मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, May 18, 2022 |बुधबार, जेठ ४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • बाग्मतीमा आज दुई मन्त्री थपिँदै, जम्कट्टेल अर्थ र लामा स्वास्थ्यमन्त्री
बाग्मतीमा आज दुई मन्त्री थपिँदै, जम्कट्टेल अर्थ र लामा स्वास्थ्यमन्त्री
जनतापाटी
जनतापाटी बिहीबार, कात्तिक २५, २०७८ मा प्रकाशित
viber sharing button
बाग्मतीमा आज दुई मन्त्री थपिँदै, जम्कट्टेल अर्थ र लामा स्वास्थ्यमन्त्री

हेटाैँडा । बाग्मती प्रदेश सरकार बिहीबार विस्तार हुने भएको छ । स्रोतका अनुसार बिहीबार दुई जना मन्त्री थप गर्ने तयारी  छ । नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व लिएको बाग्मती सरकारमा थपिने मन्त्रीमा माओवादीबाट पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल र नेपाली कांग्रेसबाट निमा लामा रहने छन् । 

राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा यसअघि नै आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, भौतिक पूर्वाधार विकासमन्त्रीमा कृष्ण भँडेल र सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तानले शपथ लिइसकेका छन् । 

११ कात्तिकमा शपथ लिएका मुख्यमन्त्री पाण्डेले २२ कात्तिकमा गठबन्धनका ५९ जना सांसदबाट विश्वासको मत प्राप्त गरेका थिए । विश्वासको मत प्राप्त गरेपछि सरकार विस्तार गर्ने तयारी भए पनि गठबन्धनभित्र मन्त्री बनाउने विषयमा विवाद भएको थियो । 

बाग्मतीमा हाल १०९ सांसद सदस्य रहेकोमा संविधानअनुसार कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री विस्तार गर्न सकिने भएकाले मन्त्रालय विभाजन गरेरै भए पनि २२ सदस्यीयसम्म मन्त्रिपरिषद् बनाउने मुख्यमन्त्री पाण्डेको तयारी रहेको छ । तर, अहिले दुई जना मन्त्रीमात्र थप गर्ने र केही समयपछि नै गठबन्धनभित्र सहमती गराई अरू मन्त्री थप गर्ने तयारी भएको बताइएको छ । मुख्यमन्त्री पाण्डेले मन्त्रालय विभाजन गरेर १३ मन्त्री र तीन राज्यमन्त्री बनाउने तयारी गरेका छन् । 

तत्कालै मन्त्री बन्नेको नाम गठबन्धनका माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीले टुंगो लगाउन नसकेपछि अहिले सहमती जुटेको दुई जनालाई मन्त्री नियुक्त गर्दै सरकार सञ्चालन गर्ने पाण्डेको योजना देखिन्छ । 

नेपालको संविधानको धारा १६८ को उपधारा  (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संवैधानिक व्यवस्था बमोजिम बाग्मतीमा सरकार निर्माण भएको हो । 

बाग्मतीमा ४३ सांसद रहेको एमाले भने अहिले प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको छ । प्रदेशसभामा माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई/दुई, जनता समाजवादी पार्टी नेपालको एक जना सांसद  छन् । 

viber sharing button
जनतापाटीबाट थप
सार्वजनिक यातायातमा भाडा बढ्यो
सार्वजनिक यातायातमा भाडा बढ्यो ४ घण्टा पहिले
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी ४ घण्टा पहिले
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह ४ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
नवीन नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त 
पुतलीबजारमा कांग्रेस विजयी
हुम्लाको चङ्खेली गाउँपालिका -२ मा बुधबार पुनः मतदान हुँदै
भरतपुरमा पुनः रेनुले बढाइन् मतान्तर
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP