काठमाडौं । प्रदेश नम्बर २ को प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सत्तारुढ जनता समाजवादी पार्टी संसदीय दलले ह्वीप जारी गरेको छ ।
संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले बोलाएको जसपा संसदीय दलको बैठकबाट नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।
प्रदेशसभामा जेठ २७ गते प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि शनिबारदेखि छलफल प्रारम्भ भएको छ । आइतबार थप छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ । आजै प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिनेछ ।
जसपाभित्रको महन्थ-राजेन्द्र पक्ष असन्तुष्ट रहेको छ । राउतले सो पक्षका मन्त्रीहरुलाई हटाएका थिए ।