मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, March 07, 2021 |आईतबार, फागुन २३, २०७७
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Fresho
इकोनोमिक
  • गृहपृष्ठ
  • निर्वाचनको तयारीमा आयोगः स्टिकरदेखि लाहासम्म खरीद गरिँदै, १४ करोडको बोलपत्र आह्वान
निर्वाचनको तयारीमा आयोगः स्टिकरदेखि लाहासम्म खरीद गरिँदै, १४ करोडको बोलपत्र आह्वान
जनतापाटी
जनतापाटी मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
66 Shares
viber sharing button
निर्वाचनको तयारीमा आयोगः स्टिकरदेखि लाहासम्म खरीद गरिँदै, १४ करोडको बोलपत्र आह्वान

काठमाडौंँ । निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको छ ।  

अधिक सङ्ख्यामा बोलपत्रदाताको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हेतुले खरीद गर्नुपर्ने निर्वाचन सामग्री ११ समूहमा समूहीकृत गरी बोलपत्र आह्वान गरिएको छ ।

 सरकारले प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा आगामी वैशाख १७ गते र दोस्रो चरणको वैशाख २७ गते  हुने गरी गत पुस ५ गते नै घोषणा गरेको थियो । यद्यपि निर्वाचनका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दा भने किनारा लाग्न अझै बाँकी छ । आयोगले  ती सामग्री खरीद गर्न आज सात दिनको सूचना प्रकाशन गरेको छ ।

 सार्वजनिक खरीद ऐन तथा नियमावलीअनुुसार खरीद प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्री व्यवस्थापन गर्न असम्भवप्रायः भएको जनाउँदै आयोग ऐन, २०७३ बमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरीद गर्न बोलपत्र आह्वान गरिएको आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठले जानकारी दिए ।
    
ग्राह्य बोलपत्रदातालाई सूचनामा तोकिएका आवश्यक कागजात र प्रक्रिया पु¥याई अधिक मात्रामा सहभागिता जनाएर स्वच्छ, स्वस्थ्य र प्रतिस्पर्धामा सहभागी हुन आयोगले आग्रह गरेको छ ।

आयोगका अनुसार छपाइसम्बन्धी (मतपेटिका स्टिकर र परिचयपत्र), छपाइसम्बन्धी (पोलबुुक तथा कार्ड),  सुरक्षण सिल र रबर म्याट, स्वस्तिक छाप (रबर र पित्तल), नउड्ने मसीको मार्कर, छेकाबारा, स्ट्याम्प प्याड र मसी, सोसर, प्लाष्टिक थैलो र बोरा, फोटोकपी पेपर, ग्लुष्टिक तथा कोरा कपडा र थैलो, स्ट्याप्लर मेशिन र पिन, स्केल तथा कैँची, जेलपेन (कालो र रातो), मार्कर पेन, पञ्चिङ मेशिन र लाहा खरीदका लागि बोलपत्र आह्वान गरिएको हो ।

तीन आर्थिक वर्षको औसत कारोवारको न्यूनतम अङ्कलाई आधार मानेर ती समाग्री खरीदका लागि रु १४ करोड चार लाख मूल्यबराबरको सामग्री खरीदका लागि बोलपत्र आह्वान गरिएको सूचनामा जनाइएको छ । तोकिएको निर्वाचन सम्पन्न गर्न अर्जुुनदृष्टिका साथ अघि बढेको आयोगले पछिल्लो समय निर्वाचन तयारीको प्रारम्भिक कार्यलाई तीव्र तुल्याएको छ ।

66 Shares
viber sharing button
Rastriya Banijoya Bannk
CG Digital
Kumari Bank
जनतापाटीबाट थप
संसद बैठक बुधबार १ बजेसम्मका लागि स्थगित
संसद बैठक बुधबार १ बजेसम्मका लागि स्थगित बिहिबार, पुस १७, २०२६, ०५:३०:००
भारतको बजेट अधिवेशन सोमबारदेखि सुरु हुने
भारतको बजेट अधिवेशन सोमबारदेखि सुरु हुने बिहिबार, पुस १७, २०२६, ०५:३०:००
अधिवेशनमा जनताका मुद्दामा बहस हुने विश्वास
अधिवेशनमा जनताका मुद्दामा बहस हुने विश्वास बिहिबार, पुस १७, २०२६, ०५:३०:००
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
कुमारी बैंकको डिजिटल च्यालेन्जमा आइफोन-१२ निःशुल्क
नेप्सेमा दोहोरो अङ्कको गिरावट
च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी
अमलेखगञ्ज -लोथर पाइपलाइनको अध्ययन सम्पन्न
चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द
यस्तो छ आज सुनचाँदीको मूल्य
Nabil Bank
Salt Trading
Golden Oak
Sagarmatha Insurance
Worldlink
Civil Bank
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट कार्यकारी सम्पादक बाबुराम ढकाल सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP