काठमाडौँ । नेपाल प्रहरीका ३ सय ३६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक ती संख्यामा इन्स्पेक्टरको सरूवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको महानगरीय प्रहरी प्रभाग कपनमा भगवती तिमिल्सेनालाई सरूवा गरिएको छ भने महानगरीय प्रहरी प्रभाग सानेपामा कृष्ण खड्कालाई पठाइएको छ । यस्तै, महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा सुरेशराज भट्ट र बलम्बु प्रभागमा गणेशचन्द्र कोइरालाको सरूवा भएको छ ।
को कहाँ पुगे ? हेर्नुस् सरुवा सूचीः