मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, July 07, 2022 |बिहीबार, असार २३, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • महाधिवेशन : प्रदेश २ मा निधिलाई अप्ठेरो, प्रदेश सभापतिका आकांक्षी नै धेरै
महाधिवेशन : प्रदेश २ मा निधिलाई अप्ठेरो, प्रदेश सभापतिका आकांक्षी नै धेरै
जनतापाटी
जनतापाटी आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
viber sharing button
महाधिवेशन : प्रदेश २ मा निधिलाई अप्ठेरो, प्रदेश सभापतिका आकांक्षी नै धेरै

जनकपुरधाम। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको समय नजिकिँदै जाँदा प्रदेशमा कांग्रेसको सरगर्मी बढेको छ । कांग्रेसको महाधिवेशन घोषणा भएपछि वडादेखि केन्द्रीय नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ ।

कांग्रेसमा सर्वसम्मतिबाट वडामा समेत सभापतिको चयन हुनु अपवाद नै मानिन्छ । तर सबैभन्दा बढी ध्यान अहिले प्रदेश सभापतिमा केन्द्रीत देखिन्छ । पहिलोपटक कांग्रेसमा प्रदेश सभापति र समितिको निर्वाचन हुनलागेको छ । कांग्रेसमा हालसम्म प्रदेशस्तरीय समिति बनेको छैन । तर विधानमा प्रदेश समितिको व्यवस्था रहेको छ ।

देशमा अन्य निकायहरुमा संघीयताको अभ्यास हुने क्रममा प्रादेशिक संरचना निर्माण भए पनि सबैभन्दा ठूलो लोकतान्त्रिक दल कांग्रेसमा त्यो संरचना बनिसकेको छैन । कांग्रेसको विधानअनुसार लगातार दुई कार्यकाल जिल्ला सभापति रहेका व्यक्ति तेस्रोपटक सभापतिमा उम्मेदवारी दिन नमिल्ने भएकाले प्रदेश २ मा सभापतिका उम्मेदवारको संख्या बढी देखिएको छ ।

प्रदेश सभापतिमा कांग्रेस प्रदेश २ संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, सप्तरी जिल्ला सभापति दिनेश यादव, महोत्तरी जिल्ला सभापति महेन्द्रकुमार यादव र रौतहटका सभापति कृष्णा यादव उम्मेदवारी दिने तयारीमा छन् ।

प्रदेश सभापतिका लागि दोस्रो पुस्ताका नेताहरु उम्मेदवारीको तयारीमा रहे पनि जिल्लामा भने युवा नेताहरु सभापतिका लागि प्रतिस्पर्धा गर्ने देखिएको छ । धनुषामा आधा दर्जन युवा नेताहरु सभापतिको दौडमा छन् । युवा नेता राजकिशोर सिंह, सन्तोष यादवलगायतले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

जिल्ला अधिवेशनमा पनि प्रदेश सभापतिका उम्मेदवारहरु खुल्ने स्थिति नरहेको काँग्रेसका युवा नेता सुनिल यादवले बताए ।

प्रदेश सभापतिका उम्मेदवार धेरै भएकाले केन्द्रीय सभापतिका उम्मेदवारलाई थप चुनौती बढेको छ । खासगरी केन्द्रीय सभापतिका उम्मेदवार तथा उपसभापित विमलेन्द्र निधिका लागि गलपासो हुने भएको छ । प्रदेश सभापतिका आकांक्षीहरु निधिनिकटका नेताहरु रहेकोले उनलाई खुल्न समस्या देखिएको छ ।

राष्ट्रिय महाधिवेशनअगावै प्रदेश अधिवेशन हुने भएकाले सभापतिको उम्मेदवार चयन गर्न नेता निधिका लागि सकस हुने भएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने कृष्णा यादव, महेन्द्र कुमार राय, रामसरोज यादव र दिनेश यादवले सभापतिमा निधिलाई समर्थन गर्ने चर्चा छ ।

नेता निधिले सभापतिमा सर्वाधिक मत प्रदेश २ बाट नै प्राप्त गर्ने विश्वास लिएका छन् । कांग्रेस नेताहरुका अनुसार त्यो अस्वाभाविक पनि होइन । तर प्रदेश २ मा जिल्ला सभापति र प्रदेश सभापतिमा उनलाई खुलेर कसैको पक्षमा लाग्न सहज भने छैन । कुनै एउटा पक्षमा लाग्दा उनको विरोधी पक्ष बलियो हुने सम्भावना छ । प्रदेश सभापतिका लागि प्रत्यासीमध्ये कसैलाई उम्मेदवार हुनबाट रोक्नु पनि नेता निधिका लागि प्रत्युत्पादक हुनसक्छ । प्रदेश २ मा उनको बलियो पकडलाई खुस्काउन जिल्ला र प्रदेश अधिवेशनमा अन्य प्रतिद्वन्द्वीको भूमिका रहनेछ ।

viber sharing button
जनतापाटीबाट थप
युसेवा निगममा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश
युसेवा निगममा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश ९ मिनेट पहिले
उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ
उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ २ घण्टा पहिले
थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात
थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात २ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ
प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी
पदाधिकारी छान्न सकेन माओवादीले, २-४ दिनमा प्रचण्डले नाम प्रस्ताव गर्ने
माओवादी स्थायी कमिटी ४१ सदस्यीय, २६ जनाको नाम टुंगो लाग्न बाँकी
माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप
माओवादीको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब पठाइयोस्
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP