मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, April 17, 2021 |शनिबार, वैशाख ४, २०७८
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Kumari Bank
इकोनोमिक
  • गृहपृष्ठ
  • बजेट तथा योजनाको बाँडफाँटमा विभेद गरिएको छैन - मुख्यमन्त्री पौडेल
बजेट तथा योजनाको बाँडफाँटमा विभेद गरिएको छैन - मुख्यमन्त्री पौडेल
रासस
रासस बुधबार, चैत २५, २०७७ मा प्रकाशित
viber sharing button
बजेट तथा योजनाको बाँडफाँटमा विभेद गरिएको छैन - मुख्यमन्त्री पौडेल

मकवानपुर । वाग्मती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति कार्यक्रममा उल्लेख भएनुसार प्रदेशको विभिन्न जिल्लामा सत्तापक्ष र प्रतिपक्ष दललाई कुनै प्रकारको विभेद नराखी सम्मान बजेट तथा योजनाको बाँडफाँट गरिएको बताएका छन् । 

मुख्यमन्त्री पौडेलले प्रदेशसभाको हिजो बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेलले उठाएको विभिन्न प्रश्नको आज स्पष्टीकरण दिँदै सरकारले कुनै राजनीतिक स्वार्थबाट प्रेरित नभई आर्थिक मापदण्ड अपनाएर नै स्वर्गीय मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख उपलब्ध गराएको बताए । उनले आर्थिक मापदण्ड तयार पारी प्रदेशभित्र इन्धनबाट चल्ने सबै प्रकारका सवारी साधनलाई निषेध गर्दै अब विद्युतीय बस सञ्चालन गर्ने प्रक्रिया शुरु गरिसकिएको र सो अभियानमा प्राविधिकले दिएको राय सुझावअनुसार बस सञ्चालन गर्ने रुट निर्धारण गरिसकिएको उल्लेख गरे । 

मुख्यमन्त्री पौडेलले हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँलगायत प्रदेशका विभिन्न जिल्लाको शहरमा जोड्ने विद्युतीय बस सञ्चालनका लागि प्रथम चरणमा ३० वटा बस खरीदका लागि बोलपत्र आह्वान गरिसकिएको जानकारी दिए । उनले विद्युतीय बस सञ्चालनका लागि अहिले त्रिभुवन राजपथ, नारायणगढदेखि काठमाडौँलगायत १० शहरमा ५० विद्युत् चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत् प्रधिकरणले बोलपत्र आह्वान गरिसकिएको र केही महीनाभित्रै चार्जिङ स्टेशनको निर्माण भइसक्ने बताए । आगामी आव २०७८÷७९ को भदौ महीनाको पहिलो हप्तासम्म विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको मुख्यमन्त्रीले अवगत गराए । 

उनले सरकारले विभिन्न जिल्लाको अस्पतालको स्तरोन्नति दक्ष जनशक्तिको चिकित्सकको दरबन्दीको सिर्जना, अत्याधुनिक प्रयोगशालाको स्थापना गर्नुका साथै उच्च शिक्षा अध्यापनका लागि मेडिकल र प्राविधिक विश्वविद्यालय स्थापना गर्दै लैजाने लक्ष्य रहेको छ भने । 

मुख्यमन्त्री पौडेलको स्पष्टीकरणप्रति पछि आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दलका नेता जम्मकट्टेलले सरकारले आर्थिक कार्यविधि र नियमावली तयार नगरी आफ्नो राजनीतिक स्वार्थ परिपूर्ति गर्ने उद्देश्यले बिना कार्यविधि नै फाउण्डेशनलाई रु ५० लाख दिएको भन्दै त्यसबारे थप स्पष्ट पार्न आग्रह गरे । उनले विद्युतीय बस सञ्चालन गर्ने प्रक्रियालाई पुनः सबै प्रतिपक्षसँग बसेर विचारविमर्श गरी मापदण्ड तयार गर्नुपर्ने माग गर्दै आफ्नो पार्टीले बैठक अवरोध गर्ने बताए । 

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले नेकपा (माओवादी केन्द्र)का सांसदको अवरोधका कारण आज बस्ने दोस्रो बैठक पनि अवरुद्ध भई यही चैत २६ गते दिनको ११ बजे बस्ने गरी आजको बैठक स्थगन गरेका थिए । आजको बैठकमा पेश हुने विभिन्न कार्यसूचीको प्रस्ताव स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् । 

viber sharing button
Rastriya Banijoya Bannk
राससबाट थप
लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो - नेता सिंह
लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो - नेता सिंह ३ घण्टा पहिले
घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी
घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी ४ घण्टा पहिले
वैशाखभित्रै रेल चल्ने
वैशाखभित्रै रेल चल्ने ५ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी
वैशाखभित्रै रेल चल्ने
घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा
निगममा ईआरपी प्रणाली सुरु, पेट्रोलियम पदार्थको चुहावटलाई नियन्त्रण गर्ने
मेगा क्यूआर कोड तीव्र रुपमा बिस्तार हुँदै, जोरपाटीको तरकारी बजारमा अब क्यूआर कोडबाट भुक्तानी 
हटाइयो चार वस्तुको आयात कोटा 
IME PAY
SRDB
Nabil Bank
Sunrise Bank
CIT Ad
Salt Trading
Nepal Oil Corporation
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP