मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Friday, July 01, 2022 |शुक्रबार, असार १७, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • कांग्रेस प्रदेश २ अधिवेशनमा देउवा र निधी समूह चुनावी प्रतिस्पर्धामा
कांग्रेस प्रदेश २ अधिवेशनमा देउवा र निधी समूह चुनावी प्रतिस्पर्धामा
जनतापाटी
जनतापाटी शुक्रबार, मंसिर १७, २०७८ मा प्रकाशित
viber sharing button
कांग्रेस प्रदेश २ अधिवेशनमा देउवा र निधी समूह चुनावी प्रतिस्पर्धामा

जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ को प्रथम अधिवेशनमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधी समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।अहिलेसम्म रामचन्द्र पौडल, शसांक कोइलालगायतका समूहबाट औपचारिक रूपमा उम्मेदवारी घोषणा भएको छैन ।

केही दिनअघि उपसभापति निधी समूहबाट प्रदेश सभापतिमा प्रदेशका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका थिए । शुक्रबार पत्रकार सम्मेलन गर्दै देउवा समूहबाट रौतहटका सभापति कृष्णा यादवले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रदेश सभापतिमा प्रदेश २ मा देउवा गुटकै चार जना रामरोज यादव, महोत्तरी सभापति महेन्द्र कुमार राय, सप्तरी सभापति दिनेश यादव र रौतहट सभापति कृष्णा यादव महत्वकांक्षी रहेका थिए । तर, रामसरोज यादवले पहिला नै आफू उपसभापति निधीको समूहबाट उम्मेदवारीको घोषणा गरेपछि प्रदेश २ मा औपचारिक रूपमा देउवा र निधी गुट देखिएको छ ।

निधी गुट अलग भएपछि देउवा गुटमा रहेका तीन जना महेन्द्र कुमार राय, दिनेश यादव र कृष्णा यादवबीच कांग्रेसका पूर्वकोषाध्यक्ष चित्रलेखा यादवको रोहवरमा शुक्रवार बिहान साझा उम्मेदवार बनाउने छलफल भएको थियो । कांग्रेसका महोत्तरी सभापति महेन्द्रकुमार रायका अनुसार छलफलमा पार्टीका हाइकमाण्डले तोकिएको व्यक्ति नै सभापतिमा उम्मेदवारी दिने तीनै जनाबीच सहमति भएको छ । 

पार्टीका हाइकमाण्ड अर्थात् शेरबहादुर देउवाले प्रदेश २ को सभापतिमा कृष्णा यादवलाई उम्मेदवार बनाउने निर्णय भएको महोत्तरी सभापति रायले बताए । 

देउवा समूहले पत्रकार सम्मेलन गरी यादवलाई उम्मेदवार बनाएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य तथा प्रदेश २ का निर्वाचन संयोजक रमेश रिमालले सभापति देउवा समूहबाट यादवलाई प्रदेश सभापतिमा साझा उम्मेदवार बनाएको बताए । 'प्रदेश अधिवेशन सर्वसम्मत गराउने विषयमा हाम्रो छलफल जारी नै रहेको छ,' उनले भने, ‘तर सर्वसम्मत नभए वरिष्ठ नेता रामचन्द्र पौडेल, शसांक कोइराला समूहलाई पनि सभापति बाहेकका पद दिएर पनि हामी आफ्नो उम्मेदवारलाई जिताउँछौं ।’

पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगाना, महेन्द्र यादव, लगायतका सहभागिता रहेको थियो ।

यसैबीच, कांग्रेस प्रदेश २ को प्रतिनिधिको नाम दर्ता स्थगित भएको छ । शुक्रबारको लागि निर्धारण गरिएको मनोनयन पत्र दर्ता गर्ने काम स्थगित भएको धनुषाका रजिस्ट्रेसन संयोजक विश्वेश्वर यादवले जनाएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक कारण देखाउँदै प्रथम प्रदेश अधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता कार्य स्थगित गरिएको उनले बताए । आठ वटा जिल्ला रहेको प्रदेश २ मा हालसम्म चार वटा जिल्लाबाट मतदाता नामावली नआएका कारण मनोनयन दर्ता स्थगित गरिएको हो । महोत्तरी, सर्लाही, बारा र पर्साबाट हालसम्म मतदाताको नामावली आउन नसकेको उनले बताए ।

viber sharing button
जनतापाटीबाट थप
बागमती सरकार परिवर्तनले गठबन्धनलाई असर गर्दैन - इन्द्र बानियाँ
बागमती सरकार परिवर्तनले गठबन्धनलाई असर गर्दैन - इन्द्र बानियाँ ९ मिनेट पहिले
रवि लामिछानेको पार्टी दर्ता गर्ने निर्णय भएको छैन - आयोग
रवि लामिछानेको पार्टी दर्ता गर्ने निर्णय भएको छैन - आयोग १७ मिनेट पहिले
विप्लवनिकट विद्यार्थी संगठनले दल्यो जनक शिक्षाका प्रबन्ध निर्देशकलाई कालोमोसो
विप्लवनिकट विद्यार्थी संगठनले दल्यो जनक शिक्षाका प्रबन्ध निर्देशकलाई कालोमोसो ३२ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
बागमती सरकार परिवर्तनले गठबन्धनलाई असर गर्दैन - इन्द्र बानियाँ
रवि लामिछानेको पार्टी दर्ता गर्ने निर्णय भएको छैन - आयोग
चितवनमा चार सय एघार जनाले बुझाए निर्वाचन खर्च विवरण
सुवास नेम्वाङ र डा. सूर्य सुवेदी स्वर्ण सम्मानबाट सम्मानित
बजेट आश्रित तीनवटा विधेयक राष्ट्रिय सभाबाट पारित, प्रतिनिधिसभामै फिर्ता 
बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री टुंगो लगाउन गठबन्धन बैठक बस्दै
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP