काठमाडौं । कर्णालीका नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् । दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् ।
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । नवनियुक्त मन्त्री कांग्रेसबाट सहभागी भएका हुन् ।
मन्त्रीपरिषद् विस्तारपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।