मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, May 18, 2022 |बुधबार, जेठ ४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्दै
राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्दै
जनतापाटी
जनतापाटी शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
viber sharing button
राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्दै

विराटनगर । राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ । बिहीबार सिंदरवारमा बसेको गठबन्धनको बैठकले बाग्मती र प्रदेश १ का मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति गरेपछि प्रदेश १ मा राई मुख्यमन्त्री बन्ने निश्चित भएको हो । मुख्यमन्त्रीका लागि राई प्रदेश १ मा नेकपा एसको एकल उमेदवार हुन् । 

दुईदिन अगाडि मात्र नवनिर्मत संसद भवनको उद्घाटन गर्दै मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसैँमा मासु खाएर ठन्डा दिमाग लिएर आउनुहोस् अनि सहमतिको सरकार बनाउँ भनेका थिए । उनको भनाइअनुसार उनले शुक्रबार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत नलिने बुझिएको छ ।  

शुक्रबार बस्ने संसदीय दलको बैठकले के गर्ने भन्ने निर्णय गर्ने नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभन्डारीले बताए । गत १० भदौमा  मुख्यमन्त्री भएका आचार्य एक हप्ता नबित्दै अल्पमतमा परेका थिए । १६ भदौमा प्रदेश निर्वाचन आयोगमा नेकपा एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेका हुन् । 

निर्वाचन आयोगले संसद सचिवालयलाई २५ भदौमा १० जनाले हस्ताक्षर गरेर एकीकृत समाजवादी रोजेको पत्र पठाएका थिए । पाटी फुटेको मितिले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

आयोगले संसदमा पत्र पठाएको मितिले ३० दिन शुक्रबार पुग्दै छ । तर, मुख्यमन्त्री आचार्यले दसँै अगाडि विश्वासको मत नलिने संकेत गरिसकेका कारण राईलाई दसैँ अगाडि मुख्यमन्त्री हुने बाटो भने खुल्ने देखिँदैन । शुक्रबार दिउसो २ बजेलाई प्रदेशसभाको बैठक बोलाइएको छ । 

प्रदेश प्रमुख परिवर्तन गर्ने र आज विश्वसको मत नलिए बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष जाने तयारीमा गठबन्धनको तयारी थियो । तर, संघमा गठबन्धनले प्रदेश प्रमुख परिवर्तन नगरिदिएपछि  उनीहरूका संकटमा परेका छन् । अहिलेका प्रदेश प्रमुख सोमनाथ (प्यासी) अधिकारीलाई भने एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका थिए । 

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक÷एक जना सदस्य छन् । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिन्छ ।

viber sharing button
जनतापाटीबाट थप
सार्वजनिक यातायातमा भाडा बढ्यो
सार्वजनिक यातायातमा भाडा बढ्यो ४ घण्टा पहिले
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी ५ घण्टा पहिले
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह ५ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
नवीन नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त 
पुतलीबजारमा कांग्रेस विजयी
हुम्लाको चङ्खेली गाउँपालिका -२ मा बुधबार पुनः मतदान हुँदै
भरतपुरमा पुनः रेनुले बढाइन् मतान्तर
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP