काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी)आभुषण तिम्सिना प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।
सिन्धुली सरुवा भएको ३ महिना नबित्दै एसपी तिम्सिना प्रधान कार्यालय तानिएका हुन् । उनको गत २१ पुसमा मात्रै सरुवा भएको थियो ।
तिम्सिनाको ठाउँमा एसपी गोविन्द थपलियालाई सरुवा गरिएको छ । । उनी सर्वोच्च अदातलको सुरक्षा कार्यालयमा कार्यरत थिए ।
पटक-पटक विवादमा आएकोले एसपी तिम्सिनालाई प्रधान कार्यालय तानिएको एक उच्च प्रहरी अधिकृतले जानकारी दिए ।