनि कुनै किसिमको विवाद नहोस् भनेर हामीले सादा पोशाकबाट निगरानी गरिरहेका छौं । आवश्यकताअनुसार परिचालन हुनेगरी टोलीहरु स्ट्याण्ड बाई राखेका छौं ।

भीभीआईपी सुरक्षाका सबै उपायहरु र ठूलो जनशक्ति कार्यक्रम स्थलमा आउने अवस्थालाई मध्यनजर गर्दै हामीले वाटर क्यानन, दमकलजस्ता परिआयो भने भीड नियन्त्रण गर्नसक्ने टिमहरु पनि राखेका छौं । कहिलेकाही भीडमा भागदौड मच्चिने सम्भावनालाई मध्यनजर गर्दै उद्धार टोली पनि खटिएको छ ।

त्यसकारण देशको राजधानीमा हुन लागेको कांग्रेसको महाधिवेशनमा शान्ति सुरक्षाको दृष्टिले कतै केही खबर नपुगोस् भनेर हामीले व्यवस्थापन गरेका छौं ।

महाधिवेशन केन्द्रीत सुरक्षाका लागि जनशक्ति कति खटाइएको छ ?

-जनशक्तिको परिचालन दिन हेरेर हुन्छ । सामान्यतया उद्घाटनको दिन धेरै मान्छे आउने र भीआईपी भीभीआईपी मुभमेन्टलाई पनि छुट्टै ड्युटी खटाउनुपर्ने भएकाले त्यो दिन साढे ११ सयसम्म जनशक्ति खटिन्छ भने अरु दिन त्यो दिनको कार्यक्रम हेरेर घटिमा पाँच सयदेखि ८ सयसम्म हाम्रो परिचालन हुन्छ ।

पछिल्लो समय लगातार दलका महाधिवेशन भए । यस्ता महाधिवेशनहरु हुँदा सुरक्षा चुनौती कत्तिको हुन्छ ? तपाईंहरुको विश्लेषण के छ ?

-पक्कै पनि चुनौती हुन्छ । कुनै पनि राष्ट्रिय पार्टीको महाधिवेशन, जो लोकतन्त्रको प्रक्रियाअनुसार हुन्छ । त्यस्ता प्रक्रियामा विभिन्न स्वार्थ समूह हुन्छन् । सानो कुराले आपसी विवाद पनि हुनसक्छ । कार्यक्रम भाड्न घुसपैठ पनि हुनसक्छ । अपराधिक प्रकृतिका मान्छेले भीडभाडको फाइदा उठाएर विभिन्नखाले अपराधहरु गर्नसक्ने प्रयास गर्नसक्छन् । त्यसैले मान्छेको ठूलो जमघट हुने, स्वार्थ समूहहरु हुने हुनाले हामीले सुरक्षा चुनौती महसुस गरेका हुन्छौं । र त्यहीँ थ्रेट एसिसमेन्ट, कस्ता कस्ता चुनौतीहरु आउँछन् भन्ने आंकलनका आधारमा सुरक्षा रणनीति बनाएर हामी अघि बढेका छौं ।

अन्तिममा, यो महाधिवेशन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ?

-हामीले सुरक्षा चुनौती विश्लेषणको आधारमा बृहत् सुरक्षा योजना बनाएका छौं । सबै कमाण्डरहरुलाई ब्रिफिङ गर्ने क्रम जारी छ । जवानसम्म ब्रिफिङ हुन्छ । सबैलाई आ-आफ्नो जिम्मेवारी बोध गराइएको छ । त्यसकारण हामी विश्वस्त छौं कुनै उच्छृंखल गतिविधिबिना शान्तपूर्वक सम्पन्न हुन्छ ।

viber sharing button
जनतापाटीबाट थप
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ - उपसभापति खड्का
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ - उपसभापति खड्का १२ मिनेट पहिले
अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार
अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार २३ मिनेट पहिले
निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न स्थानीय तहका प्रमुखहरूसँगआग्रह
निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न स्थानीय तहका प्रमुखहरूसँगआग्रह ३५ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ठगीजन्य कार्यबाट बच्न सिआइवीको अनुरोध
 नेपाल प्रहरीका १७ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
सशस्त्र प्रहरीका ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस [सूचीसहित]
आइजीपी विवाद हेर्दाहेर्दैमा, असार १३ गते सुनुवाइ
पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्न आईजिपी सिंहको निर्देशन 
प्रधानसेनापति शर्मा लेवनान प्रस्थान, अमेरिकाकाे पनि भ्रमण गर्ने
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP