मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, May 18, 2022 |बुधबार, जेठ ४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • लुम्बिनीमा कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम
लुम्बिनीमा कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम
जनतापाटी
जनतापाटी आइतबार, असोज २४, २०७८ मा प्रकाशित
viber sharing button
लुम्बिनीमा कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम

काठमाडौं । लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेपाली कांग्रेसले मन्त्रीहरूको नामावली टुंग्याउन नसक्दा शुक्रबार स्थगित भएको मन्त्रिपरिषद् विस्तार आइतबार हुने भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले दिउँसो ३ बजेका लागि शपथको समय तय गरेको जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)लाई समेत समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । नेपाली कांग्रेसबाट वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँ मन्त्री बन्ने भएका छन् । कांग्रेसले मन्त्रीको नाम टुंग्याएकाले शपथ ग्रहण हुने काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए ।

कांग्रेसले पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको थियो । यस्तै नेकपा माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने भएका छन् । नेकपाबाट उपचुनाव जितेर पछि माओवादी केन्द्र रोजेकी सांसद विमलाकुमारी वली राज्यमन्त्री बन्ने भएकी छन् ।

यसअघि मन्त्रिपरिषद् विस्तारका बेला नै वलीलाई राज्यमन्त्री बनाउने चर्चा थियो । माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ । माओवादीले पाएका चार मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

नेकपा समाजवादी बाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछन् । कांग्रेसका प्रमुख सचेतक फकरुद्विन खाँनले १२ बजेपछि मात्रै नाम सार्वजनिक गर्ने बताए । राज्यमन्त्रीमा रिना नेपाल विश्वकर्माको नाम समावेश गर्न नेतृत्वलाई दबाव परेको कांग्रेसका एक नेताले बताए । तर, राज्यमन्त्रीमा सचेतक निर्मला क्षेत्रीले समेत दाबी गरेकी थिइन् । 

viber sharing button
जनतापाटीबाट थप
सार्वजनिक यातायातमा भाडा बढ्यो
सार्वजनिक यातायातमा भाडा बढ्यो ३ घण्टा पहिले
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी ३ घण्टा पहिले
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह ३ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
नवीन नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त 
पुतलीबजारमा कांग्रेस विजयी
हुम्लाको चङ्खेली गाउँपालिका -२ मा बुधबार पुनः मतदान हुँदै
भरतपुरमा पुनः रेनुले बढाइन् मतान्तर
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP