मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, April 17, 2021 |शनिबार, वैशाख ४, २०७८
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Kumari Bank
सुरक्षा
  • गृहपृष्ठ
  • नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवर्द्धन गर्ने योजना
नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवर्द्धन गर्ने योजना
रासस
रासस सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
21 Shares
viber sharing button
नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवर्द्धन गर्ने योजना
  • राजकुमार पराजुली 

काभ्रे । नेपाली सेनाले नेपाल एकीकरणका दौरान यहाँ अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवर्द्धन गरी ‘ट्रेकिङ ट्रेल’का रुपमा विकसित गर्ने योजना बनाएको छ ।  यसका लागि छ वटा पदमार्ग पहिचान गरिएको छ । धुलिखेलस्थित नेपाली सेनाको काली जङ्ग गणले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले वि सं १८०३ देखि १८२० सम्म काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्ग पहिचान गरी पदयात्रा कार्यक्रमको आयोजनासमेत गरेको छ । 

गत साल धुलिखेलस्थित तत्कालीन विष्णु दल गणको ‘भ्रमण वर्ष–२०२०’ लक्षित ‘यूनिफिकेशन ‘ट्रेकिङ ट्रेल’ प्रवद्र्धन योजना तथा पदयात्रा कार्यक्रम कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोकिएको थियो । विष्णु दल गणले एकीकरण पदमार्ग पहिचान संरक्षण, सम्बर्द्धन र सैनिक इतिहास प्रबर्द्धन गर्ने उद्देश्यले छ वटा पदमार्ग पहिचान गरेको थियो । विष्णु दल गण रसुवा र काली जङ्ग गण धुलिखेल सरुवा भएपछि काली जङ्ग गणले उक्त योजनालाई पूर्णता दिन थालेको हो । यही फागुन २० गते एकीकण पदमार्ग पदयात्रा कार्यक्रमको आयोजना गरिएको काली जङ्ग गणका प्रमुख सेनानी मिलन थापाले जानकारी दिए ।

थापाका अनुसार पहिचान भएका छ पद मार्गमध्ये १८२० कात्तिक १० गते धुलिखेल विजय पश्चात् चौकोट–शारदाकोट–गोरखनाथ हुँदै सोही कात्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गमा पदयात्रा गरिनेछ । उक्त १० किलोमिटर लम्बाइको पदमार्गमा गणले एक दिनको पदयात्रा कार्यक्रम तालिका बनाएको छ । 

काभ्रेपलाञ्चोक एकीकरणका दौरान तत्कालीन अवस्थामा प्रयोग गरिएका पदमार्ग, कोट, धार्मिक तथा पुरातात्विक महत्वका मठमन्दिर र ऐतिहासिक कला संस्कृति झल्कने स्थानलाई योजनामा समेटिएको गणपति थापाले जानकारी दिए ।

विभिन्न अभिलेखअनुसार सेनाद्वारा पहिचान गरिएका अन्य पदमार्गमा १८०३ मा नगरकोट कब्जा गरेपश्चात् १८१६ मा नगरकोट–अनेकोट–लामीडाँडा हुँदै पलान्चोक कब्जा गर्न प्रयोग भएका बाटो, १८१८ मा पलान्चोक विजय पश्चात् भमरकोट–काभ्रेकोटसमेत विजय गरी सोही असार ३० गते चौकोटमाथि हमला गर्दा प्रयोग भएको बाटो, चौकोट विजय पश्चात् फस्कोट–फूलबारीकोट–बुचाकोट–मेथिनकोट कब्जा गरी १८१९ असोज २ गते तेमाल कोट कब्जा गर्न प्रयोग गरिएको बाटो, तेमाल कोट विजय पश्चात् १८२० कात्तिक १० गते धुवाँकोट–दाप्चा–नमोबुद्ध–फस्कोट हुँदै पुनः चौकोट विजय र सोही दिन कोट खेल हुँदै धुलिखेल विजय गर्दा प्रयोग भएको बाटो र धुलिखेलबाट गोसाईंस्थान–नालाकोट–साँगा हुँदै बनेपार पनौतीबाट नागीडाँडा–साँगा हुँदै बनेपा आउन प्रयोग गरिएका बाटो रहेका छन् । 

‘‘ट्रेकिङ ट्रेल’ बनिसकेपछि ऐतिहासिक एवं कला झल्काउने स्थानलाई विश्वमा चिनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । ‘ट्रेकिङ ट्रेल अन्तर्गत शुरुआत स्थल, सङ्केत केन्द्र, मेडिकल, खानेपानी, शौचालयजस्ता भौतिक संरचना धुलिखेल र पनौती नगरपालिकाभित्र बन्ने भएकाले ती दुई स्थानीय तहले निर्माणमा सहयोग गर्नेछन् । गणपति थापाले भने, “यही फागुन २९ गते उक्त ट्रेकिङ ट्रेलमा विभिन्न निकायका व्यक्तिलाई अवलोकन गराइनेछ ।” उनका अनुसार गणले उक्त दिन प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विभिन्न निकाय र नागरिक समाजका गरी ५०० व्यक्तिलाई पदयात्रामा सहभागी गराउने योजना बनाएको छ । 

पर्यटकीय नगरी धुलिखेल र ऐतिहासिक एवं धार्मिक नगरी पनौती नगरपालिकाले समन्वय गरी टे«किङ टे«ललाई स्थापित गर्न सरोकार वालाबीच विभिन्न चरणमा छलफलसमेत भएका छन् । टे«किङ टे«ल निर्माणपछि स्थानीय तह, होटल एशोसिएसन नेपाल तथा उद्योग वाणिज्य सङ्घ लगायत सामाजिक संस्थाले त्यसलाई स्वदेशी एवं विदेशी पर्यटकका लागि ‘पर्यटकीय रुट’का रुपमा समेत विकसित गर्न सुझाइएको छ । 

21 Shares
viber sharing button
Rastriya Banijoya Bannk
राससबाट थप
लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो - नेता सिंह
लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो - नेता सिंह २ घण्टा पहिले
घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी
घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी ४ घण्टा पहिले
वैशाखभित्रै रेल चल्ने
वैशाखभित्रै रेल चल्ने ४ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सेनालाई प्रधानमन्त्री ओलीले भने - ‘मुलुकमा आतङ्कवाद कहीँकतैबाट पनि पस्न नपाओस्’
कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू
झापाकाे सतिघट्टामा सशस्त्र प्रहरीको विओपी
नेपाल प्रहरीमा एकैपटक ३ सय ३६ इन्स्पेक्टरको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)
२६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन [सूचीसहित]
तेस्रो चरणको भूपू सैनिक सम्मेलन समापन
IME PAY
SRDB
Nabil Bank
Sunrise Bank
CIT Ad
Salt Trading
Nepal Oil Corporation
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP