मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, July 07, 2022 |बिहीबार, असार २३, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • नेपाल-भारत सुरक्षा बैठकः अप्रिय घटना हुन नदिन २४ घण्टा सीमा बन्द
नेपाल-भारत सुरक्षा बैठकः अप्रिय घटना हुन नदिन २४ घण्टा सीमा बन्द
जनतापाटी
जनतापाटी शुक्रबार, असोज २९, २०७८ मा प्रकाशित
viber sharing button
नेपाल-भारत सुरक्षा बैठकः अप्रिय घटना हुन नदिन २४ घण्टा सीमा बन्द

काठमाडौं । भारतको सिद्धार्थनगर जिल्लास्थित नौगढमा नेपाल र भारतबीच सुरक्षा बैठक सम्पन्न भएको छ ।

जिल्लास्तरीय सुरक्षा बैठकमा नेपालका तर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र भारतका तर्फबाट सिद्धार्थनगर जिल्लाका डीएम दीपक मिणाले नेतृत्व गरेका थिए ।    

बिहीबार कपिलवस्तुको सिमावर्ती भारतीय जिल्ला सिद्धार्थनगरस्थित नौगढमा सम्पन्न इण्डो-नेपाल  जोइन्ट बोर्डर कोर्डिनेसन मिटिङमा २४ घण्टा सीमा बन्द गर्ने निर्णय भएको छ ।

बडादसैँ (दशहरा)को अवसरमा दुर्गा पूजाको मूर्ति विसर्जनको क्रममा दुवै पक्षको शान्ति सुरक्षालाई मध्यनजर गरी शुक्रबार (आज) र शनिबार (भोलि) गरेर २४ घण्टासम्म नेपाल भारत बोर्डरबाट हुने मानिसको आवतजावतमा नियन्त्रण गर्ने सहमति भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार सीमा क्षेत्रमा मदिरा विक्रीवितरणमा रोक लगाउने विषयमा छलफल भई समझदारी भएको छ ।

बैठकमा सीमा अपराध, लागुऔषध ओसारपसार, अवैध हातहतियारको ओसारपसार, मानव बेचबिखन, भारतबाट नेपाल आउने नेपालीहरुलाई विशालु औषधि खुवाई लट्ठ्याएर पैसा लुट्ने प्रवृति, नेपाली यात्रुलाई गर्ने व्यवहारका विषय, पशुपंक्षीको अवैध कारोवार, नक्कली नोटको कारोवार, चोरीका सवारी साधनको नियन्त्रणलगायतका विषयमा अनौपचारिक छलफल भएको प्रहरीले जनाएको छ ।

बैठकमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी पाण्डेसहित प्रहरी प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपाल २८ नं गण हेडक्वाटरका प्रमुख स.प्र.उ ध्रुवबहादुर कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय कपिलवस्तु प्रमुख उपअनुसन्धान निर्देशक योगेन्द्र केसी सहभागी थिए ।

त्यसैगरी भारतका तर्फबाट सिद्धार्थनगर जिल्लाका डीएम मिणासहित एसपी यशवीर सिंह, एसएसबी कमाण्डेन्ट अमित सिंहलगायत भारतीय सीमावर्ती प्रहरी प्रमुखहरु सहभागी थिए ।

viber sharing button
जनतापाटीबाट थप
उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ
उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ १ घण्टा पहिले
थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात
थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात १ घण्टा पहिले
प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी
प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी २ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र मातहत
नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, को कहाँ ?
प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन -गृहमन्त्री 
अमेरिका भ्रमण गरी स्वदेश फर्किए प्रधानसेनापति शर्मालाई जंगीअड्डामा स्वागत
आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
नेपाल प्रहरीद्धारा थप ४ सय ७४ असईको माग
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP