काठमाडौँ । गायक रामकृष्ण ढकालको ‘मान्छे किन जन्मन्छ ?’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । मनोज पण्डितकाे शव्द रचना रहेकाे उक्त गितमा चक्रपाणि तिमल्सिनाले संगीत भरेका छन् । गोविन्द मधुर आचार्यले संगीत संयोजन गरेका छन् ।
चलचित्र निर्देशकसमेत रहेका मनोज पण्डितको निर्देशनमा म्युजिक भिडियो तयार भएको छ । प्रकाश गोपालीले खिचेको भिडियोलाई सन्तोष दवाडीलेसम्पादन गरेका छन् । भिडियो अल थ्री मोटिभ स्टुडियोको ब्यानरमा तयार भएको छ ।