काठमाडौँ । फेसबुकले अस्ट्रेलियामा लगाएको प्रतिबन्ध हटाएको छ । अब अस्ट्रेलियावासीहरुले समाचार कन्टेन्टहरु हेर्न र सेयर गर्न पाउने भएका हुन् ।
आफ्नो प्ल्याटफर्ममा समाचार राखे वापत् अस्ट्रेलियन संचार कम्पनीहरुलाई पैसा तिर्नपर्ने भएपछि गत बिहीबार फेसबुकले समाचार कन्टेन्टमाथि प्रतिबन्ध लगाएको थियो। फेसबुक र अस्ट्रेलियाको सरकारबीच सम्झौता भएपछि फेसबुक समाचारसँग सम्बन्धित प्रतिबन्ध फुकुवा गर्न तयार भएको हो।
अब अस्ट्रेलियाले उक्त कानुन संशोधन गर्नेछ।