मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Friday, July 01, 2022 |शुक्रबार, असार १७, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • कांग्रेस प्रदेश २ अधिवेशनको उद्घाटनसत्र भोलि, केही जिल्लामा विवाद
कांग्रेस प्रदेश २ अधिवेशनको उद्घाटनसत्र भोलि, केही जिल्लामा विवाद
जनतापाटी
जनतापाटी बुधबार, मंसिर १५, २०७८ मा प्रकाशित
viber sharing button
कांग्रेस प्रदेश २ अधिवेशनको उद्घाटनसत्र भोलि, केही जिल्लामा विवाद

महोत्तरी ।नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन उद्घाटन सत्र बिहीबार हुँदै छ । जिल्लामा वडा, पालिका र  क्षेत्रीय अधिवेशनमा अझै विवाद भएता पनि नेपाली कांग्रेस प्रदेश २ ले अधिवेशन बिहीबारलाई तोकेको हो ।

अधिवेशनमा सभापतिका लागी  राम सरोज यादव, महेन्द्र राय यादव र कृष्ण यादव गरी अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन् ।

तीन जना आकांक्षी मध्ये रामसरोज यादव र कृष्ण यादव विमेलेन्द्र निधी निकट मानिन्छन् भने महेन्द्र राय यादव भने संस्थापन पक्ष निकट हुन् ।

प्रदेश २ मा विमलेन्द्र निधी प्यानलकै बढी वर्चस्व भएको हुँदा निधी प्यानलले नै जित हासिल गर्न सक्ने कतिपय नेताहरूको आकलन छ । तर, जिल्लाबाट प्रत्येक उम्मेदवारलाई सहानुभूति भोट जाने हुँदा प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ ।

आकांक्षीको संख्या बढी र गुट, उपगुटका कारण पार्टीको वडास्तरमा समेत अधिवेशन हुन सकेको छैन । जिल्ला नेतृत्वले भने अत्यन्त विवाद भएका ठाउँमा अहिले त्यतिकै छोड्ने र केन्द्रीय महाअधिवेशनपछि मात्र टुंग्याउने निर्णयमा पुगेको  बताएका छन् ।

महोत्तरीको मनरासिस्वा नगरपालिका-८ मा चरम विवादका कारण अझै अधिवेशन हुन सकेको छैन । आकांक्षीमा व्यापक मतभेदका कारण अधिवेशनको बन्दसत्रमा हात हालाहाल नै भएको नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले बताए ।

यही वडाको विवादका कारण क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन पनि अन्योलमा परेको छ । सकेसम्म विवाद मिलाउने नत्र वडा अधिवेशनलाई थाती राखेर अगाडि बढ्ने नेपाली कांग्रेस महोत्तरीले तयारी गरेको छ ।

`अब वडाका साथीहरूका कारण क्षेत्रीय र केन्द्रीय प्रतिनिधि चयन हुनबाट वञ्चित बनेका छन् त्यस्को जिम्मेवार वडाले लिनुपर्छ,' नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय यादवले भने ।

क्षेत्र नम्बर ३ मा विवादका कारण वडा र क्षेत्रीय पदाधिकारी चयन गर्न सकस बनिरहेको बेला महाअधिवेशन प्रदेश प्रतिनिधि भने चयन भैसकेका छन् ।

त्यसैगरी जिल्लाको बल्वा नगरपालिकामा पनि विवादका कारण अझै पालिका अधिवेशन सम्पन्न हुन सकेको छैन । बल्वा र मनरासिस्वा नगरपालिका गरी २ वटा पालिका र एउटा वडामा अधिवेशन हुन नसकेको हो ।

यता क्षेत्र नम्बर २ र ४ मा सर्वसम्मत अधिवेशन सम्पन्न भएको छ भने क्षेत्र नम्बर १ मा निर्वाचन नै भएको थियो । क्षेत्र नम्बर ३ मा आज उदघाटनसत्र रहेको नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले जानकारी दिए । यदि क्षेत्रीय अधिवेशन सम्पन्न भए मनरासिस्वा-८ को वडा कमिटी भने क्षेत्रीय अधिवेशनमा भाग लिन पाउने छैनन् ।

viber sharing button
जनतापाटीबाट थप
रिचार्लिसन टोटनहममा
रिचार्लिसन टोटनहममा ९ मिनेट पहिले
रवि लामिछानेको पार्टी आयोगमा दर्ता
रवि लामिछानेको पार्टी आयोगमा दर्ता १७ मिनेट पहिले
दिवाकर घले यु–२० टिमको म्यानेजर
दिवाकर घले यु–२० टिमको म्यानेजर २७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
रवि लामिछानेको पार्टी आयोगमा दर्ता
बागमती सरकार परिवर्तनले गठबन्धनलाई असर गर्दैन - इन्द्र बानियाँ
रवि लामिछानेको पार्टी दर्ता गर्ने निर्णय भएको छैन - आयोग
चितवनमा चार सय एघार जनाले बुझाए निर्वाचन खर्च विवरण
सुवास नेम्वाङ र डा. सूर्य सुवेदी स्वर्ण सम्मानबाट सम्मानित
बजेट आश्रित तीनवटा विधेयक राष्ट्रिय सभाबाट पारित, प्रतिनिधिसभामै फिर्ता 
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP