मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, April 17, 2021 |शनिबार, वैशाख ४, २०७८
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Kumari Bank
इकोनोमिक
  • गृहपृष्ठ
  • अमलेखगञ्ज -लोथर पाइपलाइनको अध्ययन सम्पन्न
अमलेखगञ्ज -लोथर पाइपलाइनको अध्ययन सम्पन्न
रासस
रासस आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
18 Shares
viber sharing button
अमलेखगञ्ज -लोथर पाइपलाइनको अध्ययन सम्पन्न
File Photo

वीरगञ्ज । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा  बुझाइएको छ । 

दक्षिण एशियाको पहिलो क्रस बोर्डरको रुपमा रहेको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको सफलतापछि सरकारले सो अध्ययन पुरा गरेको हो । 

अध्ययन टोलीका प्राविधिकले सो पाइपलाइनलाई कसरी अगाडि बढाउने, कति खर्च लाग्ने, निर्माण गर्न कति समय लाग्नेलगायतका कामको प्रतिवेदन मन्त्रालयलाई बुझाइ सकिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । 
 
बाराको अमलेखगञ्जदेखि चितवनसम्मको ६९ किलोमिटर लम्बाइ रहेको सो पाइपलाइनको  निर्माण गर्न करीब रु १३ अर्ब खर्च हुने अनुमान गरिएको छ । लोथरमा सो पेट्रोलियपदार्थ भण्डारण गर्न एक लाख किलोलिटर क्षमता भएको अत्याधुनिक पेट्रोल ट्याङ्की निर्माण गर्ने बताइएको छ ।  
 
मोतिहारीदेखि अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइपलाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिने छन् ।  यसको लागि नेपाल तथा भारत सरकारबीचमा कुराकानी भई स्वीकृतिसमेत भइसकेको छ ।  अब प्राबिधिक प्रतिवेदन माथि मन्त्रालयमा छलफल भई काम अगाडि बढ्ने छ ।
 
नेपाल आयल निगम र भारतीय आयल निगमका संयुक्त कार्यदलले मन्त्रालयमा पेश गरेको अनुमानित लागतबारे टुङ्गो लाग्न सकेको छैन । रु १३ अर्ब खर्च हुने अनुमान गरिएको छ । यसअघि २०७६ भदौ महिनादेखि भारतको मोतिहारीबाट सो पाइपलाइन मार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउने गरेकोमा अब एक वर्षभित्र सोही पाइपलाइनमार्फत पेट्रोल ल्याउने गृहकार्य शुरु भएको निगम प्रदेश २  प्रादेशिक कार्यालयका प्रमुख भरत रेग्मीले जानकारी दिए ।  
 
 विगत एक वर्षदेखि भारतको मोतिहारीबाट पाइपलाइनमार्फत डिजल आइरहेको छ भने अबको एक वर्षभित्र सो पाइपलाईमार्फत पेट्रोल पनि ल्याउने काम शुरु हुने छ । सो सम्बन्धी काम भारतको मोतिहारीमा सम्पन्न भइसकेको बताइएको छ । भारतीय आयल कर्पोरेसन लिमिटेडले भारतको मोतिहारीमा भर्टिकल ट्याङ्की निर्माण गर्ने काम शुरु गरेको छ ।

अमलेखगञ्जस्थित नेपाल आयल निगमको कार्यालयमा पेट्रोल आपूर्ति गर्नको लागि आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइएको छ । सो कार्यालय हाताभित्र पश्चिम तर्फ रहेको ६ बिघा क्षेत्रफलमा रहेको खाली जग्गामा आवश्यक काम हुनेछन् । जग्गाको नक्शापास, लागत अनुमान तथा माटो परीक्षणसमेत भइसकेको छ । आयोजना निर्माणको कागजी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 

यसपछि बोलपत्र आह्वान गरी निर्माण  शुरु गरिने बताइएको छ ।अहिले सो पाइपबाट भारत बिहारको राजधानी पटनामा पम्पिङ गरेर अमलेखगञ्ज डिपोमा डिजल आउने गरेको छ भने मोतिहारीमा पेट्रोल ल्याउने काम सम्पन्न भएपछि त्यहीबाट पम्पिङ गरेर पेट्रोल पनि ल्याइने छन । प्रति घण्टा तीन लाखदेखि ४ लाख लिटरसम्म पेट्रोल आपूर्ति गर्न सकिने छ ।
 
पाइपलाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि ट्याङ्करबाट गर्ने ढुवानीमा खर्चको बचत, प्राविधिक नोक्सानीको अन्त्य, शुद्धता कायम , चुहावट र मिसावट अन्त्य हुनेछ । साथै प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य  तथा भन्सार नाकामा हुने ट्याङ्करको चापसमेत अन्त्य र पेट्रोलको अभाव पनि अन्त्य हुने निगमका प्रादेशिक प्रमुख रेग्मीले बताए । 

 मोतिहारीदेखि रकसौल–अमलेखगञ्जसम्म नेपाल भारत अन्तदेशीय पेट्रोलियम पाइपलाइनबाट अहिले डिजेल आउने गरेको छ । नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्वाइको सो पाइपलाइनबाट पेट्रोल ल्याउने सम्पूर्ण काम पूरा भएपछि प्राविधिक जाँच गरी एक वर्षभित्रै सञ्चालनमा आउने छ । 
 
अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भई सञ्चालनमा आएपछि  पश्चिमी तथा उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव समाप्त भएर जाने विश्वास निगमले लिएको छ । पाइपलाइन सञ्चलनमा आएपछि निगमलाई वार्षिक  रु ढेड अर्ब  बचत हुने विश्वास लिइएको छ ।

18 Shares
viber sharing button
Rastriya Banijoya Bannk
राससबाट थप
लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो - नेता सिंह
लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो - नेता सिंह २ घण्टा पहिले
घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी
घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी ३ घण्टा पहिले
वैशाखभित्रै रेल चल्ने
वैशाखभित्रै रेल चल्ने ४ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी
वैशाखभित्रै रेल चल्ने
घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा
निगममा ईआरपी प्रणाली सुरु, पेट्रोलियम पदार्थको चुहावटलाई नियन्त्रण गर्ने
मेगा क्यूआर कोड तीव्र रुपमा बिस्तार हुँदै, जोरपाटीको तरकारी बजारमा अब क्यूआर कोडबाट भुक्तानी 
हटाइयो चार वस्तुको आयात कोटा 
IME PAY
SRDB
Nabil Bank
Sunrise Bank
CIT Ad
Salt Trading
Nepal Oil Corporation
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP