मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, May 18, 2022 |बुधबार, जेठ ४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विचार–ब्लग
  • गृहपृष्ठ
  • एमाले महाधिवेशन- भूगोलमा खटिएका नछुटून्, नेतासँग सेल्फीमै रमाउने नअटून्
एमाले महाधिवेशन- भूगोलमा खटिएका नछुटून्, नेतासँग सेल्फीमै रमाउने नअटून्
ईश्वरी जीएम
ईश्वरी जीएम बिहीबार, मंसिर ९, २०७८ मा प्रकाशित
viber sharing button
एमाले महाधिवेशन- भूगोलमा खटिएका नछुटून्, नेतासँग सेल्फीमै रमाउने नअटून्

एमालेको दशौं राष्ट्रिय महाधिवेशनले सिंगो राजनीति तरंगित छ । जसकारण सबैको ध्यान एमालेमाथि केन्द्रित छ । ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिकाको एकैसाथ अधिवेशन गराएर तथा २७ कात्तिकमा देशैभर प्रायः सर्वसम्मत तरिकाले महाधिवेशन प्रतिनिधि छनोट गरेर एमालेले एकताको सन्देश दिएको छ । 

एमालेले राष्ट्रिय महाधिवेशन सर्वसम्मत गर्छ या निर्वाचन शैली अपनाउँछ भन्ने विषयमा आम सरोकारवालाहरूको ध्यानाकर्षण भएको छ । वडा र पालिकाको अधिवेशन हुँदा सर्कुलर पठाएरै सकभर निर्वाचन शैली नअपनाएर सर्वसम्मत हिसाबले कमिटी चयन गर्नु भनी आदेश दिएको केन्द्रीय नेतृत्वले राष्ट्रिय महाधिवेशन पनि सर्वसम्मत चयन होस् भन्ने तल्लो कमिटीका आमकार्यकर्ताको भावनालाई आत्मसात गर्छ कि गर्दैन, त्यो नेतृत्वका लागि चुनौतीको विषय बनेको छ । जुन शैली अपनाए पनि महाधिवेशनले सक्षम, लोकप्रिय नेतृत्व पक्कै चयन गर्नेछ ।

महाधिवेशनबाट केन्द्रीय कमिटी चयनका सन्दर्भमा भने लाखौँ कार्यकर्ता र हजारौँ समर्थकको एउटै अपेक्षा छ- अवसरवादी, अराजक, फेसबुके नेता, जिल्लामा पार्टी काम नगर्ने तर सधै काठमाडाँैमा नेताका वरिपरि घुमेर नेतृत्वलाई भ्रममा पारिरहने कामचोरहरूले केन्द्रीय कमीटी कब्जा नगरुन् ।

स्थानीयस्तरका अधिवेशनहरू तथा महाधिवेशन प्रतिनिधि छनोटमा केन्द्रीय नेतृत्वको आदेश पालना गर्दै सर्वसम्मत शैली अपनाउँदा स्थानीय स्तरका नेताहरूमा अनेकौँ चुनौती र समस्या पैदा नभएका होइनन् । पार्टीभित्र लामो समय खारिएका, दक्षता र क्षमता भएता पनि सहमतिका नाममा कमिटी र प्रनिनिधिमा नअटेका थ्रुपै नेता-कार्यकर्ताहरूले भारी पीडाका साथ मन अमिलो बनाएरै भए पनि निष्ठा, इमान्दारिता र अनुशासित तरिकाले पार्टी काममा निरन्तर खटिरहेका छन् । त्यागको भावना देखाएर पार्टी बचाउने स्थानीय नेता-कार्यकर्ताको जमात निकै ठूलो छ । यो कुुरामा केन्द्रीय नेतृत्वले पनि गम्भीर भएर केही सिको तलबाट गर्न जरुरी देखिन्छ ।

राष्ट्रिय महाधिवेशन तथा विधान सम्मेलनमा जिल्ला–जिल्लाबाट सीमित संख्या हुँदा यस्ता वैचारिक थलोमा कमै नेता–कार्यकर्ताहरू अटाएका छन् । उनीहरू महाधिवेशनका लागि चुनिएका वा निर्वाचित नभए पनि पार्टीका बलिया खम्बा हुन् । पार्टी नेतृत्वले यी हस्तीहरूलाई कुनै न कुनै बेला उपयुक्त जिम्मेवारी दिनैपर्छ ।

एमालेको केन्द्रीय कार्यालय  आजकाल जिल्ला, प्रदेश र केन्द्रका नेताहरूको आवतजावत र घुइँचोले भरिभराउ छ । पार्टी कार्यालय मात्र होइन, पार्टी केन्द्रीय पदाधिकारी तथा प्रभावशाली नेताहरूको निवासमा समेत उत्तिकै भरिभराउ छ । नेता भेट्न जाने अधिकांशको एउटै उद्देश्य छ– केन्द्रीय कमिटीमा आफू वा आफूनिकट ब्यक्ति कसरी अटाउने?

जिल्लागत समस्या लगेर सामूहिक भेटघाट गर्नेभन्दा पनि आफू केन्द्रित छलफल गरी नेतृत्वलाई प्रभावमा पार्ने तरिकाले गरिने भेटघाट निकै बाक्लो देखिन्छ । यसले भूगोलमै रहेर वर्षौदेखि इमान्दार तरिकाले निरन्तर पार्टी–काम गर्दै आएका नेता–कार्यकर्ताको मनोबल खस्किएको देखिन्छ । पार्टी काममा कमै मात्र खट्ने तर एमाले शीर्ष नेताहरूको समिपमै पुगी फोटो–खिचेर सामाजिक सञ्जालमा पोष्ट्याई महाधिवेशन प्रतिनिधिलाई आफ्नो प्रभाव रहेको देखाउन खोज्ने बिचौलिया प्रतिनिधिको संख्या पनि उत्तिकै  छ । यस्ता कामचोर र फेसबुके स्वघोषित नेताहरूबाट शीर्ष नेतृत्व बेलैमा सजग हुन जरुरी देखिन्छ। 

महाधिवेशनलगतै आमजनतामा पार्टीको विचार फैलाउन लागिपरेका दोस्रो–तेस्रो पुस्ता र स्थानीय तहमा मरिमेटी पार्टी–काममा लागेका कार्यकर्ताहरूले पार्टीको माथिल्लो नेतृत्वबाट कुनै ठूलो अपेक्षा राखेका छैनन् । राष्ट्रिय महाधिवेशन तथा अनेकौँ यस्ता सम्मेलनबाट शीर्ष नेतृत्वले भूगोलमा खटिएका नेताबारे बेलैमा होस् पु-याओस् भन्ने सोच राख्छन् । उनीहरूले यसपल्टको महाधिवेशनमा हरसम्भव सर्वसहमतिबाटै केन्द्रीय नेतृत्व चयनको अपेक्षा गरेका छन् ।

यदि पार्टीभित्र निर्वाचन भइहाल्ने सन्दर्भमा दिनदिनै नेताको दैलो र पार्टी कार्यालय धाउनेहरू, सेलिब्रेटीका नाममा इतिहास बिग्रिएकाहरू, राजनीतिबाहेक अन्य क्षेत्रमा ख्याती कमाएका, पैसावाला, राजनीतिको र पनि नगरेका हालसम्म पार्टीको झण्डा समेत नसमातेका, एक जना कार्यकर्तासमेत उत्पादन गर्न नसकेकाहरु नेतृत्वको लिस्टमा नपरुन् भन्ने आमकार्यकर्ताको अपेक्षा हो ।

यसपटकको महाधिबेशनको मुख्य लगानीकर्ता आठ लाख संगठित सदस्य हुन् । प्रत्येक सदस्यले एक सय रुपैयाँ उठाउन तयार नभएको भए एमालेले यो महाधिवेशन सम्पन्न गर्न चन्दाका लागि दाताहरूसमक्ष हारगुहार गर्नैपथ्र्यो, तर आठ लाख कार्यकर्ता तयार भएर स्वतःस्फुर्त ढंगले पार्टी केन्द्रले तोकेको बैँकमा कार्यकर्ताले पैसा जम्मा गरेपछि त्यही पैसाले महाधिवेशन सम्पन्न हुन गइरहेको छ । यो हिम्मत र सहयोगका लागि हाम्रा आठ लाख पार्टी सदस्यहरूलाई सलाम गर्नैपर्छ र पार्टी नेतृत्वले ती आँटिला कार्यकर्ताहरुको भाबना पनि सम्बोधन गर्नुपर्छ ।   

दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ भन्ने मूल नारासहित आयोजित महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयनका साथै असोज १५–१७ मा ललितपुर गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनबाट पारित पार्टीका भावी नीति तथा कार्यक्रम, प्रतिबद्धता र विधानमा उल्लेखित सबै बुँदालाई अक्षरस पालनाको घोषणा गर्दै पछिल्लो राजनीतिक परिस्थिति र घटनाक्रमसँग जुध्न आमनेता कार्यकर्तालाई शक्ति, प्रेरणा र हौसला प्रदान गरोस् भन्ने लाखौँ कार्यकर्ता/शुभेच्छुकहरूको अपेक्षा हो ।

यो ऐतिहासिक राष्ट्रियस्तरको जमघटबाट पार्टी नेतृत्व चयनलाई मात्रै प्राथमिकता दिनुभन्दा पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई जनतामाझ थप स्थापित गर्दै समाजवादका आधार तयार पार्ने रणनीतिक कार्यक्रम सिर्जना गर्न जरुरी देखिन्छ । यो महाधिवेशनले प्रतिक्रियावादी तत्वहरुले एमालेप्रति छरेको भ्रम मेट्दै एमालेको उज्जवल भविष्यबाट अत्तालिएर गरेको गठबन्धनभित्रका दलहरूलाई समेत चुनौती दिँदै आगामी निर्वाचनलाई पुनः पहिलो शक्तिकै रूपमा उदाउन प्रेरणा मिलोस् । जुझारु युवा पंक्ति, आशा र भरोसायोग्य सबै क्षेत्रका समावेशी अनुहारहरू केन्द्रीय कमिटीमा अटून् । शुभकामना ।

viber sharing button
ईश्वरी जीएमबाट थप
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
बाघको छालामा स्यालको रजाइँ
होलीको यथार्थ
नाम र पैसाको पछाडि लाग्दा गुमेको ‘मानवता’
नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण अमर रहने छन्
अन्योलको भुँमरीमा एमसीसी परियोजना
मुलुकको नजर हामीमाथि छ
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP