काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा मधुकुमार मरासिनी नियुक्त भएका छन् ।
महालेखा नियन्त्रकसमेत रहेका मरासिनीलाई सोमबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा नियुक्त गरेको हो ।
यससघि बैंकका तत्कालिन अध्यक्ष वासुदेव अधिकारीले राजीनामा दिएपछि पद रिक्त थियो ।