मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 22, 2022 |आइतबार, जेठ ८, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • शंकरलाई उछिन्दै कुलप्रसाद, १५ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी
शंकरलाई उछिन्दै कुलप्रसाद, १५ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी आकांक्षी धेरै भएपछि मन्त्रालय फुटाएर चित्त बुझाइँदै
जनतापाटी
जनतापाटी शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
viber sharing button
शंकरलाई उछिन्दै कुलप्रसाद, १५ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी

बुटवल । मन्त्रालयको भागबन्डा नमिल्दा लुम्बिनीमा मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । चारदलीय गठबन्धनले शंकर पोखरेल नेतृत्वको सरकार ढालेर साउन २८ मा कुल प्रसाद केसीको नेतृत्वमा सरकार बनाएको थियो । केसी नेतृत्वको सरकारले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार र नियुक्त भएका मन्त्रीहरुलाई जिम्मेवारी दिने भनिएको थियो । ७ भदौमा विपक्षी एमालेको अवरोधका विच पनि विश्वासको मत लिएका केसीले एकसाता हुँदासम्म पनि मन्त्रिमण्डल विस्तार र विनाविभागीयलाई जिम्मेवारी दिन सकेका छैनन् ।

मन्त्रीका लागि आकाक्षी धेरै भएपछि भागबन्डामै कुरा नमिल्दा मन्त्रिमण्डल विस्तार हुन नसकेको नेताहरुले बताएका छन् । मुख्यमन्त्रीमा केसीले सपथ लिएकै दिन ६ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो । माओवादी केन्द्रका कृष्णध्वज खड्का, आर्थिक मामिला तथा योजना र नेपाली काँग्रेसका डिल्ली बहादुर चौधरीलाई शहरी ग्रामिण विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी जसपाका सहसराम यादव, पूर्मती ढेंगा, सुमन शर्मा रायमाझी र सूर्य चुनाव चिन्हबाट निर्वाचित स्वतन्त्र सांसद अजय शाही विनाविभागीय मन्त्री भएका हुन् ।

मन्त्रीको संख्या आधा दर्जन भए पनि मन्त्रालयमा भने जिम्मेवारी नहुँदा कामकाज नै प्रभावित भएको छ । कोभिडको तेस्रो लहरको जोखिम आकलन गरिरहदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रीविहीन छ । यद्यपि मुख्यमन्त्री केसीले भने अधिकांश मन्त्रालयको भारी बोकेर बसेका छन् ।

गठबन्धनभित्र मन्त्रीका लागि आकाक्षी धेरै भएपछि सरकार विस्तारमा कठिनाई भएको स्वयम् मुख्यमन्त्रीले बताउँदै आउका छन् ।  नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रमा मन्त्रीको आकाक्षी धेरै हुँदा सरकारले मन्त्रालय बढाउने तयारी गरेको छ । यसअघि शंकर पोखरेलले सत्ता जोगाउनकै लागि गत वैशाख १९ मा मन्त्रालय फुटाएर १० पुर्‍याएका थिए । केसी नेतृत्वको सरकारले यो रेकर्ड तोड्ने तयारीमा छ ।

सरकारका प्रवक्ता रहेका मन्त्री कृष्णध्वज खड्काले कानुनले दिएसम्मको अधिकार प्रयोग गरेर मन्त्रालय विभाजन गरिने बताए । उनले कानुनी अधिकारभन्दा बाहिर रहेर मन्त्रालय नबन्ने समेत बताए ।  अब मन्त्रिपरिषद विस्तार हुँदा माओवादी केन्द्रबाट ४, नेपाली काँग्रेसबाट ४ जसपाबाट ३ जनामन्त्री हुनेछन् । एक जना स्वतन्त्र अजय बहादुर शाही पनि विना विभागीय मन्त्री बनिसकेका छन् । यसो गर्दा मुख्यमन्त्रीसहित १३ सदस्यीय मन्त्रिमण्डल बन्ने छ ।

यसमा पनि उपचुनावमा विजयी भई नेकपा माओवादी केन्द्र रोजेकी विमला कुमारी वली र अर्का एक जना गरि २ जनालाई राज्यमन्त्री बनाउँदा १५ सदस्यीय मन्त्रिमण्डल हुनसक्ने आंकलन गरिएको छ । एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा कोही सांसद खुलेको अवस्थामा त्यसलाई पनि सरकारमा ल्याउने गठबन्धन सरकारको तयारी छ । तर, माधव नेपाल नेतृत्वको समाजवादीमा भने प्रदेशसभाका सदस्यहरु खुलिसकेका छैनन् । आगामी १७ गते प्रदेशसभाको बैठक बस्दासम्म मन्त्रिमण्डलले पूर्णता पाउने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताए । ‘मन्त्रिमण्डल विस्तार अब ढिलाई हुँदैन, हामी तयारीमा छौं,’ उनले भने ।

viber sharing button
जनतापाटीबाट थप
रेनुलाई ८,४९४ मतको अग्रता
रेनुलाई ८,४९४ मतको अग्रता ५० मिनेट पहिले
सप्तरीमा सर्वदलीय पालिका सरकार,पाँच स्थानमा कांग्रेस विजयी
सप्तरीमा सर्वदलीय पालिका सरकार,पाँच स्थानमा कांग्रेस विजयी ५८ मिनेट पहिले
रोहितले छाडे पर्सिजा, भन्छन्- असल मान्छे बनायो
रोहितले छाडे पर्सिजा, भन्छन्- असल मान्छे बनायो १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
रेनुलाई ८,४९४ मतको अग्रता
सप्तरीमा सर्वदलीय पालिका सरकार,पाँच स्थानमा कांग्रेस विजयी
धरान उपमहानगरकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित
तुलसीपुर उपमहानगरको ४०९९८ मतगणना, कसले कति मत पाए ?
बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै
बरियारपट्टीको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP