मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, July 07, 2022 |बिहीबार, असार २३, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • प्रहरीको २७ बुँदे सर्कुलर- खराब व्यक्तिको निगरानीदेखि आफ्नै आचरण सुधार्नेसम्म 
प्रहरीको २७ बुँदे सर्कुलर- खराब व्यक्तिको निगरानीदेखि आफ्नै आचरण सुधार्नेसम्म 
जनतापाटी
जनतापाटी आइतबार, असोज २४, २०७८ मा प्रकाशित
viber sharing button
प्रहरीको २७ बुँदे सर्कुलर- खराब व्यक्तिको निगरानीदेखि आफ्नै आचरण सुधार्नेसम्म 

इलाम । चाडपर्वको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय इलामले मातहतको निकायलाई पर्व लक्षित सुरक्षासम्बन्धी २७ बुँदे सर्कुलर जारी गरेको छ ।चाडपर्वको बेला हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न चाडपर्व लक्षित विशेषसुरक्षा योजना अन्तर्गत २७ बुँदे सर्कुलर जारी गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले बताए । 

प्रहरीको २७ बुँदे सर्कुलरमा खराब आचरण भएका व्यक्तिको निगरानी गर्नेदेखि प्रहरीकै आचरण सुधार्नेसम्मका योजना छन् । पर्वलक्षित सुरक्षा सर्कुलरमा गस्ती बढाउने, आर्थिक कारोबार हुने वित्तीय संस्थामा निगरानी बढाउने, सुरक्षा जोखिम भएका क्षेत्रमा निगरानी बढाउने, ट्राफिक ब्यवस्थापनलाई चुस्त बनाउने, जुवा तास खेल्न र खेलाउन नदिने, जनशक्ति व्यवस्थापनको लागि प्रहरी कर्मचारीलाई विदा बस्नको लागि निरुत्साहित गर्ने, प्रहरी कर्मचारीले आचरण सुधार गर्ने लगायतका उल्लेख छन् । 

चाडबाडको बेला हुने सम्भावित आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नको लागि बजार क्षेत्रमा रहेका सिसिटिभी मर्मत गरिएको छ । ‘बजार क्षेत्रको निगरानीको लागि राखिएको आधाजति सिसिटिभी क्यामेरा बिग्रिएका थिए’, प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘अहिले सबै क्यामेरा मर्मत भएको छ । अहिले एक सय २२ वटा क्यामेराबाट बजारको निगरानी हुन्छ ।’ 

प्रहरीले विभिन्न १७ स्थानमा सिसिटिभी क्यामेरा थप्ने प्रहरीको योजना छ । बैंक तथा वित्तीय क्षेत्रमा हुने जोखिम न्यूनीकरणको लागि १३ वटा प्रहरी टोली परिचालन भइरहेको छ । 

प्रहरीले बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र नगरप्रहरीलाई सुरक्षासम्बन्धी अनुशिक्षण गरेको छ । त्यस्तै राजमार्गमा चेकजाँचलाई कडाइ गरेको छ ।

राजमार्गका १० ठाउँमा मापसे जाँच गर्ने गरेको र आठ ठाउँमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त जाँच, सीमा नाकाको सात ठाउँमा नियमित रूपमा चेकजाँचको लागि प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । 

प्रहरीले चाडबाडको बेला यात्रुहरूलाई पर्ने समस्या समाधानको लागि जिल्लाको तीन ठाउँमा यात्रु साहयता कक्ष स्थापना गरेको छ । इलाम बजार, सूर्योदयको फिक्कल बजार र देउमाईको मंगलबारे बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुबाट बढी भाडा असुल्न नदिन सबै सवारी साधनमा भाडादर अनिवार्य गरिएको प्रहरीले जनाएको छ । 

viber sharing button
जनतापाटीबाट थप
उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ
उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ १ घण्टा पहिले
थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात
थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात २ घण्टा पहिले
प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी
प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी २ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र मातहत
नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, को कहाँ ?
प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन -गृहमन्त्री 
अमेरिका भ्रमण गरी स्वदेश फर्किए प्रधानसेनापति शर्मालाई जंगीअड्डामा स्वागत
आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
नेपाल प्रहरीद्धारा थप ४ सय ७४ असईको माग
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP