काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएकोमा शुक्रबार तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २२५ रुपैयाँ कायम भएको छ ।