काठमाडौँ । इटालियन सिरी एमा युभेन्ट्सले सहज जित हात पारेको छ । गएराति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-०ले पराजित गरेको हो ।
खेलको ३८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई घरेलु मैदानमा सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारे । त्यसपछि ६६औँ मिनेटमा वेस्टर म्याकिनीले गोल गर्दै युभेन्ट्सलाई ३-०को जित दिलाए ।
जितसँगै युभेन्ट्स २२ खेलमा ४५ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित क्रोटोन १२ अंक जोडेर पुछारमा रहेको छ ।