काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले जित हात पारेको छ । शुक्रबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल तालिकाको शिर्षस्थानमा उक्लिएको छ।
मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्न सफल भयो । नेपालका लागि कप्तान रुविना क्षेत्री र सिता मगरले क्रमश २० र ३० रनको योगदान गरिन् । इन्दु बर्मा ४ रन जोडेर आउट भइन् । सरिता मगरले १५ रन जोड्दा कविता जोशीले १० रनको योगदान गरिन् । अप्सरा बेगम १ रनमा अविजित रहिन् ।
मलेसियाका लागि यइसा एलिजा फ्राड्जोयले एक विकेट लिइन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रन बनाएको थियो । मलेसियाका लागि इल्सा हन्टरले अविजित सर्वाधिक ३९ रन बनाइन् । ४८ बल खेलेकी उनले चार चौका प्रहार गरिन् । यस्तै मास इल्साले १४ र युस्रिया याकोपले १२ रनको योगदान गरिन् ।
टस जितेर फिल्डिङ गरेको नेपालको लागि सब्नाम राईले सर्वाधिक दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी राईले १ मेडन राख्दा २७ रन खर्चेकी थिइन् ।
यस्तै कप्तान रुबिना क्षेत्री, कविता कुँवर र सीता राना मगरले समान १–१ विकेट लिए । जितसँगै नेपालमा चार तीन खेलबाट तीनमा जित निकाल्दै शिर्षस्थानमा उक्लिएको छ ।