मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, July 07, 2022 |बिहीबार, असार २३, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • प्रदेश २ मन्त्रिपरिषदविरुद्धको रिटमाथि बहस शुरुः विपक्षीलाई छलफलका लागि बोलाइयो
प्रदेश २ मन्त्रिपरिषदविरुद्धको रिटमाथि बहस शुरुः विपक्षीलाई छलफलका लागि बोलाइयो
जनतापाटी
जनतापाटी शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
viber sharing button
प्रदेश २ मन्त्रिपरिषदविरुद्धको रिटमाथि बहस शुरुः विपक्षीलाई छलफलका लागि बोलाइयो

—अजयकुमार साह 
प्रदेश नं २ मन्त्रिपरिषद विस्तारको विषयलाई लिएर सरकारमाथि परेको रिटमाथि उच्च अदालत जनकपुरधाममा आजदेखि बहस शुरु भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पछिल्लो पटक विस्तार गर्नुभएको मन्त्रिपरिषद् समावेशी–समानुपातिक सिद्धान्त अनुसार नभएको भन्दै परेको रिट निवेदनमाथि उच्च अदालत जनकपुरले असार १६ गते विपक्षीलाई छलफलका लागि बोलाइएको छ । अब उच्च अदालतमा असार १६ गते यसमाथि छलफल हुने भएको अधिवक्ता राजकुमार महासेठले जानकारी दिए । उनले समावेशी समानुपातिक सिद्धान्त अनुसार प्रदेश मन्त्रिपरिषद्को गठन नभएको भन्दै उच्च अदालत जनकपुरमा बिहीबार रिट निवेदन दायर गरेका थिए । 

दायर भएको रिट निवेदनमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रकुमार सिंहलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशलगायत अन्य आवश्यक र उपयुक्त आदेश जारीको माग गरिएको छ । 

मुख्यमन्त्री राउतले जेठ २६ गते विस्तार गर्नुभएको मन्त्रिपरिषद् समावेशी समानुपातिक सिद्धान्त अनुसार नभएको भन्दै सोको बदरको माग गर्दै अधिवक्ता महासेठले रिट निवेदन दायर गरेका थिए । मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् पुनर्गठन गर्ने क्रममा समावेशी नभएको भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले सुझावसहित ध्यानाकर्षण पत्र नै पठाएका थिए । तर सो विषयमा समेत मुख्यमन्त्री राउत मौन रहेकै बेला अधिवक्ता महासेठले उच्च अदालतमा रिट दर्ता गराएपछि अहिले पुनः समावेशी समानुपातिक सिद्धान्तमाथि कानूनी वहस शुरु भएको छ ।

प्रदेश नं २ को १३ सदस्यीय मन्त्रिपरिषद्मा मधेशी समुदायबाट ११ र मुस्लिम समुदायबाट एक र महिलाबाट एक जना रहेकोे भन्दै समावेशी समानुपातिक सिद्धान्तअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्न अधिवक्ता महासेठले माग गरेका छन् । प्रदेशसभामा दलित सदस्य ७, आदिवासी जनजाति ११ र पहाडी समुदायका ९ जना रहेपनि प्रदेश सरकारमा उनीहरुको प्रतिनिधित्व नभएको भन्दै रिटमा उल्लेख गरिएको छ ।

viber sharing button
जनतापाटीबाट थप
उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ
उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ १ घण्टा पहिले
थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात
थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात १ घण्टा पहिले
प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी
प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ
प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी
पदाधिकारी छान्न सकेन माओवादीले, २-४ दिनमा प्रचण्डले नाम प्रस्ताव गर्ने
माओवादी स्थायी कमिटी ४१ सदस्यीय, २६ जनाको नाम टुंगो लाग्न बाँकी
माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप
माओवादीको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब पठाइयोस्
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP