मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • नेपालमा एकल नेतृत्वका लागि कुनै दल सक्षम छैनन् - मन्त्री यादव
नेपालमा एकल नेतृत्वका लागि कुनै दल सक्षम छैनन् - मन्त्री यादव
जनतापाटी
जनतापाटी शुक्रबार, कात्तिक २६, २०७८ मा प्रकाशित
viber sharing button
नेपालमा एकल नेतृत्वका लागि कुनै दल सक्षम छैनन् - मन्त्री यादव

जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री रामसरोजकुमार यादवले नेपालका कुनै पनि पार्टीले सरकार एकल नेतृत्व गर्न सक्षम नरहेको दाबी गरेका छन् । 

नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल कांग्रेस निकट लोकतान्त्रिक इन्जिनियर समूह (दिलीप कुमार झा) फाइनलले शुक्रबार जनकपुरधाममा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले उक्त दाबी गरेका हुन् ।

'छिमेकी मुलुक भारतमा लामो समयदेखि विभिन्न पार्टीका संयुक्त सरकारको अभ्यास रहे पनि नेपालमा त्यो अहिलेसम्म खासै गरिएको छैन', मन्त्री यादवले भने, ‘अहिलेको अवस्थामा नेपालमा कुनै पनि पार्टी एकल सरकारको नेतृत्व गर्न सक्षम देखिएको छैन । तत्कालीन नेकपाको झन्डै दुई तिहाइको सरकारले पनि पाँच वर्षसम्म नेतृत्व गर्न सकेन ।’

संघीय सरकारदेखि प्रदेश सरकारमा पनि सम्पूर्ण लोकतान्त्रिक शक्ति एकजुट भई सरकारको नेतृत्व गरिरहेको भन्दै मन्त्री यादवले भने, ‘संविधान र संघीयतालाई संस्थागत गर्न अहिले लोकतान्त्रिक शक्तिलाई एकजुट हुनुको विकल्प छैन । हामी एकजुट भएर अगाडी बढेको खण्डमा मात्रै लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न सक्छौं ।’

अगामी मंसिर २४ गते हुने नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचन नजिकिँदै जर्दा विभिन्न संगठनले आ–आफ्ना प्यानलका उम्मेदवारको प्रचार गरिरहेका छन् । सोही क्रममा लोकतान्त्रिक इन्जिनियर समूहबाट नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष पदका उम्मेदवार दिलीप कुमार झाले शुक्रबार जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरेका थिए । 

देशको भौतिक पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उम्मेदवार झाले भने, ‘एसोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धिदेखि लिएर उनीहरूको पेसागत सुरक्षा, बेरोजगारीलगायतका समस्या सम्बोधन गर्न हाम्रो टिम सक्षम छ ।’

viber sharing button
जनतापाटीबाट थप
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग 
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग  ११ मिनेट पहिले
कुकुरले टोकेको झोंकमा मालिकलाई रडले रामधुलाई गरेपछि...
कुकुरले टोकेको झोंकमा मालिकलाई रडले रामधुलाई गरेपछि... १९ मिनेट पहिले
संसदमा ओलीले भने - इनफ इज इनफ
संसदमा ओलीले भने - इनफ इज इनफ २१ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग 
संसदमा ओलीले भने - इनफ इज इनफ
कर्णालीले विज्ञापन होइन, काम गर्छ -मुख्यमन्त्री शाही
राष्ट्रपतिद्वारा जसपाका मन्त्रीहरू हेरफेर, शपथग्रहण आजै
माओवादी केन्द्रिय समिति बैठक जारी, खुला छलफलमा बोल्न प्रचण्डले दिए २ मिनेट
सांसदले बाँड्ने बजेट राख्ने सहमतिपछि आजबाट गण्डकी प्रदेशसभा बैठक
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP