मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, April 17, 2021 |शनिबार, वैशाख ४, २०७८
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Kumari Bank
राजनीति
  • गृहपृष्ठ
  • बाल सङ्गठनको अध्ययन प्रतिवदेन पारित
बाल सङ्गठनको अध्ययन प्रतिवदेन पारित
जनतापाटी
जनतापाटी बुधबार, चैत २५, २०७७ मा प्रकाशित
24 Shares
viber sharing button
बाल सङ्गठनको अध्ययन प्रतिवदेन पारित

काठमाडौं । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकले नेपाल बाल सङ्गठनको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन २०७७ पारित गरेको छ । 

राष्ट्रिय निर्देशक ऐन २०१८ बमोजिम २०२१ सालमा स्थापना भएको नेपाल बाल सङ्गठनले असहाय र अभिभावकविहीन बालबालिकाको संरक्षणमा प्रभावकारी भूमिका निवाह गर्न नसकेको, आफ्नो स्वामित्वमा रहेको स्रोत साधनको संरक्षण गर्न नसकेको, अख्तियारको दुरुपयोग गरेको, संरक्षित बालबालिकाका लागि प्राप्त सुविधा त्यहाँ संरक्षितबाहेकका बालबालिकालाई पनि उपलब्ध गराइएको लगायतका गुनासो समितिलाई प्राप्त भएपछि सभापति निरुदेवी पालको संयोजकत्वमा पटकपटक गरिएको स्थलगत अध्ययन प्रतिवेदन पािरत गरिएको हो । 

सभापति पालको अध्यक्षतामा भएको बैठकले पारित गरेको प्रतिवदेनअनुसार हाल नक्सालस्थित बाल मन्दिरमा  ८५ बालबालिका रहेका, देशभर १० बालगृह सञ्चालन भएका छन् भने ललितपुर, काभ्रे, दोलखा, कपिलवस्तु, म्याग्दी, मकवानपुर, गोर्खा र सर्लाहीमा गरी ३७८ बालबालिकाले आश्रय पाएका छन् । देशका ७६ जिल्लामा नेपाल बाल सङ्गठनको सम्पत्ति रहेको तथा सङ्गठनले भोग चलन  गरिरहेको तर दर्ता श्रेस्ता नभएका कारण अन्य सरकारी निकायहरुले प्रयोग गर्न खोजेको तथा प्रयोग गरिरहेका छन् । 

बाल सङ्गठनमा विकृति बढ्दै गएपछि २०७७ साउन १२ गतेको मन्त्रिपरिषद्को निर्णयले सङ्गठनको पुरानो कार्यसमिति भङ्ग गरी विद्या उपाध्यय न्यौपानेको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको थियो । यसअघि समितिले नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्लाई बाल सङ्गठनका बारेमा प्राप्त जनगुनासोको सत्य तथ्य पत्ता लगाउन, तदर्थ कार्यसमितिलाई सकारात्मक कार्यका लागि उत्प्रेरित गर्न, दिइएका निर्देशनको पालनाको अवस्था अध्ययन तथा मूल्याङ्कन गर्न पनि निर्देशन दिएको थियो । 

समितिको निरन्तर अनुगमन र निर्देशनपछि अध्यक्ष न्यौपाने नेतृत्वको तदर्थ समितिले आश्रित बालबालिकाको खानपान, हेरचाह, आवासका साथै पठनपाठनको व्यवस्थामा सुधार गरेको छ । सरकारले घोषणा गरेको समान शिक्षा नीतिअनुसार नक्सालस्थित बाल मन्दिरमा संरक्षित सबै बालबालिका दरबार हाइस्कूलमा भर्ना भएका छन् । 
 

24 Shares
viber sharing button
Rastriya Banijoya Bannk
जनतापाटीबाट थप
डोटी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
डोटी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा ५५ मिनेट पहिले
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस ३ घण्टा पहिले
भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु
भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु ३ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो - नेता सिंह
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस
माओवादी केन्द्र नहुँदा पनि देश चल्ने परराष्ट्रमन्त्री टिप्पणी 
अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रधानमन्त्रीको आग्रह
सरकारलाई कांग्रेसले भन्यो - ‘सदनमा छलफल गरेर एमसीसी पारित गरौँ’
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने - ‘सभामुखले संसदलाई बन्धक बनाए’
IME PAY
SRDB
Nabil Bank
Sunrise Bank
CIT Ad
Salt Trading
Nepal Oil Corporation
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP