मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 22, 2022 |आइतबार, जेठ ८, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • नेपाली सेना जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार : प्रधानसेनापति
नेपाली सेना जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार : प्रधानसेनापति
जनतापाटी
जनतापाटी बुधबार, चैत १८, २०७७ मा प्रकाशित
viber sharing button
नेपाली सेना जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार : प्रधानसेनापति

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना जनताको आस्था र भरोसाको केन्द्र र एकताको प्रतीक रहेको बताएका छन्।

मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकका प्रतिनिधिलाई आज बर्दिवासमा सम्बोधन गर्दै उनले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता कायम गर्नु सेनाको परमकर्तव्य भएको स्पष्ट गरे।

प्रधानसेनापति थापाले भने, ‘हामी आफ्नो कर्तव्यपथमा अडिग रही संविधानले सुम्पिएको विशिष्ट जिम्मेवारी पूरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार छौँ र भविष्यका लागि पनि तयार रहने छौँ।’

पुर्खाले रचेको सुनौलो र गौरवमय इतिहासलाई जीवन्त राख्न हामी समर्पित रही कर्तव्यपथमा अघि बढिरहेको बताउँदै सेनाले जनचाहनाअनुरुप परिवर्तन र परिमार्जन हुँदै आएको राज्य सञ्चालन प्रणालीलाई स्वतस्फूर्तरुपमा आत्मसात् गर्दै संविधान प्रदत्त जिम्मेवारी बहन गर्न निःस्वार्थ त्याग, बलिदान र योगदानले सेनाको विशिष्ट छवि अक्षुण्ण बनाउँदै आएको जनाएको छ।

प्रधानसेनापति थापाले भने, ‘सेनाको भूमिकालाई अक्षुण्ण राख्ने कार्यमा भूपूसैनिकको भूमिका महत्वपूर्ण हुन्छ, अग्रज र हामीले बगाएको रगत पसिनाले राष्ट्रिय स्वाधीनता, अखण्डता कायम राख्न अहम् भूमिका खेलेको तथ्य इतिहासको पानामा स्वर्णिम अक्षरले कुँदिएका छन्।’

हामीसँग वीरपुर्खाको त्याग, समर्पण, बलिदान, कर्तव्यपरायण, अटल राष्ट्रभक्ति, जीवन्तता र गौरवमय इतिहास रहेको उल्लेख गर्दै उनले हाम्रो इतिहास, गौरवमय परम्परा, उच्चस्तरको चेनअफ कमान्ड, अराजनीतिक चरित्र, एकताको भावना, अविछिन्न सांगठनिक लक्ष्यबाट निर्देशित रहँदै आएको बताए। कुशल व्यावसायिकीकरण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भरपर्दो, विश्वसनीय र व्यावसायिक फौजका रुपमा स्थापित सेनाले राष्ट्रिय स्तरमा आर्जन गरेको उत्कृष्ट छवि र विश्वासका आधारमा सरकारले सामरिक महत्वका राष्ट्र विकास र निर्माणमा सहभागी गराउँदै आएको छ।

मुलुकको शान्ति सुव्यवस्था र स्थिरताको खातिर सेनाले गर्दै आएको योगदानले सबैलाई गौरवको अनभूति भइरहेको बताउँदै प्रधानसेनापति थापाले ‘परिवर्तित परिस्थितिमा संविधानअनुरुप प्रादेशिक तहमा सेनाको सांगठनिक स्वरुपको व्यवस्थापन गर्दै प्राथमिक र विशिष्ट जिम्मेवारी बहन गर्दै आएका छौँ’ भने।

सम्मेलनमार्फत सेनाले साझा सरोकारका विषयमा जानकारी लिँदै राष्ट्र र सेनाका लागि भूपूसैनिकले गरेको समर्पणको यथोचित सम्मान गर्दै आएको छ।

भूपूसैनिकको आर्थिक उन्नति, प्रगति र बाँकी जीवनको समुच्च व्यवस्थापन भनेकै सिंगो सेनाको आधारस्तम्भ बलियो हुने जनाउँदै सेनाले अवकाश पछिको जीवनमा थप ऊर्जा र शक्ति प्रदान गर्न, सुखदुःख बाँड्न, अनुभव आदानप्रदान गर्न, सामूहिक भावना विकास गरी कल्याणकारी विविध कार्यक्रमबारे जानकारी गराउँदै समयानुकूल तुल्याउन रायसुझाव संकलन गर्ने उद्देश्यले सम्मेलन गर्दै आएको छ।

यो क्षेत्रका सबैभन्दा भूपूसैनिकको संख्या धेरै भएको जिल्ला रामेछाप हो। चारभन्दा बढी सन्तानलाई सेनामा भर्ना गर्न प्रोत्साहन गर्ने ३० परिवारलाई सम्मेलनका क्रममा सम्मान गरियो। बर्दिवासमा पृतना स्थापना भएपछि पहिलो पटक यस प्रकारको सम्मेलन गरिएको हो।

बलाधिकृतरथी प्रभुराम शर्माले भूपूसैनिकको स्वास्थ्य सुरक्षालगायत समग्र सामाजिक दायित्व लिन संगठन तयार रही नयाँ सोच र चिन्तनका आधारमा कल्याणकारी कार्यक्रम अघि बढाइरहेको बताए।

उक्त पृतनाको कार्यक्षेत्र महोत्तरी, काभ्रे, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला रहेको छ। सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले कोषका विस्तार भएका कल्याणकारी कार्यक्रमको जानकारी गराउँदै हिताधिकारीको जीवनस्तर उकास्न रायसुझाव लिन सम्मेलन निकै फलदायी हुने विश्वास व्यक्त गरे।

नेपाल राष्ट्रिय भूपूसैनिक संघका उपसभापति केशरबहादुर भण्डारीले सैनिक कल्याणकारी कोषबाट प्राप्त सेवासुविधाबाट भूपूसैनिक र आश्रित परिवारको आर्थिक पाटोबाट जीवन उकास्न महत्वपूर्ण योगदान भइरहेको धारणा व्यक्त गरे।

पूर्वसहायकरथी उदितनारायण देवले त्यस क्षेत्रको समग्र भूपूसैनिकका तर्फबाट सम्बोधन गर्दै कल्याणकारी कोषका सेवा सुविधालाई क्रमशः विस्तार गर्दै लैजाने संगठनको सोच र अवधारणालाई मूर्तरुप प्रदान गर्न सबैको सहयोग र सुझावको अपेक्षा गरे।

मुलुकभर भूपूसैनिक र एकल महिलाको संख्या करीब ८६ हजार छ भने कल्याणकारी कोषबाट सेवासुविधा प्राप्त गर्ने आश्रितको संख्या आठ लाखभन्दा बढी छ। सेनाले पछिल्ला वर्षमा प्रत्येक प्रधानसेनापतिको तीनवर्षे कार्यकालमा एक पटक प्रादेशिकरुपमा भूपूसैनिक सम्मेलन गर्दै आएको छ। सम्मेलनमा यस क्षेत्रका ज्येष्ठ भूपूसैनिक ९१ वर्षीय रुद्रबहादुर बस्नेत तथा ज्येष्ठ एकल महिला ९८ वर्षीया सुमीत्रा थापालाई सम्मान गरियो।

सम्मेलनमा सहभागी भूपूसैनिक एवं एकल महिलालाई मण्डी, टोपी, सल, प्राथमिक उपचार बक्स, कल्याणकारी हाते पुस्तिका र आम सञ्चारमाध्यम प्रयोगसम्बन्धी मार्गदर्शन प्रदान गरियो। अर्को प्रादेशिक सम्मेलन यही चैत २२ गते वाग्मती प्रदेशको हेटौँडामा हुँदैछ। रासस

viber sharing button
जनतापाटीबाट थप
जो वडाध्यक्षबाट प्रमुख उपप्रमुख बने
जो वडाध्यक्षबाट प्रमुख उपप्रमुख बने २ मिनेट पहिले
नेपाल र अफगानिस्तानबीचको खेल रद्द
नेपाल र अफगानिस्तानबीचको खेल रद्द ५१ मिनेट पहिले
भरतपुर महानगरमा फेरि पनि रेणु दाहालको जित सुनिश्चित
भरतपुर महानगरमा फेरि पनि रेणु दाहालको जित सुनिश्चित १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सशस्त्रका पौडेल एआइजीमा पदोन्नति
महोत्तरीमा २४७४ जना म्यादी प्रहरीलाई बिदाई
मतदानभन्दा १५ मत बढी भेटिएपछि मतगणना स्थगित, प्रहरीले गर्‍याे हवाइ फायर
तनहुँमा २५ प्रतिशत मत खस्याे 
अति संवेदनशील मतदान स्थलमा तालिमप्राप्त कुकुरबाट निरीक्षण
सुर्खेतमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक भट्ट निलम्बित
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP