मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, April 17, 2021 |शनिबार, वैशाख ४, २०७८
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Kumari Bank
राजनीति
  • गृहपृष्ठ
  • प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित
जनतापाटी
जनतापाटी आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
75 Shares
viber sharing button
प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाले सूचना टाँसेर जानकारी दिएका हुन् । 

पाँच वर्षे कार्यकाल भएर पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण तीन वर्षमै विघटन भएको प्रतिनिधिसभाको बैठक सर्वोच्च अदालतको आदेशपछि आजदेखि शुरु भएको हो । 

बैठकलाई नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले बैठक बहिष्कार गरेको थियो भने संवैधानिक परिषद् सम्बन्धि अध्यादेशको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्टम घेराउ गरेको थियो। त्यसपछि बैठक १० मिनेटका लागि बैठक स्थगित गरिएको थियो । सहमतिमा पुग्न नसकेपछि सभामुख सापकोटाले अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन्।

सदनको आजको कार्यसूचीमा विभिन्न आठ अध्यादेश पेश गर्ने  कार्यतालिका थियो । अघिल्लो अधिवेशन र यस अधिवेशनको बीचमा निधन भएका दुई प्रतिनिधिसभा सदस्य तथा १२ जना पूर्वसांसद्प्रति श्रद्धाञ्जलि प्रकट गरी शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि बहिष्कारका कारण प्रभावित भयो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय अध्यादेश सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश तेजाब तथा अन्य घातक रसायनिक पदार्थ नियमन अध्यादेश, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन अध्यादेश र कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही संशोधन गर्ने अध्यादेश, यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानविन सत्यनिरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ पेश गर्ने कार्यसूची थियो । 

अधिवेशनमा जनताका मुद्दामा बहस हुने विश्वास

संसद बैठक स्थगित

संसद बैठकमा कांग्रेसको नाराबाजी

भीम रावलको प्रश्न: प्रधानमन्त्री कुन पार्टीको ?

प्रचण्ड-नेपाल पक्षद्वारा संसद बैठक बहिस्कार

75 Shares
viber sharing button
Rastriya Banijoya Bannk
जनतापाटीबाट थप
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस २ घण्टा पहिले
भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु
भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु २ घण्टा पहिले
माओवादी केन्द्र नहुँदा पनि देश चल्ने परराष्ट्रमन्त्री टिप्पणी 
माओवादी केन्द्र नहुँदा पनि देश चल्ने परराष्ट्रमन्त्री टिप्पणी  २ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो - नेता सिंह
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस
माओवादी केन्द्र नहुँदा पनि देश चल्ने परराष्ट्रमन्त्री टिप्पणी 
अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रधानमन्त्रीको आग्रह
सरकारलाई कांग्रेसले भन्यो - ‘सदनमा छलफल गरेर एमसीसी पारित गरौँ’
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने - ‘सभामुखले संसदलाई बन्धक बनाए’
IME PAY
SRDB
Nabil Bank
Sunrise Bank
CIT Ad
Salt Trading
Nepal Oil Corporation
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP