काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको उपाध्यक्ष करण चौधरीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा एक कार्यक्रमबीच चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
चौधरीको प्यानलमा हालका महासचिव सुनिल रिजाल,अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती,बिक्रम सिघानिया,राजनबाबु श्रेष्ठ,अमिक ज्योति,मिलनबाबु मल्ल , पन्कज अग्रवाल,प्रकाश कपुरी, निलमणी पाठक , वरदान बस्नेत , निशान ढकाल , गोपाल भट्टराई , राजेन्द्र अग्रवाल , गङगाराज भट्टराई ,वर्ण न्यौपाने, देवराज भण्डारी रहेका छन् ।
उम्मेदवारी घोषणामा अटोमोबाइल क्षेत्रमा अहिलेसम्म कुनै अहित हुने काम नगरेको भन्दै चौधरीले आफ्नो समुहमा सबैलाई समेटेर अघि बढेको बताए ।