मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, April 17, 2021 |शनिबार, वैशाख ४, २०७८
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Kumari Bank
सुरक्षा
  • गृहपृष्ठ
  • सर्लाहीमा दुई बिओपी स्थापना 
सर्लाहीमा दुई बिओपी स्थापना 
रासस
रासस बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
15 Shares
viber sharing button
सर्लाहीमा दुई बिओपी स्थापना 

सर्लाही । सर्लाहीको सीमावर्ती क्षेत्रका दुई स्थानमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरिएको छ । सशस्त्र प्रहरी प्रदेश नं २ छिन्नमस्ता बाहिनीले जिल्लाको विष्णु गाउँपालिका– १ र मलङ्गवा नगरपालिका–९ गरी दुई स्थानमा बिओपी एकै साथ उद्घाटन गरेको हो ।

छिमेकी देश भारतसँग खुला सिमाना रहेका कारण गैरकानूनी तथा आपराधिक गतिविधि हुुनुका साथै सीमा सुरक्षामा समेत पटकपटक समस्या आउने गरेकाले नेपाल सरकारले सिमानामा बिओपीको सङ्ख्या थप गर्ने घोषणा गरेपछि जिल्लामा बिओपीको सङ्ख्या थप्ने काम निरन्तर भइरहेको छ । 

प्रदेश नं २ का आठ जिल्लामा ४६४ किलोमिटर खुला सिमाना रहेको र त्यसमध्ये ५१ किलोमिटर खुल्ला सिमाना सर्लाहीमा मात्र रहेकाले जिल्लाको सुरक्षा चुनौतीलाई ध्यानमा राखेर पछिल्लो निरन्तर रुपमा बिओपी स्थापना गर्ने काम भइरहेको छ । 

विष्णु गाउँपालिका–१ स्थित १० औँ बिओपी स्थापना गरेको सशस्त्र प्रहरीले मलङ्गवा नगरपालिका–९ मा आज नै ११ औँ बिओपीको उद्घाटन गरेको छ । सर्लाही जिल्लाभर खुला सिमाना रहेको ५१ किलोमिटरमा १७ बिओपी स्थापना हुने भए पनि निरन्तर काम भएको र हालसम्म ११ औँ बिओपी स्थापना भइसकेको सशस्त्र प्रहरी बल १० नम्बर हे क्वा कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गा श्रेष्ठले जानकारी दिए । बाँकी रहेका छ स्थानमा बिओपी पनि चाँडै स्थापना गरिने उनको भनाइ छ । 

खुला सिमानाका कारण भन्सार छली, मानव बेचबिखन, आपराधिक क्रियाकलाप, हातहतियार खरखजानालगायतका गैरकानूनी क्रियाकलाप न्यूनीकरणका लागि नेपाल सरकारले सिमानामा बिओपीको सङ्ख्या थप गरेको सशस्त्र प्रहरी प्रदेश नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरीका डिआइजी चन्द्रप्रकाश गौतमले बताए । 

कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रमुख, उपप्रमुखका साथै नेपाल प्रहरीका प्रहरी उपरीक्षक, अनुसन्धान उपनिर्देशक, सहायक प्रमुख जिल्ला अधिकारीलगायत सशस्त्र प्रहरी बलका प्रदेश नं २ का आठवटै जिल्लाका सशस्त्र प्रहरी उपरीक्षकको सहभागिता थियो ।

15 Shares
viber sharing button
Rastriya Banijoya Bannk
राससबाट थप
लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो - नेता सिंह
लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो - नेता सिंह २ घण्टा पहिले
घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी
घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी ३ घण्टा पहिले
वैशाखभित्रै रेल चल्ने
वैशाखभित्रै रेल चल्ने ४ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सेनालाई प्रधानमन्त्री ओलीले भने - ‘मुलुकमा आतङ्कवाद कहीँकतैबाट पनि पस्न नपाओस्’
कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू
झापाकाे सतिघट्टामा सशस्त्र प्रहरीको विओपी
नेपाल प्रहरीमा एकैपटक ३ सय ३६ इन्स्पेक्टरको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)
२६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन [सूचीसहित]
तेस्रो चरणको भूपू सैनिक सम्मेलन समापन
IME PAY
SRDB
Nabil Bank
Sunrise Bank
CIT Ad
Salt Trading
Nepal Oil Corporation
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP