मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, June 26, 2022 |आइतबार, असार १२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • भुटानी मोडेलको राजसंस्था हामीलाई आवश्यक छैन -पूर्वसुरक्षाकर्मी परिषद्
भुटानी मोडेलको राजसंस्था हामीलाई आवश्यक छैन -पूर्वसुरक्षाकर्मी परिषद्
जनतापाटी
जनतापाटी मंगलबार, कात्तिक ९, २०७८ मा प्रकाशित
viber sharing button
भुटानी मोडेलको राजसंस्था हामीलाई आवश्यक छैन -पूर्वसुरक्षाकर्मी परिषद्

काठमाडौं । पूर्व-सुरक्षाकर्मी परिषद्ले नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्भभौमिकता माथिको प्रहार रोक्न सम्पूर्ण नेपाली एकजुट हुन आवश्यक रहेको धारणा व्यक्त गरेको छ । मंगलबार रिपोर्टर्स क्लबमा परिषद्का पदाधिकारीले राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्न आम नेपालीलाई एकजुट हुन आग्रह गरे ।

भारतीय पूर्व राजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाडौं डिले’मा‘ रिसेटिङ इण्डिया–नेपाल टाईज’ मा नेपाल र नेपालीको स्वाभिमान माथि गम्भीर आक्रमण भएको, नेपालको अहित हुनेगरि भारतले विगतमा नेपालविरुद्व गरेका अक्षम्य अपराधहरुको भरण पोषण गरेकोसमेत परिषद्को आरोप छ ।

कार्यक्रममा बोल्दै पूर्वडीआईजी रमेश खरेलले नेपाललाई भुटानी ढाँचामा लैजान भारतले निरन्तर गरिरहेको प्रयास र नेपाली जनताको सार्वभौमसत्तामाथि सधै खेलिरहने भारतको मनसाय कायमै रहेको बताए । भारतसँग मैत्रीपूर्ण सम्वादबाट समस्याको समाधान खोजिनुपर्नेसमेत उनको भनाइ छ ।

राष्ट्रियता बचाई राख्न कुटनीतिक निकाय र गृह प्रशासन चनाखो हुनुपर्ने जनाउँदै उनले पूर्वसुरक्षा निकायमात्रै नभई हरेक नेपालीमा राष्ट्रियता जाग्नुपर्ने बेला आइसकेको बताए । कहिले पनि कसैको गुलाम नभएको देशको राष्ट्रियतामाथि कसैले सवाल उठाउँछ भने पूर्वसुरक्षाकर्मी कुनै पनि हालतमा चुप लागेर नबस्नेसमेत उनले चेतावनी दिए ।

पूर्वजर्नेल डा. प्रेमसिह बस्न्यातले विकासका नाममा एमसीसी भित्राउन र कोही भूटानी मोडेलको राज्य स्थापना गरि सिक्कीमे लेन्डुप बनाउने अभिप्राय रहेको हुँदा यस्तो लोन्डुपे प्रवृतिविरुद्व एक भई उभिनुपर्नेमा जोड दिए । सार्वभौम स्वतन्त्रता र स्वाधिनतालाई कुल्चने भुटानी मोडलको राजसंस्था आवश्यक नरहेको उनको भनाइ छ ।

यदि देश र जनतालाई आवश्यक महशुस भए नेपालीले नै आवश्यकताअनुसारको राजसंस्था स्थापना गर्न सक्षम रहेको उनले बताए । सुगौली सन्धिपछि नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता, राष्ट्रिय एकता र नागरिक सुरक्षा सबैभन्दा कमजोर दुर्बल भएको, नेपाली जनता निर्णायक नभै विदेशीहरु निर्णायक रहँदै आएको उनको भनाइ छ । तिनै तत्वहरुले नेपाली धर्म संस्कृति, नेपाली भाषा, नेपाली सेना, नेपाल प्रहरी सबैलाई कमजोर बनाउन खोजेको उनले बताए ।

सामाजिक अभियन्ता राजेन्द्र केशरी पाण्डेले नेपाल कहिल्यै कसैको गुलाम नभएको भन्दै राष्ट्रियताको सवालमा प्रश्न उठाउँछ भने पूर्वसुरक्षाकर्मी कुनै हालतमा चुप नबस्ने बताए । उनले भने, ‘यस्ता किसिमका क्रियाकलापका खातिर सदैब खबरदारी गर्दै परिआए राष्ट्रका लागि बलिदानी दिन समेत तयार छौं ।’

त्यस्तै, घाइते तथा अपांग संघ तथा भुपूसुरक्षाकर्मी संघका उपाध्यक्ष हिमाल अर्यालले सार्वभौम स्वतन्त्रता र स्वाधिनतालाई कुल्चने भुटानी मोडेलको राजसंस्था आवश्यक नभएको बताए ।

viber sharing button
जनतापाटीबाट थप
जिसस रौतहटमा गठबन्धन विजयी
जिसस रौतहटमा गठबन्धन विजयी १० मिनेट पहिले
पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा...
पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा... १९ मिनेट पहिले
गणकपुरक संख्या नपुगेपछि संसद् बैठक स्थगित
गणकपुरक संख्या नपुगेपछि संसद् बैठक स्थगित २७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ठगीजन्य कार्यबाट बच्न सिआइवीको अनुरोध
 नेपाल प्रहरीका १७ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
सशस्त्र प्रहरीका ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस [सूचीसहित]
आइजीपी विवाद हेर्दाहेर्दैमा, असार १३ गते सुनुवाइ
पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्न आईजिपी सिंहको निर्देशन 
प्रधानसेनापति शर्मा लेवनान प्रस्थान, अमेरिकाकाे पनि भ्रमण गर्ने
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP