काठमाडौँ । पुनःस्थापित नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
माधवकुमार नेपाल र झलनाथ खनालहरूले एमालेमा फर्किने निर्णय नगर्दै महासचिव ईश्वर पोखरेलले आज सचिावालय बैठक बोलाएका थिए। तर, सोमबार साँझ पेरिसडाँडामा बसेको बैठकपछि सर्वोच्च अदालतको फैसलाबमोजिम पूर्व एमालेका नेपाल–झलनाथ पक्ष एमालेमै फर्किने निर्णयमा पुगेका थिए ।
त्यसपछि गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरिएको हो । महासचिव प्रमुख रहने एमाले सचिवालयमा दुई उपमहासचिव र पाँच सचिव सदस्य रहन्छन् ।