मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  •  उपत्यकामा ८ हजार प्रहरी परिचालन, जुवातास र मापसेमा विशेष निगरानी
 उपत्यकामा ८ हजार प्रहरी परिचालन, जुवातास र मापसेमा विशेष निगरानी
जनतापाटी
जनतापाटी बुधबार, असोज १३, २०७८ मा प्रकाशित
viber sharing button
 उपत्यकामा ८ हजार प्रहरी परिचालन, जुवातास र मापसेमा विशेष निगरानी

काठमाडौं । काठमाडौं उपत्यकामा चाडपर्व विशेष सुरक्षा योजना लागू भएको छ । १० असोजदेखि लागू भएको सुरक्षा योजनामा यसपालि सुरक्षा निकायले जुवातास र मादक पदार्थ सेवनलाई विशेष प्राथमिकता दिएको छ ।

महानगरी प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा चाडपर्व विशेष सुरक्षा योजना लागू भइसकेको जनाएको छ । 

मेट्रोका प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले विशेष सुरक्षा योजनाअन्तर्गत मातहत निकाय परिचालित भइसकेको बताए । उनका अनुसार परिसरहरुले मेट्रोको निर्देशनअनुसार सुरक्षा योजना बनाएर लागू गरेका हुन् । 

उपत्यकामा चाडपर्व केन्द्रीत सुरक्षाका लागि सादा, बर्दिधारी र ट्राफिक गरेर झण्डै ८ हजार सुरक्षाकर्मी परिचालनगरिएको डीआईजी सुवेदीले जानकारी दिए । 

जुवातास र मापसे प्राथमिकतामा
यसपालि दशैंतिहारमा प्रहरीले जुवातास र मादक पदार्थ सेवक रोकथाम तथा नियन्त्रण प्राथमिकतामा राखेको छ । साथसाथै सर्वसाधारण ठगिन नदिन पनि निगरानी बढाएको छ । यसमा ठूलो जनशक्ति खटाइएको छ । 

चाडपर्वको बेला आर्थिक कारोबार धेरै हुन्छ । बैंक वित्तीय संस्था, ठूल्ठूलो मलहरु, सुनचाँदी पसल, दशैंतिहार लक्षित विभिन्न लक्षित सवारीहरु, फर्निचर लगायत अन्य उपभोग्य सामग्रीहरु पनि छुटका अफरहरु प्रशस्त मात्रामा हुन्छ । आपराधिक मानसिकता बोकेका मानिसले लुटपाट र ठगी गर्न सक्ने हुनाले सूचना संकलन सादा पोशाकमा प्रशस्त प्रहरी खटाउने र त्यस्ता भीडभाड हुने ठाउँमा बर्दिधारी प्रहरी पनि राखेर रोकथाम गर्ने व्यवस्था मिलाइएको सुवेदी बताउँछन् ।  उनका अनुसार समुदाय प्रहरी साझेदारीअन्तर्गत स्थानीय सरकार, समुदाय, क्लबसँग मिलेर सचेतनातर्फ पनि जोड दिइएको छ ।

फेस्टी मुडमा मादक पदार्थ सेवक गर्ने, जुवातास खेल्ने गरिन्छ । मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटना हुनसक्ने अथवा झैझगडा हुनसक्ने भएको हुनाले विशेष सुरक्षाअन्तर्गत यस्ता घटना हुन नदिन ट्राफिक चेकप्वाइन्ट अरु समयभन्दा बढाउने, मापसे चेकिङ गरेर निरुत्साहित गर्ने व्यवस्था मिलाइएको छ । अर्कोतर्फ झैझगडा नहोस् भनेर व्यापक गस्ती र पट्रोलिङ गर्ने व्यवस्था मिलाइएको छ । 

‘जुवातास पनि आर्थिक अपराध हो नै,यसले आपराधिक घटना पनि निम्त्याउँछ । जुवामा हारेको वा जितेको सुरमा मान्छेहरुबीच विवाद, झैझगडा हुने र कतिपय अवस्थामा मान्छेको ज्यान नै जोखिम पर्ने गरेको छ,’ डीआईजी सुवेदी भन्छन्,‘यसलाई रोक्न पहिलो त सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । अर्कोतिर जुवा खेलिरहेका छन् भन्ने सूचना संकलनका लागि कहाँ खेल्दैछन्, को को खेल्दैछन् भनेर सादा पोशाक परिचालन र त्यस्तो ठाउँमा रेड गरेर कानुनको दायरामा ल्याउने गरिएको छ । त्यसको लागि पनि व्यापक रुपमा प्रहरी परिचालन गरेका छौं ।’

चाडपर्व नजिकिँदै गर्दा काठमाडौंमा बसोबास गर्ने ठूलो जनसंख्या उपत्यका बाहिर जान्छ । विशेष सुरक्षा योजनाअन्तर्गत यात्रु ठगिनबाट जोगाउन विभिन्न ठाउँमा ट्राफिक र जनपदसहित हेल्प डेस्क राखिएको छ । जसले यात्रुलाई सचेत गराउँछ । साथै टिकट बुकिङ हुने ठाउँमा हुनसक्ने अनियमितता रोक्न सादा पोशाकको प्रहरी परिचालन र लाइन व्यवस्थित गर्न बर्दिधारी प्रहरी पनि खटाइएको छ । ठाउँठाउँ छड्के जाँचको व्यवस्था गरिएको छ । छतमा यात्रु राख्न नदिन, मापसे गरेर भाडाका सवारी नचलाउन भनेर हाइवेमा, उपत्यका बाहिरिने नाकाहरु थानकोट, फर्पिङ, साँगालगायतमा चेकप्वाइन्टको व्यवस्था मिलाइएको छ । ‘एकातिर बुकिङ्गदेखि नै नठगियोस् र अर्कोतिर सुरक्षित यात्रा होस् भनेर मिलाएका छौं,’ सुवेदी भन्छन् । 

त्यसैगरी सुरक्षा निकायले घर डेरा छाडेर हजारौं मानिस काठमाडौं बाहिर जाने भएकाले त्यो क्षेत्रमा लुटपाट नहोस् भनेर सुरक्षा व्यवस्था मिलाएको छ । 

चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानदेखि खेलकुद प्रतियोगिता, मठमन्दिर मेलासम्म विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । कोभिड प्रोटोकल पालना गरेर गर्न प्रहरीको अनुरोध गरेको छ । भक्तजनको सुरक्षाका लागि पनि विहान सबेरैदेखि सादा र बर्दिधारी प्रहरी परिचालन पनि गरेको छ । चोरी लुटपाटको घटनामा सचेत हुन र त्यस्तो आशंका लागेमा सूचना दिन पनि प्रहरीले आह्वान गरेको छ । सूचना पाएलगत्तै तत्काल रेस्पोन्स गर्न क्युआरटीहरु, रिजर्भ टोलीहरुस्टाण्डबाई राखिएको छ ।

‘अरु सबै क्रमश छुट्टिमा गए पनि प्रहरी अनड्युटी बस्छ । प्रहरीले सर्वसाधारणलाई सुरक्षित राख्न सक्यो र चाडपर्व मनाउन सक्ने राम्रो वातावरण सिर्जना गर्न सक्ने भयो भने नै आफूले चाडपर्व मनाएजस्तो महसुस हुन्छ,’ उपत्यका सुरक्षा हेर्ने डीआईजी सुवेदी भन्छन् । 

viber sharing button
जनतापाटीबाट थप
रुपन्देहीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ
रुपन्देहीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ ६ मिनेट पहिले
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ? १८ मिनेट पहिले
भारतीय दूतावासभित्र सुरक्षाकर्मीले आफैँलाई गोली हानी गरे आत्महत्या
भारतीय दूतावासभित्र सुरक्षाकर्मीले आफैँलाई गोली हानी गरे आत्महत्या २४ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
नेपाल प्रहरीद्धारा थप ४ सय ७४ असईको माग
सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस, काे-काे परे ? [सूचीसहित]
प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन 
प्रधानसेनापति शर्मा अमेरिकामा 
मनसुनजन्य विपद्को सामना गर्न सशस्त्र प्रहरी बलको यस्तो छ तयारी 
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP