मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • एमालेमा गुटबन्दी सकियो, महाधिवेशनले साझा नेता छान्छ -पद्‌मा अर्याल
एमालेमा गुटबन्दी सकियो, महाधिवेशनले साझा नेता छान्छ -पद्‌मा अर्याल
जनतापाटी
जनतापाटी बिहीबार, मंसिर ९, २०७८ मा प्रकाशित
viber sharing button
एमालेमा गुटबन्दी सकियो, महाधिवेशनले साझा नेता छान्छ -पद्‌मा अर्याल

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न शुक्रबारबाट चितवनमा १०औँ महाधिवेशन सुरु हुँदै छ । १५ वर्ष पार्टीको नेतृत्व लिएका माधवकुमार नेपाल समूह अलग भएपछि हुन लागेको महाधिवेशनकाबारे एमाले नेतृ पद्‌मा अर्यालसँग जनतापाटीले गरेको कुराकानीः

एमालेको यो १० औं महाधिवेशन यसअघिको महाधिवेशनभन्दा के कारणले बढी अर्थपूर्ण छ ?

-नवौं महाधिवेशनदेखि १०औं महाधिवेशनसम्म आइपुग्दा एमालेभित्र थुप्रै परिघटनाहरू भएका छन् । माओवादीसँगको पार्टी एकता, एकता भंग र पार्टीभित्रैको अन्तर्संघर्ष र त्यसले निम्त्याएको पार्टी विभाजन यही बीचमा भएका छन् । माओवादीसँगको एकता भंगपश्चात पनि कतिपय माओवादीका कमरेडहरू एमालेमै छन् । नेपालको इतिहासमा कुनै पार्टीमा पनि यति उथलपुथल भएको थिएन, जुन यो बीचमा भयो । 

अब यी सबै कुरालाई व्यवस्थापन गर्दै अघि बढ्नु पर्नेछ । सबैसामु सकारात्मक सन्देश हामीले प्रवाह गर्नुपर्नेछ र यो महाधिवेशनमार्फत यी सबै कुरा सम्भव हुनेमा हामी विश्वस्त छौँ । 

यस पटक हामीले विधान र नेतृत्वको लागि छुट्टा छुट्टै महाधिवेशनको व्यवस्था गरेअनुसार अबको महाधिवेशन भनेको नेतृत्व चयनको लागि मात्र हो । यसैले पनि विगतको र अहिलेको महाधिवेशनमा यो पनि एउटा फरक पाटो छ । अबको पनि फेरि यो मुलुकको मूल पार्टी भनेको नेकपा एमाले नै हो भन्ने कुराको सन्देश प्रवाह गर्नेगरी यो महाधिवेशन हुँदै छ ।

एमालेभित्र माओवादीका उच्च तहका नेताहरू पनि हुनुहुन्छ । केही समय माधव नेपालको पक्षमा खुलेर लागेका नेताहरू पनि हुनुहुन्छ र एमालै पनि पुराना नेताहरूको पंक्ति छँदै छ । यस अवस्थामा अब यी सबैलाई यो महाधिवेशनले कसरी समेट्छ ?

-आकांक्षी साथीहरू त धेरै नै हुनुहुन्छ । एउटा निश्चित संख्या तोकिसकेपछि अब ती सबै आकांक्षी साथीहरू अट्ने कुरा पनि भएन । जहाँसम्म योे महाधिवेशनमा समेट्नुपर्ने पक्षको विषयमा कुरा उठिरहेको छ, त्यसको लागि पार्टीको नेतृत्व एकदमै सचेत रहेको छ र गर्छ पनि । 

अर्कोतर्फ हामीले त यो महाधिवशेनलाई एकताको महाधिवेशन भनेका छौँ । त्यसैले हामीसँग जोडिएर आउनुभएका सबै साथीहरूको उचित व्यवस्थापन हुन्छ र यसको लागि पार्टीको नेतृत्व तह गृहकार्यमा छ । सबै कुराको व्यवस्थापन गरेर मात्र यो महाधिवेशन सम्पन्न हुन्छ । 

प्रतिनिधि छनोटमा के छ अवस्था ? प्रतिस्पर्धा मात्र हुन्छ या प्यानलगत प्रतिस्पर्धा अथवा सर्वसम्मत के हुन्छ ?

-हाम्रो पहिलो प्रयास भनेको सर्वसम्मत नै रहनेछ । तल्लो तहको अधिवेशनदेखि प्रतिनिधि छनोटसम्म हामीले सर्वसम्मतकै विधि अवलम्बन ग¥यौं । त्यस्तै आम कार्यकर्ताको सुझाव पनि सर्वसम्मत नै रहेकाले उहाँहरूको सुझावको पनि हेक्का राख्दै नेतृत्वले सर्वसम्मतकै प्रयत्न गर्नेछ ।

हामीले विधान महाधिवेशनमै प्यानल र गुटबन्दीलाई पार्टीबाट हटाएसकेका छौँ र सबैले संकल्प पनि गरिसकेका छौँ । सर्वसम्मत हुन सकेन भने स्वतन्त्र व्यक्तिको चुनाव हुन्छ, तर प्यानलको निर्वाचन हुँदैन । 

तपाईं चाहिँ कुन पदको प्रत्यासी ?

-पार्टीमा काम गरिसकेपछि उच्च तहमा पुग्ने चाहना हुनु स्वाभाविक हो । म जस्ता थुप्रै साथीहरूको त्यो चाहना छ । यसको व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी भनेको नेतृत्वको हो । नेतृत्वले विवेक पु¥याएर यसरी जाऊँ भनेर प्रस्ताव ल्यायो भने सर्वस्वीकार्यसहित शिरोधार्य गरेर अघि बढिन्छ । तर, यस्तो अवस्था भएन र प्रतिस्पर्धा नै गर्नु प¥यो भने नेतृत्वसँग छलफल गरेर आफूलाई जहाँ उभ्याउनु पर्ने हो त्यहाँ उभ्याएर अघि बढिन्छ । 

एमालेले महाधिवेशनको लागि चितवन नै छनोट गर्नुको कारण के हो ? प्रचण्डले भने जस्तै माओवादीलाई निस्तेज पार्नकै लागि चितवन रोजिएको हो ?

-उहाँ (प्रचण्ड)ले गर्नुभएको विश्लेषण गलत छ । चितवन भनेको कमरेड प्रचण्डको बिर्ता पनि होइन । चितवन भनेको नेपालको एउटा भाग हो । नेपालको जुनसुकै भागमा जुनसुकै पार्टीले पनि महाधिवेशन आयोजना गर्न सक्छ ।

यसअघिका महाधिवेशन पनि हामीले देश विभिन्न स्थानमा गरेकै हौँ । ती महाधिवेशन गरिरहँदा हामीले कसैलाई सिध्याउने सोच राखेका थिएनौँ । मौसमको अनुकुलता, सबै साथीहरूको इच्छा र सहज व्यवस्थापकीय दृष्टीकोणले हामीले चितवन रोजेका हौँ । चितवनमा एमालेको महाधिवेशन भइरहँदा प्रचण्ड कमरेडलाई जोडी रहनुपर्ने वा उहाँ आफैँ जोडिनुपर्ने र त्यसै ढंगले टिकाटिप्पणी गर्नुपर्ने विषय म देख्दिनँ । एमालेले देशको जुनसुकै स्थानमा महाधिवेशन गर्न सक्छ । पार्टीले आफ्नो निर्णय गरेर महाधिवेशन गर्दा उहाँको टाउको दुख्नुपर्ने कुरा के छ र ?

यो महाधिवेशनले आमनगरिकलाई दिने सन्देश के हुनसक्छ ?

-यो महाधिवेशनबाट एउटा सकरात्मक सन्देश प्रवाह हुनेछ । राष्ट्रिय राजनीतिको शक्ति सन्तुलन हुने गरी मूलधारको पार्टीको रूपमा अब एमाले स्थापित हुन्छ है भन्ने सन्देश यस महाधिवेशनबाट आमनगरिकले पाउनेछन् । 

viber sharing button
जनतापाटीबाट थप
स्वच्छ खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट
स्वच्छ खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट २ मिनेट पहिले
पूर्ण दृष्टिविहीनलाई 'क' वर्गको परिचयपत्र दिइने
पूर्ण दृष्टिविहीनलाई 'क' वर्गको परिचयपत्र दिइने ३ मिनेट पहिले
काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने
काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने ८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित
मन्त्रिपरिषदबाट बजेट स्वीकृत
थोत्रा हवाइजहाजहरुलाई बिसर्जन गराउन सरकारसमक्ष मेयर राईको अनुरोध
एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित 
कांग्रेसबाट १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित 
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस [तस्बिरहरु]
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP