मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, April 17, 2021 |शनिबार, वैशाख ४, २०७८
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Kumari Bank
राजनीति
  • गृहपृष्ठ
  • अधिवेशनमा जनताका मुद्दामा बहस हुने विश्वास
अधिवेशनमा जनताका मुद्दामा बहस हुने विश्वास
जनतापाटी
जनतापाटी आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
18 Shares
viber sharing button
अधिवेशनमा जनताका मुद्दामा बहस हुने विश्वास

काठमाडौँ । प्रतिनिधिसभाको सातौँ अधिवेशनमा भाग लिन पुगेका सांसदहरूले सर्वोच्च अदालतको आदेशपछि पुनःस्थापना भएको संसद्मा जनताका विषयवस्तुमा बहस हुने विश्वास व्यक्त गरेका छन् । सभामा प्रवेश अघि प्रतिक्रिया दिँदै उनीहरूले प्राप्त अवसरलाई सदुपयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खेमप्रसाद लोहनीले आफूहरूले निर्वाचन चाहेको भए पनि अदालतको फैसलालाई सम्मान गर्दै संसद्को अधिवेशनमा स्वभाविक रुपले प्रवेश गर्दै खुशी लागेको प्रतिक्रिया दिए। उनले भने, “एउटै बलियो पार्टीमा विवाद र विभाजनको रेखा कोरिसकेपछि गम्भीर मतमतान्तर सडकसम्म छताछुल्ल भएर चिन्तित् तुल्याउनु स्वभाविक हो तर चिन्ता गरेर बस्ने होइन्, सामना गर्दै पुनःनिर्माण र ताजगी बनाएर अघि जानुपर्छ, शङ्का कौतुहलता मेटिँदै जान्छ ।”   

नेकपाकै सांसद यज्ञ सुनुवारले संसद् भङ्ग नहुनुपर्ने कुरा भएको थियो त्यसलाई अदालतले सच्याएसँगै हालका प्रतिनिधिसभाका सदस्यले दुई पटक निर्वाचन जितेको अनुभव भइरहेको प्रतिक्रिया दिए । उनले भने, “एउटा जनताबाट जितेर आइयो, अर्को सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई अस्वीकार गरी संसद् पुनःस्थापना गरेसँगै दुई पटक चुनाव जितेको अनुभव भएको छ । जनताका विषयवस्तु संसद्मार्फत अभिव्यक्त गर्न फेरि पनि अवसर मिलेको छ, खुशी छौँ ।”

जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवले लोकतन्त्रको मूल्यमान्यता विपरीत पुस ५ गते सरकारले चालेका कदमलाई सर्वोच्च अदालतले संविधानको रक्षाका लागि आएको फैसला आफैँमा ऐतिहासिक भएकाले सदनको अधिवेशन सञ्चालन भएसँगैै लोकतन्त्रको रक्षा भएको प्रतिक्रिया दिए ।

 नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले लोकतान्त्रिक संस्कार दलमा नभएको सूचकको रुपमा विघटन भएको बताए । उनले भने, “अदालतले संसद् ब्यूँतिएकाले वैधानिक, राजनीतिक र नैतिकरूपमा प्रतिपक्षले अहिलेको सरकारलाई समर्थन गर्न सक्ने अवस्था छैन । प्रधानमन्त्रीले सहज निकास निकाल्नुपर्छ ।”

18 Shares
viber sharing button
Rastriya Banijoya Bannk
जनतापाटीबाट थप
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस २ घण्टा पहिले
भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु
भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु २ घण्टा पहिले
माओवादी केन्द्र नहुँदा पनि देश चल्ने परराष्ट्रमन्त्री टिप्पणी 
माओवादी केन्द्र नहुँदा पनि देश चल्ने परराष्ट्रमन्त्री टिप्पणी  ३ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो - नेता सिंह
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस
माओवादी केन्द्र नहुँदा पनि देश चल्ने परराष्ट्रमन्त्री टिप्पणी 
अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रधानमन्त्रीको आग्रह
सरकारलाई कांग्रेसले भन्यो - ‘सदनमा छलफल गरेर एमसीसी पारित गरौँ’
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने - ‘सभामुखले संसदलाई बन्धक बनाए’
IME PAY
SRDB
Nabil Bank
Sunrise Bank
CIT Ad
Salt Trading
Nepal Oil Corporation
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP