मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 22, 2022 |आइतबार, जेठ ८, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध 
लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध 
जनतापाटी
जनतापाटी बुधबार, भदौ २, २०७८ मा प्रकाशित
viber sharing button
लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध 

काठमाडौं । लुम्बिनी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सञ्चालनमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध गरेकाले बिहीबारसम्म बैठक स्थगन भएको घोषणा गरे । 

नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वली र अजय शाहीलाई पार्टीले कारबाही गरेको र उहाँहरुलाई पदमुक्त नगरेकाले प्रदेशसभा स्थगन भएको प्रदेशसभा सदस्य हरि रिजालले जानकारी दिए । 

‘नेकपा एमालेबाट निर्वाचित विमला वली र अजयकुमार शाहीले पार्टीको नीति, निर्देशन र अनुशासन विपरीत कार्यमा संलग्न भएकाले उनीहरुलाई पदमुक्त नगर्दासम्म प्रदेशसभा सञ्चालन गर्न दिइने छैन,” उनले भने। नेकपा एमालेले प्रदेशसभामा नाराबाजीसमेत गरेको थियो । 

बैठक सुरु भएलगत्तै नाराबाजी गरेका प्रदेशसभा सदस्यहरु हरि रिजाल, तुल्सी चौधरीले  रोष्टमबाटै सभामुख पूर्णबहादुर घर्तीसँग सवाल जवाफ गर्नुभएको थियो ।  

सभामुख घर्तीले यसलाई प्रक्रियामा लैजान प्रतिबद्ध भएको भनेर आश्वस्त पारेका थिए । सो बैठक मङ्गलबार पनि स्थगन भएको थियो । 

बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष समयमा बोल्ने, प्रदेश मामिला तथा कानून समितिका सभापति दामा शर्माले प्रदेश नं ५, प्रदेश पदक ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेस हुने, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यका लागि लुम्बिनी प्रदेश, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट फिर्ता गरियोस् भन्ने प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काबाट पेस भई निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम थियो । 

viber sharing button
जनतापाटीबाट थप
रेनुलाई ८,४९४ मतको अग्रता
रेनुलाई ८,४९४ मतको अग्रता १ घण्टा पहिले
सप्तरीमा सर्वदलीय पालिका सरकार,पाँच स्थानमा कांग्रेस विजयी
सप्तरीमा सर्वदलीय पालिका सरकार,पाँच स्थानमा कांग्रेस विजयी १ घण्टा पहिले
रोहितले छाडे पर्सिजा, भन्छन्- असल मान्छे बनायो
रोहितले छाडे पर्सिजा, भन्छन्- असल मान्छे बनायो १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
रेनुलाई ८,४९४ मतको अग्रता
सप्तरीमा सर्वदलीय पालिका सरकार,पाँच स्थानमा कांग्रेस विजयी
धरान उपमहानगरकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित
तुलसीपुर उपमहानगरको ४०९९८ मतगणना, कसले कति मत पाए ?
बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै
बरियारपट्टीको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP