काठमाडौं । निर्माण सम्पन्न हुन लागेको नयाँ धरहराको टुप्पामा गजुर राखिएको छ । बुधबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले २१औँ तलामा पूजा गर्दै २२ औंँ तलामा गजुर राखिएको हो ।
पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर गजुर राखिएको ज्ञवालीले जानकारी दिए । यही वैशाख ११ गते प्रधानमन्त्रीद्वारा नवनिर्मित धरहराको उद्घाटन गर्दैछन् ।
सर्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ।








तस्बिर : रासस