मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, May 18, 2022 |बुधबार, जेठ ४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • ‘महासचिवभन्दा तल्लो पदमा उठ्ने कुरै भएन’ -सुरेन्द्र पाण्डे
‘महासचिवभन्दा तल्लो पदमा उठ्ने कुरै भएन’ -सुरेन्द्र पाण्डे 'हामीविरुद्ध भएको गठबन्धनलाई परास्त गर्नुछ'
जनतापाटी
जनतापाटी शुक्रबार, मंसिर ३, २०७८ मा प्रकाशित
viber sharing button
‘महासचिवभन्दा तल्लो पदमा उठ्ने कुरै भएन’ -सुरेन्द्र पाण्डे

काठमाडाैँ । एमाले स्थायी कमिटी सदस्य तथा चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुरेन्द्र पाण्डेलाई पार्टीको आसन्न महाधिवेशन व्यवस्थापनको चटारो छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको एमालेको दसौं महाधिवेशन मूल व्यवस्थापन समितिको सह–संयोजक रहेका पाण्डेसँग महाधिवेशनको तयारी, पार्टीभित्रको चुनावी प्रतिस्पर्धा र एमालले लिने भावी कार्यदिशाबारे जनतापाटीले गरेको कुराकानीः-

एमालेको दसौं महाधिवेशन मूल व्यवस्थापन समितिको सह–संयोजक हुनुहुन्छ, तयारी कस्तो  छ?

–२३ जनाको मूल व्यवस्थापन समिति छ । १२ वटा उपसमितिहरू छन् । यी सबै संयन्त्रहरुले आ–आफ्नो ढंगले काम गरिरहेका छन् । एउटा प्रतिनिधि व्यवस्थापन समिति छ, जसले देशभरका प्रतिनिधिहरुको रेकर्ड राख्नेदेखि परिचयपत्रलगायतको काम गरिरहेको छ ।

आंशिक रुपमा काठमाडौंमा कार्यालय हुने गरी हामी पूरै रुपमा चितवन सर्दै छौँ । यता र उता दुवै स्थानबाट काम हुन्छ । साथै, जनपरिचालनको काम पनि भइरहेको छ । हामीले पाँच लाख मानिसलाई नारायणी नदी किनारमा उपस्थित गराउने लक्ष्य लिएका छौँ । यसको तयारी पनि भइरहेको छ । चितवनभरि नै स्वागतद्वार बनाइने छ र चितवनका छिमेकी जिल्लाहरू नवलपुर, धादिङ, मकवानपुुरमा पनि द्वार बनाइने छ । द्वार निर्माणका लागि स्थानको छनोट गरी विभिन्न संघसंस्थालाई जिम्मेवारी दिने  काम सुरु भएको छ । 

त्यस्तै, प्रचारप्रसारका सामग्री निर्माण गर्ने काम पनि सुरु भएको छ । नेपालमा नेकपा स्थापनाको ७२ वर्ष पुगेको सन्दर्भमा ७२ जना कलाकारले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने विषयमा छलफल भएको छ । सबै जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व हुने गरी कार्यक्रम हुनेछ । 

खाद्य र आवासको व्यवस्था गरिसकेका छौँ । करिब दुई हजार कोठा, ३ हजार ५ सयदेखि चार हजार बेडहरू बुक भएका छन् । पाँच छाकको खाना हामीले व्यवस्था गछौँ । सौराहामा हुने हाम्रो बन्द सत्रमा जो जुन होटेलमा बस्ने व्यवस्था छ, त्यसै होटेलमा ब्रेकफास्ट र बेलुकीको खानाको प्रबन्ध गरिएको छ । बिहानको खाना भने बन्दसत्रको हल भएको सेभेन स्टार होटल परिसरमा हुन्छ । मंसिर ११ गते बेलुकी चाहिँ अध्यक्षको तर्फबाट सबै प्रतिनिधिलाई निम्ता गरेर रात्रिभोजको व्यवस्था गर्ने कि भन्ने विषयमा पनि कुराकानी भइरहेको छ । त्यसो भएमा बन्दसत्रको हलमै वा प्रतिनिधि बसेकै होटलमा खानाको व्यवस्था गर्न सकिन्छ । अहिले सौरहामा हुने बन्द सत्रका लागि हल, डोम आदिको निर्माण काम पनि सुरु भएको छ ।

मंसिर ११ गते बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुुन्छ । एकदेखि डेढ घन्टा जति बन्दसत्रको आरम्भ कार्यक्रम रहेको छ । यसमा अध्यक्षको सम्बोधन र विभिन्न समिति तथा त्यसको अध्यक्ष मण्डल तोक्ने काम हुन्छ । अध्यक्ष मण्डल गठन भएपछि निर्वाचन प्र्रक्रिया अघि बढ्छ र नोमिनेसनको काम हुन्छ । सायद दुई बजेसम्म नोमिनेसनको काम सम्पन्न हुनेछ । त्यसपछि बेलुकी छ बजेसम्म नोमिनेसन फिर्ता लिने समय तोकिने छ ।

यसपटक मेसिनबाट भोट गरिने भएकाले दिनभर भोटिङको विषयमा प्रतिनिधिहरूलाई तालिम पनि दिनेछौँ । साथसाथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि निरन्तर चलिरहने छन् ।

मंसिर १२ गते बिहान ८ बजेदेखि भोटिङको काम सुरु हुन्छ, यसमा आठदेखि दस घन्टा लाग्ने अनुमान गरेका छौँ ।
उद्घाटन सत्रका लागि करिब पाँच हजार स्वयंसेवकको व्यवस्था गरेका छौँ भने भोटिङ हुने दिनका लागि तीन सय देखि पाँच सय हाराहारीमा स्वयंसेवक परिचालन हुनेछन्  । मंसिर १३ गते स्वयंसेवक र केही समितिका मान्छेहरुलाई बधाई तथा कदरपत्रसहित सानो कार्यक्रममार्फत् बिदाई गर्ने भन्ने योजना छ । 

२०७७ फागुन २८ पछि पुनःस्थापित एमालेभित्रको परिवेश अहिले अलि फरक छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहँदा ताकाको माओवादी केन्द्रको एउटा समूह एमालेभित्रै छ, त्यसो त पार्टीभित्रकै विचार समूह पहिलेदेखि नै क्रियाशील छ। यसपटक पार्टीभित्र महाधिवेशनमा वैचारिक मन्थन निक्कै चर्किएला जस्तो देखिन्छ नि?   

एमालेले नवौं महाधिवेशनमा नै विधान महाधिवेशनमा विचार र विधिको टुंगो लगाउने तथा मूल महाधिवेशनमा चाहिँ नेतृत्व टुंगो लगाउने भनेर व्यवस्था गरिसकेको छ। यसमा कुनै फरक हुने छैन । हामीले व्यवस्था नै अर्कै गरिसक्यौँ । यसअघि भएको विधान महाधिवेशनमा हामीले विचार र  सैद्घान्तिक पक्षको टुंगो लगाइसकेका छौं, यसपालिको महाधिवेशनमा चाहिँ नेतृत्व मात्र टुंगो लगाउन बाँकी छ । 

यसपालि तपाईंको उम्मेदवारी चाहिँ कुन पदमा रहने छ ?

यो विषयमा अहिलेसम्म टुंगो लागेको छैन । अघिल्लो महाधिवेशनमा महासचिवमा उठेको थिएँ, थोरै मतले पराजित भइयो । को–को कुन–कुन पदका लागि उम्मेदवार हुने हुन्, त्यो पनि थाहा छैन । तथापि, हिजो उठेको पदभन्दा तल्लो पदमा उठ्ने कुरा भएन । हेरौँ के हुन्छ ।

अघिल्लो महाधिवेशनमा प्यानल–प्यानलबीच प्रतिस्पर्धा भएको थियो, यसपालि के हुन्छ ?

यसपालि हामीले प्यानलरहित महाधिवेशन बनाएका छौँ । यसपालि सहमतिका आधारमा या व्यक्तिगत रुपमा उमेदवारी हुनेछ ।

भीम रावलले केपी ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ, यसलाई कसरी हेर्नुभएको छ ?

यो प्रश्न उहाँ (भीम रावल) लाई नै सोध्नु उपयुक्त होला ।

अब महाधिवेशनबाट आउने एमाले नेतृत्वले आगामी दिनमा पार्टीलाई नयाँ दिशामा लैजान के–कस्ता कदम चाल्नुपर्ला ? 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भयो, नेकपाको एउटा भाग टुुक्रिएर एमाले अलग भएको अवस्थामा हामीले अधिवेशन गर्दैछौँ ।  एमालेलाई कसरी सुदृढ र एकताबद्ध बनाउने तथा यही पार्टीलाई कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रुपमा कसरी बढाउने भन्ने कुरा अबको नीति, नेतृत्व र भूमिकामा निर्भर रहन्छ । यो सबैभन्दा ठूलो चुनौती पनि हो । 

अर्को कुरा, एमलेकोे विरुद्धमा पाँचदलीय गठबन्धन रहेको छ र, सम्मुखमा चुनाव आइरहेको छ । त्यसैले यी दुवै परिस्थितिसँग मुकाबिला गर्नुपर्ने अवस्थामा हामी छौँ । यो दुई चुनौतीलाई परास्त गर्न पहिलो त हामी एकताबद्ध हुनुपर्ने छ । दोस्रो, हामीविरुद्ध भएको गठबन्धनलाई परास्त गर्नुछ । यस्तो अवस्थाबीच हुन गइरहेको यो महाधिवेशन निकै महत्वपूर्ण र निर्णायक रहेको छ । साथै यी कुरालाई मध्यनजर गरेर नै यसपटकको महाधिवेशनले दिशानिर्देश गर्नेछ । 

viber sharing button
जनतापाटीबाट थप
सार्वजनिक यातायातमा भाडा बढ्यो
सार्वजनिक यातायातमा भाडा बढ्यो ५ घण्टा पहिले
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी ५ घण्टा पहिले
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह ५ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
नवीन नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त 
पुतलीबजारमा कांग्रेस विजयी
हुम्लाको चङ्खेली गाउँपालिका -२ मा बुधबार पुनः मतदान हुँदै
भरतपुरमा पुनः रेनुले बढाइन् मतान्तर
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP